|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कांग्रेसको कम्युनिष्टको सिको गर्ने मेसो काठमाडौँ, September 24, 2008- १५ बर्षे संसदीय कालको अधिकांस सत्तामा बसेको नेपाली कांग्रेसले यस अवधिको इतिहासमा पहिलो पटक आफ्नो नेता तथा कार्यकर्ताहरुलाई पार्टीको संगठन विस्तार तथा सुदृढिकरणकालागि दशैं तिहार अवधिभर व्यस्त राख्ने भएको छ । पार्टीको गत महिना सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले पार्टीका नेताहरुलाई एक सर्कूलर जारी गरी यही असोज १५ गते आफूहरुलाई खटाएको जिल्लामा जान र संगठन विस्तार एबं संगठन सुदृढिकरणका कार्य गर्न निर्देशन दिएको छ । यस प्रयोजनकालागि नेपाली कांग्रेसले प्रत्येक जिल्लामा दुई जनाका दरले केन्द्रीय प्रतिनिधिहरुको चयनपनि गरिसकेको छ । उनीहरुलाई आफूलाई खटाइएको जिल्लामा गएर दशैं-तिहारको अवधिभर संगठन विस्तारको काम गर्न निर्देशन दिइएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव रामचन्द्र पोखरेलले सर्कूलर जारी गरी आफूलाई दिइएको जिम्मेवारी पुरा गर्न र आफूले गरेको कामको रिपोर्ट कार्तिक मसान्तभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन अनिवार्य आदेश दिएका छन् । जानकारी अनुसार यसरी खटाइएका केन्द्रीय प्रतिनिधिहरुमध्ये कसैलाईपनि आफ्नो गृह जिल्लाको जिम्मेवारी दिइएको छैन । पूर्वकालाई पश्चिममा र पश्चिमकालागि पूर्वमा खटाइएको बताइएको छ । 'असोझ १५ देखि आफूलाई खटाइएको जिल्लामा गएर कार्तिक मसान्तभित्र आफ्नो कामको विवरण केन्द्रमा दिनु भन्नुको मतलब हो दशैंमापनि व्यस्त राख्न खोज्नु श्रोतले भन्यो- 'पार्टीले कम्युनिष्टहरुको सिको गर्न खोजेजस्तो छ नत्र यसरी यसअघि दशैंमा यस्तो निर्देशन दिइन्थेन ।' माओवादी, एमालेजस्ता कम्युनिष्ट पार्टीहरुले दशैं-तिहारजस्ता चाडपर्वलाई संगठन विस्तारकालागि प्रयोग गर्दै आएका छन् । तर यसपटक कम्युनिष्ट पार्टीहरुको कार्यकर्ताकालागि दशैं तिहारमा व्यस्त राख्ने कार्यक्रम ल्याएका छैनन् सायद सत्तामा भएकाले होला । तर संविधान सभा निर्वाचनमा नराम्रोसँग पराजित भएपछि भने कांग्रेसले माओवादी, एमालेको सिको गर्न खोजेको छ भने कम्युनिष्टहरुले चािहं कांग्रेसको सिको गर्न खोजेजस्तो छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||