|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अमेरिका, भारत, यूरोपेली युनियन सबैबाट
प्रचण्डलाई बधाई प्रधानमन्त्रीमा निर्वाचित भएको एक घण्टापनि बित्दा नबित्दै माओवादी अध्यक्ष प्रचण्डलाई भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भारत भ्रमणको निम्तो दिएका छन् । यसअघि प्रत्यक्ष माओवादीसँग भेटसमेत गर्न नमान्ने अमेरिकी दूतावासलेपनि विज्ञप्ति जारी गरी प्रधानमन्त्री पदमा निर्वाचित भएकामा खुसी व्यक्त गर्दै प्रचण्डलाई बधाई दिएको छ । नेपालको आर्थिक विकासका सहयोगी जापान यूरोपेली यूनियनलेपनि माओवादी अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त भएपछि तत्काल बधाई दिन र खुसी साँट्न कुनै कसर बाँकी राखेनन् । प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा हुनासाथ भारतीय दूतावासले भारतीय प्रधानमन्त्रीको पत्र प्राप्त भएको भन्दै प्रधानमन्त्री सिंहको तर्फबाट भारतीय जनता र सिंहको व्यक्तिगत तर्फबाटपनि बधाई दिएको बताएको थियो । 'निकट भविष्यमा म तपाईंसँग भेट्नकालागि ब्यग्र छु' सिंहको पत्रमा भनिएको कुरा दूतावासको बिज्ञप्तिमा उल्लेख गर्दै भनिएको छ- 'दुई देशको मित्रता र जनस्तरमा रहेको सम्बन्धलाई अरु दरिलो बनाउने प्रतीक्षामा हामी छौं ।' अमेरिकालेपनि तत्काल बधाई दिएको छ । प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारसँग काम गर्न अमेरिका इच्छुक रहेको बताउँदै अमेरिकी दूतावासद्धारा जारी विज्ञप्तिमा शान्ति, लोकतन्त्र, मानव अधिकार र विकास निर्माणमा अमेरिकी सहयोग जारी रहने विश्वास व्यक्त गरिएको छ । माओवादी नेतृत्वमा नयाँ सरकार गठन हुन नदिन अमेरिका र भारतले भूमिका खेलेको आरोप माओवादीले लगाउँदै आएको छ । तर माओवादीलाई तुरुन्त बधाई दिनेमा अमेरिका र भारत नै देखिएका छन् । जापानी दूतावासलेपनि विज्ञप्ति जारी गर्दै आफ्नो देशको तर्फबाट माओवादी अध्यक्ष प्रचण्डलाई बधाई दिएको छ । उसले बधाईका साथ नेपालको शान्ति प्रकृया तार्किक निष्कर्षमा पुग्ने आशा राखेको छ भने यूरोपेली युनियनले प्रचण्डको नेतृत्वमा नेपाली जनताले आफ्नो आशा पुरा गर्ने, शान्ति प्रकृयालाई टुङ्गो लगाउने बताएको छ । त्यसै गरी, सङ्युक्त राष्ट्र संघका महासचिब बान कि-मुनले पनि प्रचन्डलाई बधाई दिदै सबै दलहरुले नयाँ सरकारलाई सहयोग गर्नु पर्ने कुरामा जोड दिएका छन्। Nepal's newly elected Prime Minister Pushpakamal Dahal 'Prachanda'. Photo: Sitaram -Vivek Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||