Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
"कांग्रेसमा अझै भावनात्मक एकता छैन"- नेकां का. सभापति सुशील कोइराला

काठमाडौँ, September 25, 2008- कांग्रेस एक भएको एक बर्ष पछि पनि कांग्रेसमा अझै भावनात्मक एकता नभएको नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले बताएका छन् ।

कोइरालाले कांग्रेसमा अहिलेपनि व्यापक रुपमा गुटबन्दी रहेको र गुटबन्दीको क्रम अझै बढिरहेको खुलासापनि गरेका छन् ।

नेविसंघ मध्यपश्चिम सम्न्वय समितिद्धारा विहीवार राजधानीस्थित शंकरदेव क्याम्पसमा आयोजित दसैं-तिहारको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक सभापति कोइरालाले उपरोक्त कुरा बताएका हुन् ।

सम्बोधनका क्रममा उपसभापति कोइरालाले काँग्रेस भित्र योग्यता र योगदान भन्दा पनि नातावाद र चाप्लुसीवादले प्रसय पाएको बताए ।

पार्टीमा रहेका गुट-उपगुटको अन्त्य हुनुपर्ने बताउँदै कोइरालाले नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी तरुण युवा तथा विद्यार्थीहरुमा आएकोपनि बताएका छन् । कार्यक्रममा कांग्रेसका सभासद् पूर्णबहादुर खडकालेपनि बोलेका थिए । स्मरणीय छ, कांग्रेसमा कोइरालामाथि नै सबैभन्दा बढि गुटबन्दी गरेको आरोप लाग्दै आएको छ ।

संविधानसभामा काँग्रेसको लज्जास्पद पराजयको पछाडि पार्टी भावनात्मक एकता हुन नसक्नुलाई पनि कारण मानिएको छ । गत वर्ष असोज ७ गते गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको नेपाली काँग्रेस र शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक काँग्रेसवीच एकता भएको थियो । संविधानसभा निर्वाचनमा बढी देउवा समूहको वचश्र्य भएको चर्चा चली रहँदा उनको यस्तो भनाई सार्वजनिक भएको हो ।

पार्टीमा रहेका गुट उपगुटको अन्त्य हुनुपर्ने कार्यबाहक सभापति कोइरालाको जोड थियो । उनले पार्टीलाई सुदृढ तुल्याउन साँगठनिक अभियान तीव्र पारिने उल्लेख गरे ।

-Santa Bagam & Sitaram Baral in Kathmandu












   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®