काँग्रेसले माओबादीले कब्जा गरेका घरजग्गा सम्पत्ति
फिर्ता नगरिए खोस्ने चेतावनी
काठमाण्डौ, 14 Feb, 09- नेपाली काँग्रेस महामन्त्री कुलबहादुर गुरुङले
माओबादीले कब्जामा रहेका घरजग्गा सम्पत्ति सकुशल फिर्ता नगरिए अब जबरजस्ती
खोस्ने चेतावनी दिएका छन् ।
राजधानीमा फागुन ३ गते सन्चारकर्मीहरुसँगको कुराकानीमा गुरुङ्गले कब्जा
भएका सम्पत्ति फिर्ता नभएमा अन्य दलसंग काँग्रेसले छलफल गरेर माओबादी
कार्यकर्ताका कब्जामा रहेका सम्पूर्ण घरजग्गा सम्पत्ति खोस्ने बताए ।
माओबादीले आफ्ना ब्यबहारमा कुनै सुधार नल्याएको भन्दै महामन्त्रीले माओबादी
अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफूले गरेका प्रतिबद्धताहरु
पुरा गर्न आग्रह समेत गरे ।
माओवादीले सहमति र सहकार्यको राजनीतिलाई लत्याएको बताउदै गरुङले अध्यादेशका
भरमा सरकार सन्चालन गर्न नमिल्ने धारणा राखे । उनले अध्यादेशबाट सरकार
सन्चालन गर्न खोजेमा आफुहरुले त्यसको प्रतिबाद गर्ने बताए ।