|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
बिशेष टिप्पणी: दैलो दैलोमा पुग्दै प्रधानमन्त्री बन्न भोट र आशिर्बाद माग्दै माओवादीको नेतृत्वमा सरकार बन्न नदिने छल चरमोत्कर्शमा काठमाडौं, August 8, 2008-संविधान सभा चुनावपछिका चार महिनासम्म सबैभन्दा ठूलो दलको रुपमा रहेको माओवादीलाई सरकार बनाउन नदिन सुरु भएको फोहोरी खेल यतिबेला उत्कर्षमा पुगेको छ । काम चलाउ प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला फेरि आफै प्रधानमन्त्री बन्ने खेलमा लागेका छन् । उता एमालेपनि प्रधानमन्त्रीकालागि मुख मिठ्याएर बस्न थालेको छ । १५ वर्षसम्मको फोहोरी संसदीय खेलमा कमाएको बदनामीका कारण संविधान सभा निर्वाचनमा पराजयसहित दोश्रो र तेश्रो दलमा रुपान्तरित हुन पुगेका यी दुई दलले सुरु गरेको पुरानै फोहोरी खेलका कारण नेपाली जनता वाक्कदिक्क हुन पुगेका छन् । राष्ट्रपति डा. रामबरण यादवले अघिल्लो हप्ता नै राष्ट्रिय सहमतिको सरकार गठनकालागि संविधान सभाको सबैभन्दा ठूलो दल नेकपा माओवादी लाई सात दिनको समय दिएका थिए । तर माओवादी नेतृत्वमा सरकार बन्न नदिन कांग्रेस र एमालेको तर्फबाट अनेक सर्त तेस्र्याइयो जसका कारण राष्ट्रपतिले दिएको समयभित्र सरकार बन्न सकेन । त्यसपछि ठूला चारै दल मिलेर राष्ट्रपतिसँग राष्ट्रिय सहमतिको सरकारकालागि थप चार दिनको समय मागे । यसरी समय माग्नुको कारण माओवादीलाई नै सरकार बनाउन दिनुको सट्टा आफै बनाउन खोजिएको रहेछ भन्ने कुरा घटना क्रमले पुष्टि गर्न थालेका छन् । राष्ट्रपतिले थपेको चार दिनको समय आज बेलुकी ८ बजे सकिदैछ । तर माओवादी नेतृत्वमा सरकार बन्ने सम्भावना भने अत्यन्त त्यून छ । नेपाली कांग्रेस पुरानै सूत्रका आधारमा अर्थात् एकोहोरो माओवादीप्रति विश्वास नभएको बताउँदै राष्ट्रिय सरकार गठनकालागि अड्चन पैदा गरिरहेको छ । त्यसैले होला वाक्क भएका माओवादी नेता मध्ये मोहन बैद्य 'किरण' ले माओवादी सरकारको नेतृत्व गर्ने भन्दा विपक्षमा बस्ने सम्भावना धेरै भएको बताइसकेका छन् । उता माओवादी नेतृत्वमा सरकार बन्न नदिन यतिबेला काम चलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला खुलेर लागेका छन् । सके आफूले नै सरकारको नेतृत्व सम्हाल्ने नसके माओवादी नेतृत्वमा सरकार बन्नै नदिने- नेपाली कांग्रेसको अहिलेको एकमात्र अभीष्ट यही देखिएको छ । त्यसैले राष्ट्रपतिले माओवादीलाई सहमतिको सरकार बनाउन थप चार दिन दिएको पुरा समय नसिकंदै प्रधानमन्त्री कोइरालाले आफ्नो 'मुभ' सुरु गरका थिए । यसैक्रममा उनले बुधबार संविधान सभामा रहेका साना दलका नेताहरुसँग राष्ट्रिय सरकारमा सामेल हुन आग्रह गरे । प्रधानमन्त्री कोइरालाले कसको नेतृत्वमा गठन हुने राष्ट्रिय सरकारमा सहभागी हुन आग्रह गरेका हुन् त्यो भने खुलाएनन् । विहीबार प्रधानमन्त्री कोइरालासँगको भेटमा सामेल तराई मधेश लोकतान्त्रिक पार्टीका नेता जीतेन्द्र सोनलका अनुसार खुलस्त नभनेपनि कोइराला आफै प्रधानमन्त्री बन्ने मुडमा छन् । माओवादीलाई सरकारको नेतृत्व गर्न नदिने परिस्थिति सिर्जना गर्ने, त्यसपछि राष्ट्रपतिमार्फत् नेपाली कांग्रेसलाई नै दोश्रो ठूलो दलको हैसियतले सरकार गठनकालागि आव्हान गर्न लगाउने कोइरालाको मनसाय रहेको बुझिएको छ । |
|
|
राष्ट्रपति यादव नेपाली कांग्रेसबाटै निर्वाचित भएकाले यो काम
गराउन कुनै अप्ठेरोपनि छैन कोइरालालाई । आफू अनुकूलको यस्तै निर्णयकै लागि
नेपाली कांग्रेसले राष्ट्रपति पद कुनैपनि हालतमा लिन चाहेको थियो भन्ने
कुरा यहाँनिर स्मरणीय छ । चार महिनासम्म भित्री रुपमा माओवादी सरकार बन्न नदिन लागेको कांग्रेस विहीबारदेखि माओवादी नेतृत्वमा सरकार गठन गर्न नदिन निर्णायक रुपमा नै लागेको हो । विहीबार प्रधानमन्त्री राष्ट्रपति बन्न नसकेर घायल बनेका एमालेका निवर्तमान महासचिव माधव नेपालसँग आफैले भेट गरे । र 'माओवादीलाई बाहिरै राखेर नेपाली कांग्रेस र एमालेको अगुवाई रहेको सरकार गठन गरौं' भन्ने प्रस्ताव राखे । आफू प्रधानमन्त्री बन्ने स्थिति नरहेकाले एमालेका निवर्तमान महासचिव नेपालले कोइरालाको स्थितिप्रति त्यति रुचि देखाएननन् । अन्य बेला अशक्त देखिने प्रधानमन्त्री कोइराला नेपाललाई भेट्न आफै यसरी सकी नसकी कुद्नुले प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिन कसरी लागेका रहेछन् भन्ने कुरा प्रष्ट पारेको छ । उता कांग्रेसका उपसभापति रामचन्द्र पौडेललेपनि विहीबार नै एमालेका महासचिव झलनाथ खनालसँग भेट गरी उस्तै प्रस्ताव राखे । उनको प्रस्ताव थियो- 'माओवादीप्रति हामी दुवै पार्टीको विश्वास नभएकाले उसलाई सरकारको नेतृत्व गर्न दिनु हुँदैन ।' बताइए अनुसार माओवादीबाट कांग्रेसभन्दा एमालेमाथि ज्यादती भएको भन्दै पौडेलले खनाललाई माओवादीविरुद्ध उत्तेजित पार्ने प्रयासपनि विहीबारको बैठकमा गरेका थिए । माओवादीलाई सरकारको नेतृत्व गर्न नदिइएको अवस्थामा आफूलेपनि सरकारको नेतृत्व गर्न नपाउने स्थितिमा कांग्रेसलाई समेत नेतृत्व गर्न दिन एमाले अनिच्छुक देखिएको बुझेपछि एमाले महासचिव खनाललाई भेटेका कांग्रेस उपसभापति पौडेलले खनाललाई नै सरकारको नेतृत्व गर्न भनेको बुझिएको छ । समग्रमा नेपाली कांग्रेस र प्रधानमन्त्री कोइराला माओवादीलाई कुनैपनि हालतमा सरकारको नेतृत्व नदिने अन्तिम निर्णयमा पुगेका छन् । त्यसैले नेपालको राजनीति अरु जटिल र फोहोरी हुने स्थिति देखिएको छ । यो स्थितिमा यस्तो फोहोरी खेलमा सामेल हुनुको साटो बरु विपक्षमा रहने मानसिकतामा माओवादीका नेताहरु पुगिसकेका छन् । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||