|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अनुशासन उल्लंघन गरे कांग्रेस कार्यकर्तामाथि कडा कार्वाही गरिने काठमाण्डौं, October 7, 2008- नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अनुशासन उल्लंघन गर्ने कुनैपनि पार्टीका कार्यकर्तामाथि कडा कार्वाही गरिने चेतावनी दिएका छन् । दशैं मान्नकालागि गृहजिल्ला विराटनगर पुगेका पार्टी सभापति कोइरालाले पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उपरोक्त कुरा बताएका हुन् । उनको गृहजिल्ला मोरङ्गमा जिल्ला पार्टीभित्रै निकै ठूलो विवाद र अन्तर्द्वन्द छ । कांग्रेसको गढ मानिएको मोरङ्ग र सुनसरीमा संविधान सभाको चुनावमा पार्टीले शर्मनाक पराजय भोग्नुपरेको थियो । यही स्थितिप्रति लक्ष्यित गर्दै कोइरालाले अब पार्टीलाई अनुशासित बनाइने र अनुशासन उल्लंघन गर्ने जो सुकैलाई कडा कार्वाहीको चेतावनी दिएका हुन् । विपक्षीहरुमाथि प्रहार र कुनै नयाँ कुरा बोल्नुपर्दा विराटनगर पुग्ने कोइरालाले यसपटक भने यसरी आफ्नै कार्यकर्ताहरुलाईपनि कार्वाहीको चेतावनी दिन पुगेका छन् भने पार्टीलाई पुनस्रंगठित गरी २-३ महिनाभित्रैमा नेतृत्व हस्तान्तरण गर्ने खुलासासमेत गरेका छन् । २-३ महिनाभित्र नेतृत्व हस्तान्तरण गर्ने बताएपनि अधिकांस कांग्रेसजनले कोइरालाको यो 'घोषणा' प्रति विश्वास गरेका छैनन् । युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने घोषणा कोइरालाले यसअघिपनि गरेका थिए । पार्टी सभापतिको होस् वा प्रधानमन्त्रीको- आफूसँग रहेको नेतृत्वको जिम्मेवारी अरुलाई हस्तान्तरण गर्ने सवालमा कोइराला सँधै अनुदार देिखंदै आएका छन् । प्रधानमन्त्रीको जिम्मेवारीबाट हटेपछि पहिलो पटक गृहजिल्ला पुगेका कोइरालाले सत्तारुढ माओवादीप्रतिको आफ्नो कडा रुखलाई यसपटकपनि निरन्तरता दिए । माओवादी नेतृत्वले आफूहरु जनगणतन्त्रमै जाने बताइरहेका बेला कोइरालाले आइतबार हिम्मत भए र सामर्थ्य भए जनगणतन्त्रमा गएर देखाउन माओवादी नेतृत्वलाई चुनौति दिएका थिए । -Siataram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||