|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
"बर्ष दिनको दशैं आयो आमा कुर्दै होलिन्, जमरा र रातो टिका साइत
हेर्दै होलिन् सप्तरङ्गी टिका सजाइ बैनी कुर्दै होलिन्, मेरी माया झ्यालमा बसी बाटो हेर्दै होलिन्" Nepalese Pujari Vashudev Basnet chanting mantra during Dashain celebration. Photos: eEyeCam न्यू योर्क, October 9, 2008- न्यू योर्क शहरमा बिहानै देखी नेपालीहरु बिभिन्न हिन्दू मन्दिरहरुमा गएर दशैंको पूजा आराधाना गर्न ब्यस्त रहे। दिब्य धाम मन्दिर क्विन्समा नेपाली श्रद्धालुहरुको ठुलो भिड लागेको थियो। नेपाली सनातन सेवा न्यू योर्कका पूजारी बासुदेव बस्नेत (बिष्णु दाई), जो पेशाले चाँही इन्जिनियर हुन्, ले मन्त्र पाठ सकेपछि उनिबाट टिका थाप्न श्रद्धालुहरुको लाम नै लाग्यो। नेपालीहरुले एक आपसमा टिका लगाइ दिने-लिने पनि गरे। नेपालीहरुको आफ्नै मन्दिर नभए पनि भारतीय हिन्दू मन्दिरहरुको कारण अमेरिकि नेपालीहरुले पूजा पाठ घर भित्रै गर्नु पर्ने स्थिती छैन। तर न्यू योर्कका धेरै नेपालीहरुले आ-आफ्नै घर मै दशैं टिका दिने-लिने गरे। न्यू योर्कमा बसोबास गर्दै आएकी कलाकार बिनिता पौडेल यसपाली ९ बर्ष पछि आफ्ना दाजु नेपालका लोकप्रिय संगीतकार शम्भुजीत बासकोटाको हातबाट टिका लगाउन पाएकोमा दङ्ग बनेकिछिन्। आज दिउसो यो पन्क्तिकार दिब्य धामको रमझम सकाएर उनको घरमा पुग्दा आफ्ना दाजुको शब्द रचना र संगीत रहेको नायक, निर्माता भुवन केसीको नयाँ चलचित्र 'म तिमी बिना मरी हाल्छु' को लोकप्रिय दशैं गीत बजाइ रहेकी थिइन्- "बर्ष दिनको दशैं आयो आमा कुर्दै होलिन्, जमरा र रातो टिका साइत हेर्दै होलिन् सप्तरङ्गी टिका सजाइ बैनी कुर्दै होलिन्, मेरी माया झ्यालमा बसी बाटो हेर्दै होलिन्" हुन पनि कति आमाहरु प्रदेशमा भासिएका आफ्ना छोरा-छोरीहरुको बाटो हेरी रहेका होलान्। कति दिदी-बहिनी, साथी, जिबन सङ्गिनीहरु बाटो हेर्दै पर्खि बसेका होलान्। |
|
|
Famous Nepalese Musician Shambhujeet Baskota giving Tika to his sister Binita at her home in Queens, New York. Photos: eEyeCam Read more about Musician Baskota's USA tour: "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो" नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos) यता बाग्लुङका मामलाल भुसाल यसपाली साथीहरुसँग दशैं मनाइ रहेका छन्। उनका श्रीमती, एक छोरी र तीन छोराहरु काठमाडौंमा छन्। Mamlal Bhusal giving Tika to Margaret Carne-Thapa, Vice-Chair, US Nepal Media Center. पोहर साल अमेरिका आएका एक ६० बर्शिय नेपाली आफ्नी श्रीमती "लिभिङ" काम गर्न अमेरिकाको अर्कै राज्यमा गएकाले जिबनमा पहिलो पल्ट दसैं एक्लै न्यू योर्कमा मनाउदै छन्। उनले भने-" नेपालमा दशैं १० दिन मनाइन्थ्यो। आफ्नो घर, छर छिमेकका सबकासब टिका थाप्न आफु कहाँ आउथे। अमेरिकामा धन कमाउन आ'को चाड मनाउन यो गति भयो।" Nikki, Shreeya and Pujyata with their one dollar bills after the Dashain Tika. Photos: eEyeCam अमेरिकामा हुर्कदै गरेका नेपाली बाल बालिकाहरु चाँही आफ्ना आमा-बुवा यतै रहेकाले दशैंमा निक्कै खुशी देखिन्थे। यो पन्क्तिकारले दिब्य धाम मन्दिरमा भेटेको निकिता, श्रेया र पुज्यता दशैं टिकासँगै पाएको एक एक डलरको नगद दान गन्दागन्दै दङ्ग थिए। तर नयाँ पुस्ता अमेरिकि नेपालीहरुको नेपाली चाड पर्बहरु प्रतिको चासो देख्दा अमेरिका मै बस्नु परे पनि नेपाली परम्परा बच्ने संकेतले खुशी बन्ने बाटो चाँही रह्यो। -Pradeep Thapa Magar in New York. Comments? 551-358-7726 |
||
|
Nepalese Lawyer and poet Binod Roka and his wife receiving Tika from the pujari. Raju Tuladhar and his family. Bishnu Paudel (2nd from L), Editor, Vishwa Sandesh USA, a Nepalese news paper. Aman Maharjan and his family. Photos: eEyeCam Anjana Bajracharya and her 10 months old son Bibhusan. Sachiko Maharjan. Photos: eEyeCam Musician Shambhjeet Baskota giving Tika to his newphew Bibhushit. Look who is greeting? That's what special about Nepalese tradition. Musician Baskota greeting his nephew (Bhanja). Sister Binita looks on. Photos: eEyeCam Binita is an accomplished Nepalese dancer. After 10 years? We made it! Shambhujeet with his sister Binita, nephew Bibhushit, brother-in-law Bidur Paudyal in Queens, New York. Photos: eEyeCam New Dashain celebration in New York photos: Dashain celebrated by Gita Khatri, Chairperson, International Nepalese Literary Society, New York Chapter and her family and friends. Photos courtesy: Gita Khatri Dashain celebrated by Gita Khatri, Chairperson, International Nepalese Literary Society, New York Chapter and her family and friends. Photos courtesy: Gita Khatri Read our related news and photo feature: Special: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6 UK; S. Korea » Special: एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग (8 Photos) » काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन (3 Photos) उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?' » यसपालीको वडा दशैं यसरी समापन भो! » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) » क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos) » साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं (5 Photos) » Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos) » पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos) » माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका » राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos) » Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए » वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos) » बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै (Special: 10 Photos) » "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो" नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||