|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कांग्रेसले विगतका सहमती
कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी काठमाण्डौं, November 9, 2008- रक्षा मन्त्री रामबहादुर थापा 'बादल'ले व्यवशायी रामहरी श्रेष्ठको हत्याको आरोप लागेका कालीबहादुर खाम 'विविध'लाई आफूले नभेटेको बताएका छन् । हिजोको ब्यवस्थापिका संसदको बैठकमा व्यवशायी रामहरी श्रेष्ठको हत्याको अभियोग लागेका व्यक्तिलाई रक्षा मन्त्रीले भेटेको आरोप लगाउँदै त्यसको जवाफ दिन सभासदहरुले माग गरेपछि सभाध्याक्षको निर्देशनअनुसार रक्षा मन्त्री थापाले बैठकमा जानकारी दिएका हुन् । मन्त्री थापाले भने 'व्यक्ति हत्याको आरोप लागेका र पार्टीले निस्कासन गरेका ब्यक्तिलाई भेट्ने कुरै आउँदैन । यो सरासर निराधार आरोप हो ।' यसैबीच सभाध्याक्षको निर्देशनअनुसार गृह मन्त्री बामदेव गौतमले पनि कार्तिक २४ गतेकै बैठकमा यस बारेमा जवाफ दिनु पर्ने भए पनि काठमाण्डौं बाहिर भएकोले भोिलको बैठकमा जवाफ दिने सूचना बैठकलाई दिएका छन् । यसैबीच समय मागेर बोल्दै नेपाली कांग्रेसका सभासद रामचन्द्र पौडेलले भोलीसम्म विगतका सहमती कार्यान्वयनको अनुभूति नभए आन्दोलन गर्ने चेतावनी दिए । पौडेलले कांग्रेसको प्रतिनिधि मण्डलले बिहान प्रधानमन्त्रीलाई भेटेर विगतका सहमती र सम्झौता कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको र सकारात्मक आस्वासन पाएको जानकारी दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड' ले यस बारेमा भोलिसम्म सम्बोधन गर्ने बताएको जानकारी गराउँदै पालना नभए आस्वासनमा मात्र नअल्झिने बताए । सभासद पौडेलले विगतमा भएका सहमती पालना नुहँदा अहिलको परिवर्तन र लोकतान्त्रिक व्यवस्था माथि चुनौती आएको धारणा राखो । अझै पनि १४ सय घर परिवारको सम्पत्ति माओवादीले फर्ता नगरेको, वाईसिएल विघटन नभएको, माओवादी नेताले दोहोरो सुरक्षा अपनाएको, सहमती विपरीत शान्ती समिति बनाइएको आरोप लगाए । वैठकमा बोल्दै एमाले सभासद रोशन गाहा मगरले नवलपरासीमा मुलुकमै सबैभन्दा बढी खेती हुने गरेको भएपनि यसतर्फ राज्यको प्रर्याप्त ध्यान दिन नसकेको अवगत गराए । राज्यले उचित बजार तथा किटनाशक ओषधीको प्रबन्ध मिलाउनु पर्ने सभासद गाहा मगरको भनाई थियो । आजको बैठकमा विनियोजन विधयेक अन्तर्गत कानून न्याय तथा संविधानसभा व्यवस्था मन्त्रालय उद्योग कृषि तथा सहकारी सूचना तथा सन्चार र जलश्रोत मन्त्रालयका विभिन्न शिर्षक माथि उठेका प्रश्नहरुको सम्बन्धीत मन्त्रीहरुले जवाफ दिए । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||