|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
भ्रष्ट कर्मचारी सौचालयमा थुनेका बनमन्त्री
यादवले माफी नमाग्ने काठमाडौं, June 19, 2008- ललितपुरका स्थानीय विकास अधिकारी डण्डुराज घिमिरेलाई भ्रष्टाचारको आरोप लगाउँदै सौचालयमा थुनेर चर्चामा आएका बनमन्त्री मातृका यादवले आफूले गल्ती नगरेको बरु त्यो आफ्नो बाध्यता भएको बताएका छन् । बन मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी बनमन्त्री यादवले भ्रष्ट कर्मचारीका लागि दुर्गन्धित स्थान नै उपयुक्त भएको भन्दै आफूले स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेको जवाफ दिएका छन्। कर्मचारीमाथि दुव्र्यवहार भएको भन्दै देशभरिका स्थानीय निकायका कर्मचारीहरुले बुधबार र विहीबार आन्दोलन गरी मन्त्री यादवले माफी माग्नुपर्ने माग गरेका थिए । तर माफी नमाग्ने अडान मन्त्री यादवले लिएका छन् । 'भ्रष्टलाई शौचालयमा थुन्दा माफी माग्नुपर्दैन' पत्रकार सम्मेलनमा मन्त्री यादवले भने- 'भ्रष्ट कर्मचारीमाथि यो भन्दा अझ ठूलो कार्वाही हुनेछ यो त सुरुवातमात्र हो ।' आफूविरुद्ध आन्दोलन गरिरहेका कर्मचारीहरु भ्रष्टाचारीका पक्षधर भएको उनको आरोप थियो । उनले केही कर्मचारी विरोधमा उत्रदैमा आफूलाई केही फरक नपर्ने बताएका मन्त्री यादवले भ्रष्टाचारीको जमात आफ्नो पछिल्लो कामबाट आत्तिएका बताए । कर्मचारतन्त्रले निस्वार्थ भएर देशको सेवा गर्नुपर्नेमा कर्मचारीतन्त्रले जनतालाई दुःख दिने काम गरेको आरोप लगाए । ललितपुरका स्थानीय विकास अधिकारी डण्डुराज घिमिरेले सामुदायिक वनमा ढुंगाखानी संचालन गर्न दिएर भ्रष्टाचार गरेको उनले बताए । स्थानीय विकास अधिकारी घिमिरेमाथि कार्वाहीको माग बढेपछि मन्त्री यादव सामुदायिक बनमा सन्चालन गरिएको ढुङ्गाखानी स्थलमा आफै पुगेका थिए । 'मलाई मन्त्री पदको लोभ छैन त्यसैले माफी मागेर म मन्त्री पद जोगाउन चाहन्न' मन्त्री यादवले भने- 'केही भ्रष्टहरुले मैले माफी माग्नुपर्ने बताएपछि मेरो कामलाई सोझा जनताले धन्यवाद दिएका छन् ।' मन्त्री यादवले पत्रकार सम्मेलन गर्नुअघि नेपाल निजामती कर्मचारी युनियन र कर्मचारी संगठनले ललितपुरमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी मन्त्री यादवको भत्स्रना गरेका थिए । उनीहरुले मन्त्री यादवको राजीनामा मागसमेत गरेका थिए । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®