|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्युयोर्कमा सहकारी अभियान-२००९, यु.यस.ए. र जलश्रोतको महत्वबारे कार्यक्रम |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Pasang D. Sherpa, NAWA President Dr. Krishna K Rai, Lawyer Durga Bhurtel & Janak Nepal. Photos: eEyeCam न्युयोर्क, 31 Jan, 09- सहकारी अभियान-२००९ युयसए, र जलश्रोतको महत्वबारे चेततनामुलक कार्यपत्र प्रस्तुत गरियो। नेपालमा बारम्बार राजनैतीक परिवर्तन भएतापनि नेपाली जनताले कहिले पनि सामाजिक र आर्थिक परिवर्तनको महसुस गर्न सकिरहेका छैनन। आज नेपाली दाज्यु भाई तथा दिदी बहिनिहरु आर्थिक समस्या, बेरोजगार, देशको लथालिङे ब्यबस्थामा रहेको परिप्रेक्षमा संसारभरी छरिएर रहेका नेपाली नागरिकहरुले अब सरकारको मुख मात्र ताकेर नहुनेरहेछ हामी नेपाली जनता आफै सचेत भएर एक जुट भएर नउठि हाम्रो उन्नती नहुनेरहेछ भन्नेतर्क हिमालय स्वास्थ्य तथा शिक्षा समाजका अध्यक्ष समाजसेबी तथा सहकारी अभियानको संग्योजक पासाङ दोर्ची शेर्पाले राख्नु भयो । यस कार्यक्र्मलाई दुई सत्रमा बिभाजन गरिएको थियो। कार्यक्रमको पहिलो सत्रमा सहकारी कार्यक्रमबारे छलफल, कानुनी प्रकृयाबारे जानकारी र अल्पकालिन फाईदामुलक ब्यवसायको ट्ङो लगाईएको थियो। जनवरी १८ मा शेर्पाद्वारा प्रस्तत गरिएको कार्यपत्रलाई कसरी हाम्रो दैनिक व्यबहारमा लागु गरेर फाईदा लिन सकिन्छ भन्नेबारे सङ्योजक समितिका सदस्यहरुलागायत न्युयोर्कस्थित बिभिन्न सँघसंस्थाका प्रतिनिधिहरु, सन्चारकर्मिहरु, समाजसेबी, कनुनबिद, बुद्दिजिबी र ब्यबसयीहरु बिच बिबिध छलफल गरिएको थियो। नेपालर अमेरिकामा बिभिन्न ठुला तथा साना ब्यबसायहरुको सम्भावनाहरुबारे उल्लेख गरिएको भएतापनि हाल अमेरिकामा रहेका नेपालीहरुको दैनिक जिबनमा उपयोगी हुने मनीट्रान्सफर, किनमेलकोलागि सुपरमार्केट, क्याटरिङ्ग र पार्टी हललाई बिशेष प्राथमिक दीई जती सक्दो चांडो कार्यक्रम सन्चलन गर्न कनुनी प्रकृयालाई अगाडि बढाउने निर्णय भयो। |
|
|
NAWA President Dr. Krishna K. Rai speaking at the interaction. सो अबसरमा कानुनबिद दुर्गा भुर्तेलले अमेरिकि कानुनअनुसार ब्यवसाय सन्चालन गर्ने प्रकृयाको बिषयमा स्पस्ट पार्नुभएको थियो। अन्य बक्ताहरुमा नेपाल अमेरिका वेलफेयर असोसिएशन (NAWA) अध्यक्ष डा. कृष्णकुमार राइ, युयनडियफका महासचिब सञ्जय थापा, सोलुखुम्बु जलबिद्युत बिकास समितिका अध्यक्ष तथा नेपाल शेर्पा संघका केन्द्रिय उपाद्यक्ष आङदामी शेर्पा, युनाइटेड किरात राई ओर्गनिजेशन केन्द्रिय अध्यक्ष शिवकुमारराइ, नेवा: गुठी अमेरिकाका अध्यक्ष आदित्य महर्जन, तामाङ सोसाइटी अफ अमेरिकाका भुपु अध्यक्ष राम तामाङ, जनजाति महासंघ न्युयोर्क च्यापटरका अध्यक्ष सुभाश लामा, समाजसेबी बन्शलाल तामाङ, युयस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदिप थापा, युयस नेपाल अनलाईनका तराइक्षेत्र सम्पादक तथा अन्टाका अमित शाह, एभरेष्ट टाईम्सका सम्पादक बिष्णु पौडेल, चार्टर एकाउन्टेन्ट राजेश शाह, नेपाल जनसंपर्क समिती न्युयोर्कका रोशन ढुंगाना, श्रीमती जनेश गुरुङ, बिजय थुलुङ, निर्माण ब्यबसायी जेबि लामा, कार्पेट ब्यबसायी तथा NAWA का महासचिब शेशराज खतिवडा, NAWA का उपाद्यक्ष श्रीमती मधु श्रेष्ठ, NAWA का उपाध्यक्ष जनक नेपाल, जनक अधिकारि, आदिबासी जनजाति महासंघ न्यूयार्क च्याप्टर उपसभापति लीला राई र, आदिबासी जनजाति महासंघ न्यूयार्क च्याप्टर सदस्य केशबराम राइ, किरात राइ ओर्गनिजेशन अमेरिका न्युयोर्क च्यप्टरका अध्यक्ष प्रभाकर राइ, अप्रेश समुदाय अमेरिकाका राम विश्वकर्मालगायतका महानुभाबहरुले आआफ्नो बिचार राख्नु भएको थियो। Shivakumar Rai presenting his paper on water resources in Nepal. दोस्रो सत्रमा कृषि बिशेषग्य तथा युनाईटेड किरात राइ अर्गानिजेशन अफ अमेरिकाका (युक्रो) का केन्द्रिय अध्यक्ष शिवकुमार राइद्वारा नेपालमा जलश्रोतको महत्वबारे जनचेतनामुलक कार्यपत्र प्रस्तुत गरिएको थियो। सो कार्यक्रममा वहाले जलश्रोतमा संसारको दोर्स्रो धनि देश भएर पनि नेपालीमध्ये शहरमा बस्ने १८ प्रतिसत जनताले मात्र बिजुलीको उज्यालो पाएको तथ्य देखाउनु भयो । जल बिद्युतको बिकाश नहुनु मध्ये कैयौं कारणहरु मध्ये गरीबी मात्र नभई नेत्रित्व बर्गमा साथै राजनितिक पार्टीहरुमा राष्ट्रिय अडान, दूरगामी शोच, योजना र उच्च मनोबल नभएको कारणले छर, छिमेक, राष्ट्रिय, अन्तरास्त्रिय ब्यापारी तथा जल तस्करहरुको जालमा देश फस्दै गएको र अझै फस्दै जान सकने संभाबनासमेत देखाउनु भयो। बिजुली आजको विश्वमा हरेक देशको लागी बिकाशको पुर्बधार भएको र एशियाको दक्षिण पूर्बी देशहरूमा बढ्दो जनसंख्याको आबस्यक्तालाइ खाने पानी र ऊर्जाको भरपर्दो आपूर्तिको जवाफ खोज्न हिमालातिरै पुग्नु पर्ने बाध्याताले जलतस्करहरु धेरै लोभिएको परिप्रेक्ष्यमा तेश्रो विश्व युद्द पानीको कारणबाट नहोलाभन्न सकिदैन भन्नु भयो। कार्यक्रम नेपाल अमेरिका वेलफेयर असोसिएशन (NAWA) का केंद्रीय सभापति डॉ. कृष्ण कुमार राइको सभापतित्वोमा संपन्न भएको थियो । NAWA को महासचिब शेषराज खतिवडाले सभा सञ्चालन गर्नु भएको थियो । -Pasang Dorchi Sherpa in New York Photos: eEyeCam |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||