|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'सेनाको नियमित प्रकृया अवरुद्ध पार्न खोजे कांग्रेस चुप लागेर बस्दैन' काठमाण्डौं, January 4, 2009- सैन्य भर्ना र यसै सन्दर्भमलाई लिएर प्रधानसेनापति कटवाललाई सरकारले हटाउन लागेको चर्चा चलिरहेका बेला कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सेनाको नियमित प्रकृयालाई अवरुद्ध गर्ने कुनैपनि कामकारबाही आफ्नो दललाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । 'सेनाको नियमित प्रकि्रया अवरुद्ध पार्न खोजे कांग्रेस चुप लागेर बस्दैन' रिपोटस्र क्लबमा आयोजित साक्षुत्कार कार्यक्रममा पौडेलले भने- 'प्रधानसेनापतिलाई हटाउन खोजिएमात्र पनि आन्दोलन हुन्छ प्रावधानविपरित कसैलाई हटाउन मिल्दैन प्रधान सेनापतिलाई हटाइएमा मुलुकमा अर्को दुर्घटना हुनेछ ।' उता माओवादीसम्बद्ध जनमुक्ति सेनाको जनरल स्टाफ बैठकले नेपाली सेनाले शान्ति सम्झौता विपरित लिएको नयाँ भर्ना रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई आग्रह गरेको छ भने नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सैन्य भर्ना कार्य नरोकेको निहुँमा माओवादीले नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटवाललाई पदबाट हटाउन खोजे आन्दोलनमा जाने चेतावनी दिएका छन् । शुक्रबार भएको जनमुक्ति सेनाको जनरल स्टाफ बैठकमा जनमुक्ति सेनाका कमाण्डर, डेपुटी कमाण्डर, डिभिजन कमाण्डरहरुले प्रधानमन्त्री प्रचण्डसँग यस्तो माग गरेका थिए । नेपाली सेनाले खालि पदहरुमा भर्ना लिएको हो भने जनमुक्ति सेनालेपनि खालि पदहरुमा भर्ना लिन पाउनुपर्ने माग राखेपछि प्रधानमन्त्री प्रचण्डले नेपाली सेनाले लिन लागेको भर्ना पनि स्थगित हुने आस्वासन जनमुक्ति सेनाका कमाण्डरहरुलाई दिएका छन् । सैन्य भर्ना सम्बन्धी विवादका कारण माओवादी नेतृत्वको सरकार र सेनाबीचको सम्बन्ध निकै चिसिएको छ । सेनाले सैन्य भर्ना कार्य नरोकिने पत्र रक्षा मन्त्रालयलाई पठाएपछि गत बुधबारका बैठकमा प्रधानसेनापति कटवाललाई हटाउने प्रस्ताव पेश हुन लागेको र अन्तिम समयमा आएर रोकिएको हल्लापनि निकै चल्यो । तर माओवादी बरिष्ठ नेता मोहन बैद्य 'किरण' र अर्थमन्त्री डा. बाबुराम भट्टराईले तत्काल प्रधानसेनापति कटवाललाई हटाउने पक्षमा आफूहरु नरहेको बताएर विवादलाई साम्य पार्ने प्रयास गरे । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||