Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
शान्तिपूर्ण ढंगले संविधान नबन्ने माओवादी नेताको दाबी

काठमाण्डौं, 17 Mar, 09- एकीकृत माओवादीका प्रभावशाली नेता सिपि गजुरेल 'गौरव'ले शान्तिपूर्ण ढंगले संविधान नबन्ने बताउनुभएको छ ।

अखिल क्रान्तिकारीले कीर्तिपूरमा गरेको स्ववियु चुनावी सभालाई सम्बोधन गर्दै उहाले प्रतिक्रियावादीहरुको साटगाठका कारण शान्तिपूर्ण ढंगले संविधान नबन्ने स्थिती आएको बताउनुभएको हो ।

उहाले बेबी किङ्गको कुरा गर्ने प्रतिक्रियावादीहरुको संघीय लोकतन्त्र भन्दा अघि जानै नसक्ने अडानले गर्दा संविधान निर्माण प्रक्रिया अप्ठ्यारो पार्दै लगेको दावी गर्नुभयो । तर उहाले आफूहरु जनगणतन्त्र भन्दा तल परेर कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।

"जनगणतन्त्र स्थापनाका लागि नया क्रान्तिको आवश्यकता भइसकेको छ" गजुरेलले जानकारी दिनुभयो, "सरकार, सदन र सडकलाई तालमेल मिलाएर माओवादीले क्रान्ति अगाडी बढाउने तयारी गरिरहेको छ ।"

उहाले दश बर्षे जनयुद्धलाई यहासम्म ल्याइपुर्याएर पनि क्रान्ति सम्पन्न गर्न माओवादीलाई अहिले ठूलो चुनौती रहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय केन्दि्रय क्याम्पस कीर्तिपूरमा अखिल क्रान्तिकारीले केन्दि्रय महासचिव हिमाल शर्मालाई सभापतिको उमेद्वार बनाएको छ ।

दलीय हिसाबले पनि महत्वपूर्णरुपमा हेरिने केन्दि्रय क्याम्पस कीर्तिपूरमा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियुको त्रीपक्षीय कडा भिडन्त हुने देखिएको छ ।

-Khagendra Makhim in Kathmandu



















   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®