Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
कांग्रेस, एमाले माओवादीको 'जनगणतन्त्र' स्थापना गर्ने' बिरोध मै रणभुल्ल


साक्षात्कार कार्यक्रमा उपस्थित माओवादीका केस देबेन्द्र पौडेल 'सुनिल', सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेकाका केस सुनिलकुमार भण्डारी, एमालेका केस प्रदीप ज्ञवाली र मालेका महासचिव सीपी मैनाली L to R: Nepalese leaders Devendra Paudel 'Sunil', Rajendra Mahato, Sunilkumar Bhandari, Pradip Gyawali, and CP Mainali. Photo: Sitaram

काठमाण्डौं, October 7, 2008- माओवादी नेतृत्वले पछिल्लो समय आफूहरु 'जनगणतन्त्र' स्थापना गर्ने पक्षमा रहेको बताएकै बेला आफूहरुको अभिष्ट के हो भन्ने धारणा ल्याउनुभन्दा पनि नेपाली कांग्रेस, नेकपा एमाले जस्ता पार्टीहरु माओवादी भनाईको विरोध गर्दै प्रतिकृया जनाउने कार्यमामात्र सिमित छन् ।

मंगलबार रिपोटस्र क्लवमा भएको साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेस, एमाले लगायतका पार्टीहरुले आफूहरुको राजनीतिक लक्ष्य के हो त्यो बताउनुको साटो जनगणतन्त्र स्थापना गर्ने माओवादी उद्घोषको विरोध गरेर आफूलाई बोल्न दिइएको समय बिताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले जनगणतन्त्रमा नाममा माओवादीले अधिनायकवाद लाद्न खोजेको बताए । जनगणतन्त्रविरुद्ध आफूहरु सशक्त रुपमा प्रस्तुत हुने बताएका उनले भने- 'कांग्रेसले हिजो पनि अधिनायकवादविरुद्ध लडेको हो भोलि पनि लड्छ ।'

नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले जनगणतन्त्र तत्कालका लागि एजेण्डा बन्न नसक्ने बताए । 'जनगणतन्त्रलाई एजेण्डा बनाएर बहस गर्ने बेला हैन' ज्ञवालीले भने- 'जनता र देशको पक्षमा संविधान बनाउन सकृय हुनुपर्छ ।'

नेकपा मालेका महासचिव सीपी मैनालीलेपनि तत्काल जनगणतन्त्र सम्भव नरहेको बताए । जनगणतन्त्रमा कम्युनिष्ट पार्टीले सरकार हाँक्नुपर्ने र उसको आफ्नै सेना रहनुपर्ने अवस्था हुन्छ भन्दै त्यो सम्भव नरहेको बताएका थिए ।

कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य देवेन्द्र पौडेल 'सुनील' ले आफूहरुले बहसका लागि यो बिषय उठाएको, जनतालाई अधिकारसम्पन्न बनाउने गणतन्त्रको अपव्याख्या गरी अधिनायकवाद भन्नु गलत हुने दावी गरेका थिए ।
 
यति महत्वपूर्ण कार्यक्रममापनि अन्य राजनीतिक पार्टीहरुले आफ्नो राजनीतिक अभिष्ट के हो भन्ने कुरा कांग्रेस र एमाले जस्ता राजनीतिक पार्टीहरुले बताउन नसकेपछि उनीहरु अझैपनि प्रतिकृयामा सीमित छन् भन्ने देखिएको छ ।

त्यसैले हुनुपर्छ, सो कार्यक्रममा उपस्थित आपूर्तिमन्त्री तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने- 'जनगणतन्त्र ल्याउने भन्ने कुरा माओवादीको विचार हो आफू कुन व्यवस्था चाहन्छ भन्ने कुरा विचारको रुपमा राख्न जसलेपनि पाउँछ यो स्थितिमा कस्तो व्यवस्था चाहने हो त्यो अरु दललेपनि भन्न सक्नुपर्छ ।'

-Siataram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®