|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Archive» Celebrating Dashain. Durga idol in Pune, India. Photo & illustration: eEyeCam काठमाण्डौं, October 9, 2008- सम्पूर्ण नेपालीको घर घरमा यतिबेला दशैं आएको छ । हिन्दूहरुले यसलाई महान चाडको रुपमा मनाउने गरेपनि सबै नेपालीले यो चाडलाई सौहाद्र्धता विकसित गर्ने संस्कारको रुपमा मान्न थालेका छन् । त्यसैले नेपालमा र विश्वभर नेपालीहरुले यो चाडलाई धुमधाम तरिकाले मनाउँदै छन्। कतिपय मानिसको धार्मिक इच्छापनि उदेकको हुन्छ । काठमाडौंको भद्रकाली मन्दिरमा एकजना भक्तजन महिला यसरी आफ्नो शरीरमा जमरा उमारेकी छिन् । उनी फूलपातिको दिनदेखि शरीरमा जमरा राखेर बसेकी हुन् । उनी भोलिसम्म यसैगरी रहनेछिन् । Photos: Sitaram यसअघिका दर्जनजति दशैं अशान्ति, नेपाली-नेपालीबीचको आपसी झैझगडा र मारकाटमा बितेपनि यस पटकको दशैं भने शान्तिपूर्ण रह्यो । द्धन्दको प्रमुख पक्ष नेकपा माओवादी चुनावजस्तो प्रजातान्त्रिक माध्यमबाट सरकारमा पुगेकालेपनि दशैं शान्तिपूर्ण हुन पुगेको हो । िहंसाग्रस्त तराई-मधेशपनि दशैंका बेला शान्त देखिएको छ । दशैंका बेला त्यहाँ कोही अपहरणमा परेको र मारिएको खबर यसपटक सुन्नु परेको छैन । तराईमा संघर्षरत सबै समूहहरुले दशैंकालागि युद्धविरामको घोषणा गरेकालेपनि तराई क्षेत्रमा दशैं शान्तिपूर्ण बन्न पुगेको हो । |
|
|
विजया दशमीका दिन टीका-जमरा लगाइदिने र आशिक दिने प्रचलन छ । घरमा जमरा नराख्नेकालागि मन्दिरहरुमा यसरी जमरा राखेर भक्तजनहरुलाई दिने गरिन्छ । यो दृष्य राजधानीको मैतिदेवी मन्दिरको हो । कोशीको बाढीका कारण पूर्वमा घर भएका अधिकांस नेपालीहरु काठमाडौंबाट घरतर्फ जान नसकेपनि कोशी तरेर जानु नपर्नेहरु आ-आफ्नो घर पुगेका छन् । यसअघि सबै दशैंका बेला आ-आफ्नो घर जाने भएका कारण काठमाडौं रित्तिएर सून्य हुने गर्थ्यो तर कोशीको बाढीका कारण यसपाली काठमाडौं त्यस्तो सून्य छैन । काठमाडौंका मन्दिर-मन्दिरहरुमा पूजाआजा गर्नेहरुको धुइँचो विहानैदेखि लागेको छ । फूलपातिका दिनदेखि मन्दिरहरुमा यस्तो धुइँचो लाग्न थालेको हो । बर्षमा एकपटकमात्र खुल्ने बसन्तपुर दरवारक्षेत्रभित्रको तुलजा भवानीको मन्दिरमा पूजा तथा दर्शनकालागि हजारौं भक्तजनहरु ओइरिएका छन् । तुलजा भवानीको मन्दिरमा यसअघि राजा जान नहुने भन्ने भनाई थियो । यद्यपी यो मन्दिरमा जमरा राख्नकालागि दरवारले बार्षिक ४५ किलो जौ र तीन ट्र्याक्टर बालुवाकालागि रकम दिने गरेको थियो । स्थानीय सर्वसाधारणहरु आजैकादिन तलेजु भवानीको दर्शन गरी प्रसादका रुपमा भोलिका लागि जमरा लैजाने गर्दछन् । दशैंको भीडभाडका कारण बसन्तपुर क्षेत्र उल्लासमय बनेको छ । हजारौं नेपाली र सयौं विदेशी पर्यटकहरु त्यो क्षेत्रमा दर्शन गर्न तथा त्यहाँको उल्लासमय दृष्य हेर्न त्यहाँ पुगेका छन् । पूजाका सामान बेच्नेहरुलाई त्यहाँ भ्याईनभ्याई छ । सबैजसो पर्यटकहरु त्यो उल्लासमय दृष्यलाई आफ्नो क्यामरामा कैद गर्न व्यस्त देखिन्छन्। -Sitaram Baral in Kathmandu दशैंलाई हनुमान र भगवान राम मिलेर रावणमाथि विजय प्राप्त गरेको उपलक्ष्यमा मनाइने चाडको रुपमा लिइन्छ । काठमाडौंको अनामनगरस्थित हनुमानस्थानमा रहेको हनुमान मन्दिरमा भगवान श्रीराम र उनका भक्त हनुमानको मूर्तिमा पुजा गर्दै एक महिला Photos: Sitaram दशैंका बेला मन्दिरमा पूजाआजा गर्नेहरुको निकै ठूलो घुइँचो लाग्ने गर्छ । बर्षमा एक पटकमात्र नवमीको दिन खुल्ने बसन्तपुर स्थित तलेजु भवानीको मन्दिर । यहाँ राजाहरु जान हुन्न भन्ने भनाई थियो । यद्यपी राजतन्त्र रहेका बेला प्रत्येक बर्ष जमरा राख्नकालागि दरवारबाट ४५ किलो जौ र ३ ट्र्याक्टर बालुवाको प्रबन्ध दरवारले गरिदिने गरेको थियो । स्थानीय सर्वसाधारणहरुले यहींबाट भोलिका लागि जमरा लैजाने गरेका थिए । आज तलेजु भवानीको दर्शन र पूजाकालागि त्यहाँ निकै ठूलो भीड लागेको छ । बडा दशैंका अवसरमा शान्ति र सम्बृद्धिको कामना गर्दै शुभकामना दिने नेपाली प्रचलन छ । परेवालाई शान्तिको प्रतिक मान्ने गरिन्छ । यसपटकको दशैं निकै शान्तिपूर्ण भएर होला साँच्चिकै शान्त देखिन्छन् बसन्तपुर क्षेत्रका परेवाहरु पनि । अधिकांस नेपालीहरु दशैंमा मासु खाने गर्दछन् । गाउँ घरमा हिन्दू धर्माबलम्बीहरुको घर-घरमा खसी, कुखुरा र हाँस काट्ने चलन छ । तर काठमाडौंमा पसलमा राखिएको मासु किनेर ल्याउने गरिन्छ । काठमाडौंमा दशैंको बेला मासु पसलेहरुले अत्याधिक मात्रामा मासु बेच्छन् । एक पसलमा दशैंकालागि खसी काटेर बेच्नकालागि सफा गरिदै । Photos: Sitaram तलेजु भवानीको मन्दिर अगाडिबाट त्यहाँ लागेको दर्शनार्थीहरुको भीडबारे प्रत्यक्ष प्रशारणको तैयारी गर्दै एक टेलिभिजन च्यानलका सन्चारकर्मीहरु बसन्तपुर दरवार क्षेत्रजस्तै सम्बृद्ध र सम्पन्न होस् देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको महान् चाड बडा दशैं । Photos: Sitaram -शब्द तथा चित्र- सीताराम बराल |
||
|
Read our related news and photo feature: Special: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6 UK; S. Korea » Special: एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग (8 Photos) » काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन (3 Photos) उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?' » यसपालीको वडा दशैं यसरी समापन भो! » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) » क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos) » साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं (5 Photos) » Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos) » पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos) » माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका » राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos) » Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए » वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos) » बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै (Special: 10 Photos) » "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो" नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||