Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

दर्चुलादेखी काठमाडौंसम्म प्रहरी महानिरीक्षक ठकुरीको यात्रा



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


गृह मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद कुसुमबाट रमेशचन्द ठकुरी दर्ज्यानी चिन्हबाट सुशोभित हुँदै Photos: Danda

काठमाडौँ, 17 Feb, 09- प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका रमेशचन्द ठकुरी दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ ।

गृह मन्त्रलाय सिंहदरबारमा आज आयोजित एक विशेष समारोहबीच गृह मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद कुसुमले प्रहरी महानिरीक्षक ठकुरीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गर्नुभएको हो ।

सुशोभन समारोहमा गृहसचिव डा. कुसुमले नयाँ नेपाल निर्माण गर्ने अभियानमा सरकार जुटेको अवस्थामा मुलुकको शान्ति सुरक्षा, अमनचयन कायम गर्ने चुनौति नेपाल प्रहरी सामु रहेको कुरा उल्लेख गर्नुहुँदै मुलुकमा शान्ति सुरक्षा कायम गर्ने राष्ट्रिय हितका खाँतिर नेपाल प्रहरीले गर्ने कार्यमा सहयोग गर्न गृहमन्त्रालयले कुनै कन्जुस्याई नगर्ने बताउनुभयो ।

नेपाल प्रहरीमा क्षमता र कार्यकुशलता अभिबृद्धि एवं कर्मचारीको मनोबल उच्च बनाउनेतर्फ अझै सम्वेदनशील हुनुपर्ने अवस्था रहेको चर्चा गर्नुहुँदै गृहसचिव डा. कुसुमले प्रहरी संगठन सुदृढिकरण, सुधार र व्यावसायिक निष्ठा कायम गर्न कार्यदल बनेको छ भन्नुभयो ।

उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक ठकुरीले गरिमामय इतिहास बोकेको संगठनको नेतृत्व गर्ने जिम्मेवारी पाएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्नुहुँदै नेपाल सरकार र गृहमन्त्रालयको नीति निर्देशनमा रहेर दिइएको जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
 

IGP Thakuri. Photos: Danda

प्रहरी महानिरीक्षक ठकुरीले आफूले पाएको जिम्मेवारीलाई मन, वचन र कर्मले आत्मसात गरी संगठनको हितमा लागेर संगठनको मर्यादालाई माथि उकास्न आफू तयार रहने बताउनुहुँदै कर्तव्य निर्वाह गर्ने क्रममा जीवनको उर्त्र्सग गर्ने अमर प्रहरी कर्मचारीले पुर्याएको योगदानको स्मरण समेत गर्नुभयो ।


दर्ज्यानी चिन्ह सुशोभन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक वासुदेव वली, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख धनसिंह कार्की, क्षेत्रीय प्रशासक, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका सह-सचिव, प्रहरी नायव महानिरीक्षकहरु, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक ठकुरीको स्वागत

प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका रमेश चन्द ठकुरी दर्ज्यानी चिन्हद्धारा सुशोभित भएपश्चात प्रहरी प्रधान कार्यालयमा प्रवेश गर्नुहुँदा उहाँको स्वागत गरिएको छ ।


DIG Parbati Thapa Magar welcoming IGP Thakuri. Photos: Danda

उहाँलाई उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले पुष्पगुच्छा सहित हार्दिक स्वागत गरेका थिए ।

प्रहरी महानिरीक्षक ठकुरी स्वागतपछि प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा जानुभई अमर प्रहरी स्मारकमा पुष्पहार चर्ढाई अमर प्रहरीहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

साथै उहाँले प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहमा सम्मान सलामी ग्रहण गर्नुभएपछि पद बहाली समेत गर्नुभयो ।

बि.सं. २०१३ साल असोज ३० गते दार्चुला जिल्लाको लाली गाउँ विकास समितिमा जन्मनुभएका प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर डिग्री हासिल गर्नुभएको छ ।

वि.सं. २०३९ साल असोज १७ गते प्रहरी निरीक्षक दर्जाबाट प्रहरी सेवामा प्रबेश गर्नुभएका ठकुरी प्रहरी नायव उपरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी नायव महानिरक्षिक, प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुँदै नेपाल सरकार मन्त्रीपरिषद्को गत माघ २९ गतेको निर्णयअनुसार फागुन ६ गतेबाट कार्यभार सम्हाल्नेगरी प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो ।

सादा जीवन उच्च बिचारको जीवनशैलीबाट अभिप्रेरित प्रहरी महानिरीक्षक ठकुरीले स्वदेश तथा बिदेशमा गरी १८ वटा तालिम हासिल गर्नुभएको छ भने उहाँ स्वदेश तथा बिदेशबाट प्रदान गरिएका विभिन्न ११ वटा मानपदवी, अलंकार तथा पदकबाट बिभूषित हुनुहुन्छ ।

हरेक रचनात्मक क्रियाकलापमा सहभागी हुन रुचाउनुहुने प्रहरी महानिरीक्षक ठकुरीले सेवा प्रबेश गरेदेखि नै जिल्ला प्रहरी कार्यालयहरु म्याग्दी र बारा, अञ्चल प्रहरी कार्यालय बीरगंज, मध्य पश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगंजमा सेवा गरी प्रशस्त अनुभव हासिल गर्नुभएको छ । अन्तर्राष्ट्रय विमानस्थल गौचरणको सुरक्षा प्रमुख, प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको प्रमुख, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरको समादेशक, ललितपुर, पर्सा, चितवन जिल्लाका जिल्ला प्रहरी प्रमुखको कार्यभारसमेत सफलतापुर्वक सम्पन्न गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक ठकुरीले प्रहरी प्रधान कार्यालयको प्रशासन महाशाखा प्रमुख र प्रहरी प्रबक्ताको भूमिका समेत कुशलतापुर्वक निर्वाह गरिसक्नु भएको छ । उहाँले प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालय तथा तालिम निर्देशनालयको प्रमुख र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको कार्यकारी निर्देशकको रुपमा व्यावसायिक अनुभव हासिल गर्नुभएको छ ।

अध्ययनमा गहिरो रुची राख्नुहुने उहाँ पेशागत हिसावले सक्षम, कुशल र व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित हुनुहुन्छ । उहाँले प्रहरी सेवासँग सम्बन्धित विभिन्न व्यावसायिक लेखहरु पत्रपत्रिकाहरुमा प्रकाशन तथा पेसागत कार्यपत्रहरु प्रस्तुत गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक ठकुरीले अमेरिका, सिंगापुर, मलेसिया, जर्मन, बेलायत, क्रोसिया, स्लोभानिया, अष्ट्रिया, कंगो, केन्या, दक्षिण अफ्रिका, दुबई, श्रीलंका, थाइल्याण्ड, भारत लगाएका विभिन्न मुलुकहरुको भ्रमण गर्नुभएको छ ।

महानिरीक्षक ठकुरीबाट निर्देशन

नवनियुक्त प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले प्रहरी संगठनलाई चुस्त दुरुस्त बनाई आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी कर्मचारीहरुले नयाँ जोश र जाँगरकासाथ काम गर्नुपर्ने कुरा बताउनुभएको छ ।

प्रहरी महानिरीक्षक ठकुरीले आफ्नो पदवहालीपश्चात आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी अधिकृत तथा जावनहरुलाई निर्देशन दिनेक्रममा उक्त कुरा बताउनुभएको हो ।

नेपाल सरकारले जुन विश्वास लिएको छ त्यसलाई पुरा गर्न आफू प्रतिवद्ध रहेको कुरा उल्लेख गर्नहुँदै उहाँले संगठन सुदृढिकरण गरी शान्ति सुरक्षा कायम गर्न सबैको सहयोगको पूर्ण अपेक्षा रहेको बताउनुभयो।

प्रहरी महानिरीक्षक ठकुरीले प्रहरी संगठनमा अनुशासन कायम गर्न, कर्मचारीहरुलाई उच्च मनोबलकासाथ अझै सक्रिय बनाउन र संगठन अझै गतिशिल एवं उर्जाशील बनाउन आफू जुनसुकै कदम चाल्नसमेत पछि नपर्ने कुरा उल्लेख गर्नुहुँदै उचित र अनुचित कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार र सजायको व्यवस्था गरिनेसमेत बताउनुभयो ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. काशीराम कुँवरले धन्यबाद ज्ञापन गर्नेक्रममा कर्मठ र योग्य संगठन प्रमुख पाएकोमा समस्त प्रहरी अधिकृत तथा जवानहरुको तर्फबाट खुशी व्यक्त गर्नुहुँदै उहाँको निर्देशनको अक्षरस पालना हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

महानिरीक्षक ठकुरीसँग शिष्टाचार भेट

ब्रिटीश ग्रुप इन्टर पार्लियामेन्टरी युनियनका सदस्य जोहन स्टान्लीको नेतृत्वमा नेपाल आएको ७ सदस्यीय प्रतिनिधि मण्डलले नवनियुक्त प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीसँग आज प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेट गर्यो ।

नेपाल प्रहरीसँग सम्बन्धित विविध बिषयहरुमाथि आपसी छलफल भएको उक्त भेटघाटमा प्रहरी महानिरीक्षकको सचिवालयका वरिष्ठ अधिकृतहरुकोसमेत उपस्थिति रहेको थियो ।

-Danda Gurung in Kathmandu
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®