|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
जनसेनालाई नेपाली सेनामा समायोजन गरे कांग्रेसले
बिद्रोह गर्ने काठमाण्डौं, November 8, 2008- नेपाली कांग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले माओवादी जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजन गरे कांग्रेसले बिद्रोह गर्ने चेतावनी दिएका छन् । कांग्रेसका प्रवक्ता अजुर्ननरिसंह केसीले चािहं नेपाली सेनाको मापदण्डविपरित सेना समायोजन गर्न खोजे स्वीकार गर्न नसकिने बताएका छन् । नेशनल स्कुल अफ रिसर्चद्वारा आयोजित कार्यक्रममा बोल्दै केसीले सेनाको मापदण्डलाई कुनै तोडमोड गर्न खोजे कडा कदम चाल्ने चेतावनी दिएका हुन् । कार्यबाहक सभापति कोइरालाले भने रुपन्देहीमा पत्रकारहरुसँगको कुराकानीमा बिद्रोहको चेतावनी दिएका हुन् । उपसभापति कोइराला र प्रबक्ता केसीको अभिव्यक्तिले सेना समायोजनबारे नेपाली कांग्रेसभित्रपनि मतैक्यता नरहेको देखिएको छ । कोइरालाले माओवादी जनसेनालाई राष्ट्रिय सेनामा मिसाउनै नहुने बताएका छन् भने सहमहामन्त्री केसीले चाँही नेपाली सेनाको मापदण्ड पुर्याएरमात्र नेपाली सेनामा समाबेश गर्नुपर्नेमा जोड दिएका छन् । 'नेपाली सेनाको जे मापदण्छ छ त्यसै अनुरुप सेना समायोजन हुनुपर्छ' केसीले भने- 'जनसेनाले सेनामा प्रवेश गर्न चाहे व्यक्तिगत रुपमा सेनाको मापदण्ड पूरा गर्नुपर्छ ।' सेनाका अलवा प्रहरी र सुरक्षाका अन्य अंगमा प्रवेश गर्न चाहनेले पनि मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गर्न उनको जोड थियो । सेनामा जनसेनालाई प्रवेश दिलाएर माओवादीले सेनामा राजनीतिकरण गर्न खोजिएको आरोप लगाएका छन् । उनले भने- 'राष्ट्रिय सेनाको साख, प्रतिष्ठा, व्यवसायिक र पेशागत सम्मानमा आंच आउने काम स्वीकार्न सकिदैन ।' सेना समायोजनको विशेष समितिमा प्रमुख दलको परिभाषा प्रष्ट हुनुपर्ने कुरापनि उनले जोड दिएका छन् । नेशनल स्कुल अफ रिसर्चका संयोजक एम किसानले सम्मेलनले राष्ट्रिय सहमति बिना जनताको चाहाना अनुरुपको संबिधान निर्माण नहुने ठहर गरेको जानकारी दिएका थिए । अक्टुवर २४ देखि २९ सम्म भक्तपुरमा भएको सम्मेलनमा द्वन्द्वबाट प्रभावित बर्मा, भारत, क्याम्वोडिया, थाइलैण्ड लगायत १० देशका प्रतिनिधिहरुको सहभागिता रहेको बताइएको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||