|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
दलितको कार्यक्रममा गैर दलितको कार्यपत्र,
अधिकार ग्यारेण्टीका लागि दलित नै मरिमेट्नु
पर्ने काठमाण्डौं, December 13, 2008- दलित समुदायको हक अधिकार सुनिश्चित हुने गरी संविधान निर्माण गर्न संविधान निर्माण सम्बन्धी विषयगत समितिहरुमा दलित सभासदहरु अनिवार्य रुपमा बस्नु पर्ने दलित अधिकारकर्मीहरुको निश्कर्ष निकालेका छन् । राजधानीमा परियार सेवा समाजले मंसिर २८ गते आयोजना गरेको अन्तरकि्रया कार्यक्रममा डा. विद्यानाथ कोइराला र शेरबहादुर केसीले 'नयाँ संविधानमा दलित अधिकार' विषयमा छुट्टाछुट्टै प्रस्तुत गरेको कार्यपत्र उपर बोल्दै वक्ताहरुले दलित पक्षीय संविधान निर्माणको लागि संविधान बनाउन दलित सभासदहरुले सकि्रय सहभागिता पहिलो प्राथमिकता रहेको बताए । राज्य र समाजबाट इतिहासदेखि नै ठगिदै आएका दलितहरुलाई क्षतीपुर्ति स्वरुप राज्यका हरेका निकायमा आरक्षण, विशेष सुविधा दिनु पर्ने कुरा संविधानमा उल्लेख गर्नु पर्ने उनीहरुको तर्क रहेको थियो । दलित भित्रै र दलित तथा गैरदलितवीचको छुवाछुत अर्को महत्वपूर्ण समस्या भएकाले यसलाई हटाउन संवैधानिक र व्यवहारिक प्रतिबद्धता आवश्यक रहेको औल्याए । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले दलित पक्षीय संविधान निर्माण गर्न दलित समुदायले अभियानै चलाउन आवश्यक रहेको धारणा राखे । उनले तुलनात्मक रुपमा संविधा सभा दलित सभासदहरुको उपस्थिति पहिले भन्दा बढी भए पनि दलित अधिकारको कुरा संविधानमा लेख्न सकिएन भने त्यो उपस्थिति अर्थहिन बन्ने चेतावनी समेत दिए । काँग्रेस केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले वर्तमान सरकारले बजेट ल्याउँदा दलित समुदायलाई उपेक्षा गरेको आरोप लगाए । गणतान्त्रिक सरकारमा एउटा पनि दलित मन्त्री नबनेको समेत विश्वकर्माले आक्रोस पोखे । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||