|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन् |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?' ![]() Nepali Congress President and former Prime Minister Girijaprasad Koirala interacting with the press at the Congress Dashain Tea Party. Photos: Santa काठमाण्डौं, October 15, 2008-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदा झै दशैं तथा तिहारको उपक्ष्यमा आयोजना गरेको चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रममा यसपाली माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' वाहेक सो पार्टीका अन्य नेताहरु भने सहभागी भएनन् । सरकारको नेतृत्व गरिरहेको पार्टीका नेताहरु प्रतिपक्षी दलको चियापानमा सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । असोज २८ गते काँग्रेस मुख्यालय सानेपामा आयोजित सो चियापानमा माओवादी अध्यक्ष प्रचण्ड पनि प्रधानमन्त्रीको नाताले मात्रै उपस्थित भएको धेरैको अनुमान थियो । माओवादीका अन्य नेताहरु अनुपस्थित रहेपनि प्रधानमन्त्री प्रचण्डले चियापानले भावनात्मक एकता बृद्धि भएको प्रतिकृया दिएका थिए । सन्चारकर्मीसँगको कुराकानीमा उनले काँग्रेससँग सकारात्मक वार्ताको शुरुवात भएको बताए । शान्ति प्रकृयालाई यहाँसम्म ल्याउनमा काँग्रेस सभापतिको पनि योगदान रहेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले 'अब संविधान निर्माणमा पनि सहयोग चाहिन्छु' भन्दा काँग्रेस सभापति कोइरालाले 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?' भनी ठट्यौलो पारामा प्रतिप्रश्न गरेका थिए । 'ह्रदयदेखि नै सहयोग चाहिएको हो भने संविधान निर्माण र शान्ति प्रकृयाको लागि सहयोग गर्न तयार छु' कोइरालाले भने । |
|
![]() Koirala daughter and former minister Sujata Koirala at the tea party. काँग्रेसको निम्ता पाएर चियापान गर्न गएका उपराष्ट्रपति परमानन्द झा भने केही पनि नखाएर फर्किएका छन् । उपराष्ट्रपति झा भीआइपीको लागि छुट्टयाएको चिया कक्षमा पुग्दा स्वागत गर्ने कोही नदेखेपछि उनी त्यसै फर्किएका हुन् । गेटबाट भने उनलाई काँग्रेस नेता डा. प्रकाश शरण महतले स्वागतार्थ भित्र जान संकेत गरेका थिए । तर सुरक्षा गार्डसहित सिधै भित्र पुग्दा चिया, समोसा बाँड्ने वेटर वाहेक कसैलाई नदेखेपछि उपराष्ट्रपति झा त्यसै फर्किएका हुन् । कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका नेताहरु, सेना तथा प्रहरी प्रमुख विदेशी कुटनीतिज्ञहरुको उपस्थिति रहेको थियो । -Santa Bagam in Kathmandu ![]() Will you join with me? Koirala and UML former General Secretary Madhavkumar Nepal. Photos: Santa |
||
|
Read our related news and photo feature: Special: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6 UK; S. Korea » Special: एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग (8 Photos) » काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन (3 Photos) उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?' » यसपालीको वडा दशैं यसरी समापन भो! » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) » क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos) » साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं (5 Photos) » Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos) » पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos) » माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका » राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos) » Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए » वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos) » बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै (Special: 10 Photos) » "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो" नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||