|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'नेपालमा एकदलीय कम्युनिष्ट सत्ता स्थापित
हुनसक्दैन' काठमाण्डौं, December 10, 2008- राजनीतिक संक्रमण र नेपालको कमजोरीका कारण विदेशी राजदूतहरुले नेपालको राजनीतिक मामिलामा बक्तव्य दिने क्रम जारी छ । यसै क्रममा स्वीजरल्याण्डका राजदूत डोमिनिक ड्राइअरले नेपालमा एकदलीय कम्युनिष्ट सत्ता स्थापित हुननसक्ने बताएका छन् । उनलॆ नेपालमा लोकतन्त्र सुदृढ बन्दै गएकाले एकदलीय कम्युनिष्ट सत्ता स्थापित हुननसक्ने बताएका हुन् । 'नेपालमा एकदलीय कम्युनिष्ट सत्ता स्थापित हुनसक्दैन' माओवादीले जनगणतन्त्र स्थापना गर्ने भनिरहेको बारे सम्बाददाताहरुले सोधेको प्रश्नको उत्तर िदंदै उनले भने- 'काठमाडौंको गल्लीहरु हेर्दा कम्युनिष्ट सत्ता स्थापित हुन्छ जस्तो लाग्दैन ।' नेपाली जनता लोकतन्त्रका पक्षधर रहेकाले बहुदलीय प्रतिष्पर्धात्मक प्रणाली सुदृढ हुँदै जाने आशा व्यक्त गरे । नेपाली जनताको चाहनाअनुसारको प्रणालीलाई आफूहरुले स्वागत गर्ने स्पष्ट पारेका राजदूतल ड्राइअरले नेपाली जनता लोकतन्त्रको अभ्यास गर्दै आएकाले कुनैपनि प्रकारको निरंकुश शासन आउननसक्ने विश्वास नभएको बताएका हुन् । नेपाली जनताले विश्वलाई नै चकित पार्नेगरी शान्ति प्रकि्रयालाई अगाडि बढाइरहेबाट आफूहरु निकै खुशी भएको उनको भनाई थियो । नेपाल सरकार र राजनीतिक दलहरुका सामु नयां संविधान निर्माणको चुनौती रहेकाले सहमतिबाट अगाडि बढ्न आग्रह गर्दै उनले भने- 'नेपाल संक्रमणकालबाट गुजि्ररहेकाले चुनौतीहरु पार गर्न दलहरुबीच सहमतिको जरुरी छ भन्ने हाम्रो बुझाई छ ।' संविधानसभामा कुनैपनि दलको बहुमत नभएकाले संविधान निर्माणमा सहमतिको विकल्प नदेखिएकोपनि उनले बताए । नेपालको शान्ति प्रकि्रयामा स्वीस सरकार सहयोगका लागि तयार रहेको बताउँदै उनले संविधान निर्माणमापनि आवश्यक सहयोग गर्ने स्पष्ट पारे । स्वीजरल्याण्डले नेपालमा शान्ति विकास र लोकतन्त्रको संस्थागत विकास चाहेको बताउँदै भने- 'हामी नेपालको हितका लागि आवश्यक सहयोग गर्न तयार छौं ।' संघीयताबारे सोधिएको प्रश्नमा उनले त्यसको टुंगो नेपाली जनताले लगाउने बताएका छन् । स्वीजरल्याण्डले लामो समय लगाएर संघीयताको संरचना निर्माण गरेर अभ्यास गरिरहेको बताउँदै उनले नेपालकालागि नेपाली जनताको चाहना र यहाँको आवश्यकता अनुसारको संरचना निर्माण हुनुपर्नेमा जोड दिए । उनले भने- 'कस्तो संरचना लागू हुने र कुन प्रणालीमा जाने भन्ने नेपाली जनताबाट अनुमोदन हुने विषय हो ।' नेपालको विकास र शान्ति प्रकि्रयाका लागि स्वीजरल्याण्डले ५ करोड अमेरिकी डलर सहयोग गर्ने जानकारी िदंदै उनले सहयोग रकम दोब्बर बनाइने पनि बताएका छन् । ६० जिल्लामा झुलुंगे पुल निर्माणमा सहयोग गर्दै आएको बताउँदै एशियाली विकास बैंकसँग मिलेर सडक निर्माणमा पनि सहयोग गरिरहेको उनको भनाई छ । नेपालको विकासमा थप सहयोग गर्न आफ्नो देश तैयार रहेकोप्रति आश्वस्त पार्न खोजे । |
|
|
कार्यक्रममा उपस्थित स्वीस विकास नियोगका
नेपालस्थित निर्देशक जिन मार्क क्ल्याभेलले नेपालको विकासमा सहयोग गर्न
पाउँदा आफूहरु निकै खुशी भएको बताएका थिए । आगामी दिनमा विकासका लागि सहयोग
बढाइने बताउँदै क्ल्याभेलले शान्ति निर्माणसम्बन्धी सल्लाहकार आर्कुस
हेनिङगरलेपनि नेपालको शान्ति प्रकि्रया विश्वकै सामु उदाहरणीय भएको बताए । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||