Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
शान्ति सुरक्षा सुदृढ गर्न प्रहरीलाई साइकल उपहार

पोखरा, December 27, 2008- पोखराको शान्ति सुरक्षा सुदृढ गर्न प्रहरीलाई गस्तीमा सघाउ पुरयाउने उद्येश्यले पोखरा पर्यटन परिषदले उपलब्ध गराएका साइकल आज यहाँ प्रहरीलाई हस्तान्तरण गरियो ।

पोखराको मुख्य पर्यटकीय स्थल र शहरी क्षेत्रमा बढ्दो चोरी अपराध र विभिन्न घटना नियन्त्रणमा सघाउ पुरयाउन सजिलो होस भन्ने अभिप्रायले प्रहरीले साइकल गस्ती सुरु गरेको हो ।

पोखरा पर्यटन परिषदका अध्यक्ष बच्चुराम तिवारीले प्रहरी नायव महानिरिक्षक नवराल ढकाललाई ती साइकल हस्तान्तरण गर्दै पर्यटक र सर्वसाधारणको शान्ति सुरक्षाको लागि प्रहरीले सुरु गरेको साइकल गस्तीबाट सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।

प्रहरी नायव महानीरीक्षक नवराज ढकालले जनता र प्रहरीको सहयोगमा मात्र शान्ति सुरक्षा बलीयो गर्न सकिने हुँदा सबैको सहयोगको जरुरी छ भन्नुभयो । प्रहरीलाई पर्यटन परिषदले ८ वटा साइकल दिएको र बाबा हार्डवर्यसल सौजन्य स्वरुप उपलब्ध गराएको प्रहरीको टेलिफोन नम्वर लेखिएका १२० वटा प्लेट शहरका विभिन्न क्षेत्रमा टाँगीने वडा प्रहरी कार्यालय बैदामका प्रहरीका निरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति यज्ञबकहादुर थापा, नेकपा एमालेका राजीव पहारी र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष गोमा ढकालले समाजमा बढ्दो अराजकता, उच्छृङखलता र गुण्डागर्दी रोक्न सहयोग गर्नूपर्नैमा जोड दिए ।

-Rajbahadur Gurung in Pokhara
















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®