Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
"नयाँ सरकार बन्न नदिनेहरु खरानी हुने"-प्रचण्ड
माओवादीमा प्रवेश गर्ने दरबारियादेखी अब अन्य कम्युनिष्‍टहरु


Prachanda welcoming other communists who joined Maoists. Photo: Santa

काठमाडौं,  July 11, 2008- नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नयाँ सरकार गठन गर्न नदिनेहरुलाई जनताले खरानी पार्ने चेतावनी दिएका छन् ।

जनताको नयाँ जनादेश अनुसार आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नु पर्ने भए पनि यस विरुद्ध विभिन्न षडयन्त्र भईरहेको अध्यक्ष दाहालको भनाई थियो । 'हाम्रो नेतृत्वमा सरकार बन्न नदिनेहरु खरानी हुने छन' अध्यक्ष दाहालले असार २६ गते राजधानीमा आयोजित कार्यक्रममा भने ।

संविधान सभा निर्वाचन सफल भएको तीन महिना बितिसक्दा पनि सरकार बन्न नसक्नुको पछाडि थुप्रै षडयन्त्र भइरहे पनि अब उनीहरु कुनै हालतमा सफल हुन नसक्ने उनको दाबी थियो ।

नेकपा माओवादी तथा नेकपा एकिकृतको 'एकता तथा ध्रुबीकरण कार्यक्रम'मा बोल्दै अध्यक्ष दाहालले जनताले वामपन्थीहरुलाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिएको बताए ।

अहिले मुलुक अवसर र चुनौतीको दोसाँधमा उभिएकाले शीर्ष नेताहरुले विचार पुर्याउन नसके मुलुक विखण्डनमा जान सक्ने तर्फ अध्यक्ष दाहालले संकेत गरे । तर सबै मिलेर अगाडि बढे नेपालले गुणात्मक प्रगती गर्न सक्ने उनको भनाई थियो ।

आजको कार्यक्रममा नेकपा एकिकृतका जीतवीर लामाको समूह माओवादीमा विलिन भएको औपचारिका घोषणा गरिएको थियो । नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई अध्यक्ष दाहालले अबिर तथा फुल मालाले स्वागत गरेका थिए । दुई जना पूर्व सांसदसहित नेकपा एकिकृत केन्द्रीय समितिको एक समूह विहीबार विधिवत रुपमा नेकपा माओवादीमा प्रबेश गरेको छ ।

नब प्रवेशीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले फूलमालाले स्वागत गरेका थिए । माओवादीमा प्रबेश गर्नेहरुले कतिपय जिल्ला कमिटीसहित सयौं कार्यकर्ताहरु सो पार्टी छाडी माओवादीमा प्रवेश गरेको बताएका छन् ।
  नेकपा एकिकृत का स्थायी समिति सदस्य जीतबीर लामा, केन्द्रीय सदस्य हिमालधन राई, नरेन्द्र बस्नेत, कालिदास श्रेष्ठ, राजेश बान्तवा, बिवेक वाइबा लगायतका केन्द्रीय सदस्यहरु नेकपा माओवादीमा प्रवेश गरेका हुन् । यी मध्ये जीतबीर लामा र नरेन्द्र बस्नेत २०४८ को निर्वाचनमा एमालेको तर्फबाट क्रमश दोलखा र भोजपुरबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

यसैगरी चितवन जिल्ला समितिका सचिव गोपीलाल श्रेष्ठसहित पुरै जिल्ला कमिटी, तनहुँ जिल्ला समितिका सचिव किरण पौडेल, सोलु जिल्ला समिति सचिव अनिल राई, इलाम सचिव डिल्ली चेम्जोङ्ग, धनुषा सचिव महेश राय यादवसहित जिल्ला कमिटीका अधिकांस नेता-कार्यकर्ताहरुपनि माओवादीमा प्रवेश गरेको बताइएको छ ।

-Santa Bagam and Sitaram Baral in Kathmandu
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®