Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सम्झौताको कार्यान्वयन नभए काँग्रेसले कडा आन्दोलन गर्ने

काठमाण्डौं, October 19, 2008- दशैं विदाका कारण लामो समयसम्म स्थगित व्यवस्थापिका संसदको वैठक कार्तिक ३ देखि पुन: शुरु भएको छ । असोज १३ गतेदेखि स्थगित रहेर आज शुरु भएको वैठकमा विनियोजन विधेयक २०६५ अन्तर्गत अर्थ मन्त्रालय र गृह मन्त्रालयको विभिन्न शीर्षकमा छलफल भएको छ ।

नेपाली काँग्रेस उपसभापति तथा सभासद रामचन्द्र पौडेलले प्रधानमन्त्री र प्रधानमन्त्रीकै पार्टीले समानान्तर सरकार चलाई रहेको आरोप लगाए । पटक पटक वाचा गरेपनि माओवादीले विगतका सम्झौता कार्यान्वयन नगरेको पौडेलको भनाई थियो । सम्झौताको कार्यान्वयन नभए काँग्रेसले कडा आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए ।
पौडेलले प्रतिपक्षलाई धम्क्याउने माओवादी व्यवहार लोकतन्त्र विरोधी भएको टिप्प्णी गर्दै माओवादीले संसदीय व्यवस्था मान्दिन भन्न नमिल्ने बताए ।
नेकपा माओवादी सभासद झक्कुप्रसाद सुवेदीले काँग्रेस अन्यायमा परेको छ भने र जनताको साथ पाउन सक्छ भने आन्दोलन गरेर देखाउन चुनौति दिए । सभासद सुवेदीले आन्दोलन गर्न नसक्ने तर ठाउँ न कुठाउँ धम्की नदिन काँग्रेसलाई आग्रह गरे ।

माओवादी नेतृत्वको सरकार वनेदेखि नै अनेक थरिका वखेडा झिकेर काँग्रेसले सुनीयोजित अवरोध सृजना गरेको सुवदीको आरोप थियो । बजेट सम्बन्धी छलफल चाँडो सकेर संविधान निर्माण कार्य थालौं भन्दा अवरोध गरी रहने पार्टीलाई जनताले राम्ररी चिनेको सभासद सुवेदीले उल्लेख गरे ।

माओवादीका अर्का सभासद देवी खड्काले गृहमन्त्रालयको जिम्मा एमालेले पाएपछि एमाले कार्यकर्ता उदण्ड वन्न थालेको दाबी गरिन्‌ । दोलखाको एउटा घटनाको स्मरण गर्दै उनले पटक पटक माओवादी माथि आक्रमण गरेको तर कारवाहि गर्ने निकायलाई मुकदर्शक वनाएको भनि गृहमन्त्रीको आलोचना समेत गरिन्‌।

तराई मधेश लोकतान्त्रिक पार्टीका सभासद ह्दयेस त्रीपाठिले कपिलवस्तुमा आफ्ना दुई कार्यकर्तालाई माओवादीले हत्या गरेको आरेाप लगाउदै सरकारमा पनि वस्ने विद्रोहीको जस्तो व्यवहार पनि गर्ने कस्तो दोहोरो चरित्र भनि प्रश्न गरे । उनले गृहमन्त्रीलाई लाचार मन्त्रीको संज्ञा दिदै यस्तै अवस्था रहने हो भने संविधान सभामा रहनुको औचितय नरहने दावी गरे ।

त्रिपाठीले मधेशी जनता माथिको दमन र सरकारी पदाधिकारीहरुको मधेश विरोधी भनाईले मधेशलाई आक्रोसित पार्ने काम गरिरहेको वताउदै अव मधेश आन्दोलन भए सवै खोसेर लिने चेतावनी दिए । सरकारले सुरक्षा दिन नसकेको भन्दै तमलोपाका सभासदहरुले विशेष समय सकिएपछि विरोध स्वरुप सदनको कारवाही वहिस्कार गरेका थिए ।

विनियोजन विधेयक माथिको छलफलमा भाग लिँदै नेकपा एमाले सभासद प्रदिप ज्ञवालीले गृह र अर्थ मन्त्रालयलाई कम बजेट विनीयोजन गर्दा शान्ति सुरक्षा कायम गर्न समस्या परेको धारणा राखे । उनले तराईका सशस्त्र समूहलाई हतियारको राजनीतिले कसैको फाइदा नगर्ने कुरा बेलैमा बुझ्न आग्रह गरे ।
  राष्ट्रिय प्रजातन्त्र पार्टीका सभासद प्रतिभा राणाले दुबै पार्टी सरकारमा भएर पनि माओवादी र एमालेको भातृसंगठन वाईसिएल र युथफोस्र भीडन्तमा उत्रिनु दुखद भएको धारणा राखिन् । गृहमन्त्रीले केही काम नपाएर सडक पेटीको पसल हटाउन लागेको राणाको भनाई थियो ।

गृह र अर्थमन्त्रालय अन्तर्गतको शीर्षकमा जम्मा ६६ सभासदले भागलिने कार्यक्रम रहेको छ ।

-Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®