
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
अहिलेको मकैको ४५ प्रतिशत प्रोटिन मात्रै शरीरले
पचाउने, नयाँ मकैको ८० प्रतिशत पचाउने
काठमाण्डौं, January 4, 2009- नेपाल कृषि अनुसन्धान परिषद्ले आठ वर्षको
अनुसन्धानपछि पोषिलो मकैको जात सिफारिस गरेको छ ।
दैलेख, लुम्ले, खुमल्टार, काभ्रे र पाख्रीवासका कृषि अनुसन्धान केन्द्र र
किसानको खेतवारीमा समेत परिक्षण गरेर पोषिलो एक नामको मकै खेतीका लागि
सिफारिस गरिएको हो ।
मध्य पहाडमा खेती गर्न सकिने पोषिलो एकमा स्थानीय मकैमा भन्दा दोब्बर
प्रोटिन रहेको छ । त्यस्तै प्रोटिन व्यवस्थापन गर्ने चिप्टोफ्यान र लाईसिन
धेरै भएका कारण पोषिलो एकमा झण्डै दुधको हाराहारीमा प्रोटिन तत्व पनि रहेको
छ ।
दुधमा रहेको मध्ये ९० प्रतिशत प्रोटिन शरीरले लिए जस्तै पोषिलो एकमा रहेको
८० प्रतिशत प्रोटिन शरिरले सजिलै लिनसक्ने वाली वैज्ञानिकले जनाएका छन् ।
अहिलेको स्थानीय मकैमा रहेको ४५ प्रतिशत प्रोटिन मात्रै शरीरले पचाउने
गरेको छ ।
पशुपंक्षीलाई पोषिलो मकै ख्वाउँदा मासुको उत्पादन बढ्ने र मानिसले मकैका
विभिन्न परिकार खाँदा कुपोषण पनि कम हुने राष्ट्रिय मकैवाली संयोजक डाक्टर
दिलबहादुर गुरुङ्गले वताउनुभयो ।
उहाँका अनुसार 'पोषिलो एक' मकैको खेती गर्दा २५ प्रतिशतसम्म उत्पादन बढ्नेछ
। स्थानीय मकै जस्तै फागुनदेखि जेठसम्म छर्न सकिने पोषिलो एकको भण्डारण पनि
सामान्य तरिकाले गर्न सकिने मकैवाली अनुसन्धान केन्द्रले जनाएको छ ।
-Khagendra Makhim in Kathmandu
|
|