Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सबै सभापतिहरु चुनिए

काठमाण्डौं, January 13, 2009- संविधान सभा र व्यवस्थापिका संसद अन्तर्गतका सबै सभापतिहरु निर्वाचित भएका छन् । संविधान सभा अन्तर्गतका १४ तथा व्यवस्थापिका संसद अन्तर्गका ९ सभापति पुस २९ गते चयन भएका हुन्‌ । सुरक्षा विशेष समितिमा भने संविधान सभा अध्यक्ष पदेन सदस्य रहने प्रावधान छ ।

नव निर्वाचित सभापतिहरुलाई संविधान सभा अध्यक्ष सुवास नेम्वाङ्गले आजै सपथ ग्रहण गराएका हुन्‌ । संविधान सभा अन्तर्गतको संवैधानिक समितिमा एमाले पूर्व महासचिव माधवकुमार नेपाल निर्वाचित भएका छन् । दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानलाई पराजित गर्दै नेपाल सभापतिमा निर्वाचित भएका हुन्‌ । संविधान सभा अन्तर्गतकै अल्पसंख्यक तथा सिमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिमा लालबाबु पण्डित (एमाले), मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिमा विन्दा पाण्डे (एमाले), राज्यको पुनरसंरचना र राज्य शक्तिको बाँडफाँड समितिमा लोकेन्द्र विष्ट मगर (माओवादी), राष्ट्रिय हितको संरक्षण समितिमा अमिक शेरचन (माओवादी), नागरिक सम्बन्ध समितिमा मीना पाण्डे (काँग्रेस) र व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समितिमा रमेश रिजाल (काँग्रेस) चयन भएका छन् ।

त्यसैगरी जनमत संकलन तथा समन्वय समितिमा प्रमोदकुमार गुप्ता (फोरम), न्याय प्रणाली सम्बन्धी समितिमा प्रभु साह (माओवादी), सांस्कृतिक र सामाजिक ऐक्यबद्धता आधार निर्माण समितिमा नवोदिता चौधरी (राप्रपा), संवैधानिक निकायको संरचना निर्धारण समितिमा गोविन्द चौधरी (तमलोपा), प्राकृतिक स्रोत आर्थिक अधिकार तथा राजस्व बाँडफाँड समितिमा अमृता थापा मगर (माओवादी), क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिमा मृगेन्द्रकुमार िसंह यादव (फोरम) र राज्यको शासकीय स्वरुप निर्धारण समितिमा शम्भु हजरा दुसाद (काँग्रेस) निर्वाचित भएका छन् ।

व्यवस्थापिका संसद अन्तर्गतका समितिहरुको सभापतिमा विधायन समिति यशोदा सुवेदी गुरुङ्ग (माओवादी), विकास समिति जितेन्द्रप्रसाद सोनल (तमलोपा), अन्तराष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिम पदमलाल विश्वकर्मा (माओवादी), प्राकृतिक स्रोत र साधन समितिम शान्ता चौधरी (एमाले), सार्वजनिक लेखा समिति रामकृष्ण यादव (काँग्रेस), संसदीय सुनुवाई विशेष समिति कुलबहादुर गुरुङ्ग (काँग्रेस), राज्य व्यवस्था समिति रामनाथ ढकाल (एमाले), महिला, वाल वालिका तथा समाजकल्याण समिति सन्ध्या देवी (फोरम) र अर्थ र श्रम सम्बन्ध समिति सुशीला कन्दङवा (माओवादी) चयन भएका छन् ।

-Santa Bagam in Kathmandu





   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®