काँग्रेस माओवादीसँग मिलेरभन्दा भिडेरै जाने मानसिकतामा
काठमाडौँ, September 15, 2008-
नेपाली काङ्ग्रेस सह-महामन्त्री तथा प्रवक्ता अजुर्ननरिसंह केसीले
नेकपा माओवादी विरुद्ध कडा संघर्ष थाल्ने बताएका छन् ।
प्रवक्ता केसीले माओवादीमा सर्बसत्ताबाद हावी भएको भन्दै यसबिरुद्ध सडक र
सदनबाट सङ्घर्ष गर्ने धारणा व्यक्त गरेको पोखरास्थित सहयोगी पत्रकरा
मुसाङ्ग झेंडीले जानकारी दिएका छन् ।
काँग्रेस भातृसंगठन नेपाल प्रेस युनियन कास्कीले भदौ ३० गते पोखरामा आयोजना
गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सवै माओवादी सेनालाई राष्ट्रिय सेनामा
समायोजन गर्दा मुलुकमा गम्भीर स्थिति उत्पन्न हुने उल्लेख गरे ।
माओवादीले १२ बुँदेदेखि ७ बुँदेसम्मका सहमतिहरुका कार्यान्वयनका लागि
काङ्ग्रेसले माओवादीलाई छिट्टै अल्टिमेटम दिने पनि सहमहामन्त्री केसीले
बताए । माओवादीसँग मिलेर भन्दा पनि भिडेरै जाने मानसिकतामा काँग्रेस रहेको
उनको भनाई थियो ।