Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

बिशेष टिप्पणी: अब वारकि पारको लडाईं-'कि माओवादी कि कांग्रेस'?



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'यदि माओवादीलाई सरकारबाट हटाइयो भने म सरकारमा बस्ने छैन'- एमाले नेता तथा गृहमन्त्री गौतम

काठमाण्डौं, December 13, 2008- संक्रमणकालिन नेपालको राजनीति तीब्र रुपले ध्रुबीकरणको दिशातिर उन्मुख हुन थालेको छ । एउटा ध्रुबमा माओवादी उभिएको छ भने अर्को ध्रुबमा माओवादी इतरका राजनीतिक शक्तिहरु उभिन पुगेका छन्।

संविधान सभा निर्वाचनमा माओवादी विजयपछि सत्ताबाट बाहिरिन पुगेको नेपाली कांग्रेसले 'बृहद् प्रजातान्त्रिक एकता' को नाममा माओवादी विरोधी गठबन्धन निर्माण गर्न अग्रसरता देखाएपछि ध्रुबीकरणको स्थिति देखा परेको हो । यसरी मुलुक विस्तारै 'कि माओवादी कि कांग्रेस' भन्ने दुई ध्रुबमा विभाजित हुन पुगेको छ । यसले देशलाई विस्तारै द्धिदलीय व्यवस्थातर्फ उन्मुख गराउने सम्भावना देखिएको छ ।

राष्ट्रपति निर्वाचनका बेला नेपाली कांग्रेस माओवादी विरोधी गठबन्धन निर्माण गर्न सफल भएको थियो । राष्ट्रपति निर्वाचनपछिपनि माओवादीलाई सत्तामा पुग्न नदिन कांग्रेसले सो गठबन्धनलाई प्रयोग गर्न खोजेपनि कांग्रेस असफल भएको थियो । त्यसपछि विपक्षमा बस्न पुगेको कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको माओवादीलाई सत्ताबाट हटाउन भरमग्दुर प्रयास गर्दै आएको छ । माओवादी नेतृत्वको सरकारले १ सय दिन पार गरेपछि कांग्रेसले यो प्रयासलाई अरु घनिभूत पारेको छ ।

अघिल्लो हप्ता राप्रपा नेता स्व. रबीन्द्रनाथ शर्माको तेर्हौं दिनको पुण्यतिथिमा सभापति कोइरालाले 'माओवादी तानाशाही' विरुद्ध लड्न भन्दै बृहद् प्रजातान्त्रिक एकताको आव्हान गरे । उनको एकताको अर्थ स्पष्ट थियो- 'माओवादीलाई सत्ताबाट हटाउनु पर्छ ।' त्यसको रेस्पोन्स गर्दै विहीबार एक साक्षात्कार कार्यक्रममा राजपा अध्यक्ष सूर्यबहादुर थापाले त्यसको समर्थन गरेका छन् । कांग्रेसले निर्माण गर्न लागेको यो समीकरणमा हालसम्म थापामात्र खुलेर अघि सरेका छन् । यद्यपी कांग्रेसले अन्य पार्टीलाईपनि यो समीकरणमा सामेल गर्न भित्री प्रयास गरिरहेको छ ।

पशुपति शमशेरले नेतृत्व गरेको राप्रपाले यस्तो समीकरणकाबारेमा स्पष्ट धारणा अघि सारेको छैन । यद्यपी राणाले सरकार ढाल्नकालागि हो भने यस्तो खालको समीकरण आफूहरुकालागि मान्य नहुने बताएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले त कांग्रेसले निर्माण गर्न लागेको समीकरण सरकार ढाल्नकालागि भएको ठोकुवा गर्दै त्यस्तो समीकरणमा आफू सहभागिता नरहने बताएका छन् । 'यस्तो समीकरणले देशलाई फेरि युद्धको बाटोमा लैजान्छ' उनको भनाई छ- 'कांग्रेसले यस्तो आत्मघाती बाटो नपनाओस् ।'

प्रजातान्त्रिक एकताको सम्बन्धमा एमालेभित्र मत बाझिएको बुझिन्छ । एमाले नेता केपी ओली माओवादी विरोधी गठबन्धनको पक्षमा छन् भने महासचिव झलनाथ खनाल र गृहमन्त्री गौतम कांग्रेसले निर्माण गर्ने गठबन्धनको विपक्षमा छन् । 'यदि माओवादीलाई अलग्याएर कसैले सरकार बनाउन खोजेको छ भने त्यो दुर्भाग्यपूर्ण हो' झापा पुगेका गृहमन्त्री गौतमले शुक्रबार भनेका छन्- 'यदि माओवादीलाई सरकारबाट हटाइयो भने मपनि सरकारमा बस्ने छैन माओवादी बाहेकको सरकार बन्नसक्ला तर टिक्न भने सक्दैन।'
 
महासचिव खनाल निकट गौतमको यो भनाईले एमालेभित्रको ध्रबीकरणको संकेत गर्छ । एमाले नेता ओलीको गृहजिल्ला पुगेर गौतमले यो सन्देश अरु कसैलाई नभएर ओलीलाई दिएका हुन् भन्ने कुरा बुझ्न गार्हो छैन । तर एमालेका निवर्तमान महासचिव माधव नेपालको धारणा भने स्पष्ट छैन । उनी आफ्नोलागि मौकाको ताकमा छन् । माओवादी नेता देब गूरुङ्गले छाडेको कास्की- २ बाट चुनाव लड्ने मनस्थिति बनाएका नेपाल आफूप्रति माओवादी सकरात्मक भयो भने उनी कांग्रेसले भन्दै आएको समीकरणको विपक्षमा उभिनेछन् भने माओवादीले आफूलाई सहयोग नगरेमा माओवादी विरोधी समीकरणको पक्षमा सम्भावना छ ।

आफू विरोधी समीकरण निमर्ँणमा कांग्रेस लागेपछि माओवादीपनि आफ्नो बचाउमा लागेको छ । माओवादी अध्यक्ष प्रचण्डले कर्मचारीतन्त्र, सुरक्षा निकायमात्र होइन राजनीतिक पार्टीहरुलेपनि असहयोग गरेको बताउँदै यस्तै स्थिति रहे पुषभित्र सरकार छाड्ने चेतावनी दिएका छन् । सत्तामा टाँसिरहन मरिहत्ते गरिने नेपालमा आफैले सत्ता छाडिदिन्छु भनेपछि जनता नै माओवादी विरोधी गठबन्धनको निर्माताहरु विरुद्ध बिद्रोहमा उत्रने विश्लेषण माओवादीको छ । माओवादी कांग्रेसले निर्माण गर्न लागेको यस्तो गठबन्धनलाई जसरी हुन्छ असफल पार्ने योजनामा छ ।

गठबन्धनलाई निस्तेज पार्नैका लागि हुन सक्छ प्रधानमन्त्री प्रचण्डले शाह बंशको हातमा रहेको बन्दुक अहिले बीचमा रहेको बताउँदै ती बन्दुकहरु सामन्तहरुको हातमा लैजान प्रयत्न भैरहेको र यो स्थितिमा आफूहरु फेरि बन्दुक उठाउन बाध्य हुने चेतावनी दिएका छन् । शुक्रबार प्रगतिशील लेखक संघले आयोजना गरेको कार्यक्रममा प्रचण्डले यस्तो चेतावनी दिएका हुन् । प्रधानमन्त्री प्रचण्ड यसरी एकपछि अर्को गर्दै आक्रामक रुपमा प्रस्तुत हुन थालेपछि केही दिन यता कांग्रेसका नेताहरुले बृहद् प्रजातान्त्रिक एकताको उच्चारण नै गर्न छाडेका छन् ।

यसअघिसम्म नेपालको राजनीतिमा यस्तो तीब्र ध्रुबीकरणको संकेत देखिएको थिएन । यसअघि एकातिर कांग्रेस थियो भने अर्कोतिर माओवादी तेश्रो ध्रुबमा एमाले र चौंथो ध्रुबमा राजावादी शक्तिहरु थिए । संविधान सभा निर्वाचनले माओवादीलाई सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित गरेपछि यस्तो ध्रुबीकरण हुन थालेको हो । माओवादीले आफ्नो नेतृत्वमा कम्युनिष्टहरु र राष्ट्रवादीहरुलाई समाहित गर्न खोजेको छ भने कांग्रेसले प्रजातन्त्रवादीरुलाई । यदि यस्तै खालको ध्रुबीकरण अरु तीब्र बनेका खण्डमा अन्य राजनीतिक पार्टीहरु थप कमजोर हुने र नेपालमापनि देश अमेरिकामाजस्तै दुईवटा राजनीतिक दलमात्र शक्तिशाली हुने दिशातर्फ उन्मुख हुनेछ ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®