Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

नेपालका कम्युनिष्टहरुले पुच्छर हटाउनु पर्ने



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काठमाण्डौं, October 21, 2008- नेकपा एकताकेन्द्र-मसालका महामन्त्री नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले मुलुकलाई अग्रगमनतर्फ लैजान वामपन्थी, गणतन्त्रतावादी र देशभक्तबीच एकता अनिवार्य भएको बताएका छन् भने नेकपा एमालेका स्थायी कमिटी सदस्य भरतमोहन अधिकारी र नेकपा मालेका महासचिव सीपी मैनालीले तत्काल कम्युनिष्ट एकता सम्भव नभएको बताएका छन् ।

महासचिव प्रकाशले गणतन्त्रको संस्थागत विकासका लागि कम्युनिष्टहरुबीच एकतामा ढिलाई हुन नहुने बताउँदै नेपालका सबै कम्युनिष्टहरुको पुच्छर हटाउनुपर्नेमा उनको जोड दिए । नेकपा माओवादी र नेकपा एकता केन्द्र- मसाल बीच छिट्टै एकता हुने दाबी गर्दै उनले भने- 'नामको पछाडिको पुच्छर हटाउने सहमति भइसकेको छ एकता छिटोभन्दा छिटो हुन्छ ।'

नेपाली वामपन्थीहरुबीचको एकता र नेतृत्वबाटै नयां नेपाल निर्माणको अभियान पूरा हुने बताउँदै प्रकाशले वामपन्थीबीच शुद्धिकरणको अपरिहार्यता देखाए । 'तपाईंको पार्टीभित्रै माओवादीसंग एकीकरणको विषयमा विवाद छ नि ?' भन्ने प्रश्नमा उनले भने- 'केही व्यक्ति असन्तुष्ट भएपनि समग्रमा अधिकांश एकताको पक्षमा छन् ।' २०६३ साल मंसिरबाटनै माओवादीसंग एकताको पहल गर्ने नीति पारित भएको उनको भनाई थियो ।

माओवादीका वरिष्ठ नेता किरणले एकताकेन्द्र मसालसंगको एकतालाई लिएर असन्तुष्टि जनाएको सम्बन्धमा सोधिएको प्रश्नमा उनले किरण एकताविरोधी हुनैनसक्ने जिकिर गरे । माओवादीसँग तत्काल एकता गर्न प्रकाश लालायित देखिएपनि उनले माओवादी नेतृत्वको सरकारको कार्यशैलीप्रति भने असन्तुष्टि जनाएका छन् । यद्यपी सरकारले दुई चार दिनमै सरकारले ठूलो निर्णय गरेर जनताको मन जित्ने काम गर्ने जिकिर उनले गरे ।

माओवादी र 'एकता केन्द्र-मसाल' बीच एकताको अन्तिम तैयारी भैरहेका बेला नेकपा एमाले स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले भने तत्काल कम्युनिष्ट एकता असम्भव भएको ठोकुवा गरेका छन् । कम्युनिष्टहरुबीच सैद्धान्तिक र व्यवहारिक विषयमा भिन्नता रहेको भन्दै उनले आफ्नो दल सहकार्यको पक्षमा रहेको बताए । उनले भने- 'तत्काल कम्युनिष्ट एकता सम्भव छैन आजको आवश्यकता भनेको वामपन्थी र लोकतन्त्रवादीबीचको सहकार्य हो ।'

कम्युनिष्टहरुबीच मोर्चा गठन भइहाल्नेमा पनि शंका व्यक्त गरेका उनले आफूहरु कम्युनिष्ट एकताको पक्षमा रहेपनि त्यसका लागि समय लाग्नसक्ने बताए । नेकपा एमाले र नेकपा माओवादीबीच एकता हुनसक्ने अवस्था नबनिसकेको उनको भनाई थियो । आफ्नो पार्टीले पुच्छर हटाउनेबारे बहस शुरु गरेपनि निर्णय नगरिसकेको उनको कथन थियो ।

रिपोटस्र क्लद्धारा आयोजित सो कार्यक्रममा एमाले नेता अधिकारीको जस्तै धारणा नेकपा मालेका महासचिव सीपी मैनालीलेपनि राखेका थिए । उनलेपनि कम्युनिष्ट एकता भइहाल्ने वातावरण नबनिसकेको बताए । वामपन्थी लोकतन्त्रवादी र राष्ट्रवादीबीच सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउँदै उनले भने- 'वामपन्थी एकताको कुरा गरेर लोकतन्त्रवादीबीच अग्रगामी शक्तिबीचको सहकार्यलाई ओझेलमा पार्नुहुँदैन ।'

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®