Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
खाओबादीहरुको गिद्धे दृष्‍टिबाट मन्त्रालयहरु कहिले मुक्त होला?
'पहिले विवाद रक्षा मन्त्रालयमा थियो अहिले अच्छा मन्त्रालयहरुमा हुन थालेको छ ।'

काठमाडौं,  August 20, 2008- सबैभन्दा ठूलो विवादको विषय बनेको रक्षा मन्त्रालय माओवादीले र गृहमन्त्रालय एमालेले पाउने सहमतिपछि अन्य मन्त्रालयको बाँडफाँडसम्बन्धी विवाद नटुङ्गिएका कारण प्रधानमन्त्रीको निर्वाचन भएको एक हप्ता बित्न लागिसक्दापनि मन्त्री मण्डलको निर्माण हुन सकेको छैन।

सर्बसम्मतिको सरकार निर्माणकालागि पहिले 'रक्षा मन्त्रालय' विवादको विषय बनेको थियो भने अहिले 'कमाई हुने मन्त्रालय' हरु विवादको विषय बन्न पुगेका छन् ।

प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि एमालेले गृहका अलवा परराष्ट्र मन्त्रालयको दावी गरेको थियो । दावी अनुसार माओवादी सहमतपनि भएको थियो । परराष्ट्र मन्त्रालय एमालेले पाएपछि एमाले नेता भीम रावल परराष्ट्र मन्त्री बन्ने पक्कापनि भैसकेको थियो ।

गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा रावललाई परराष्ट्रको सट्टा शिक्षा मन्त्रालयको जिम्मेवारी एमालेले दिएपछि आफ्नो बिशेषज्ञता परराष्ट्रमा भएको बताउँदै रावलले शिक्षा मन्त्रालयको जिम्मेवारी अस्वीकार गरेका थिए । रावलले शिक्षा मन्त्रालय अस्वीकार गरेकैकारण प्रदीप नेपाल शिक्षा मन्त्री बनेका थिए ।

तर जव शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा १० अरब बजेट रहेको रावलले देखे त्यसपछि उनको विचार फेरियो । पहिले परराष्ट्र मन्त्रालयमा आफ्नो बिशेषज्ञता रहेको बताउने रावलले एकाएक शान्ति तथा पुनर्निर्माण मन्त्रालय एमालेले पाउनुपर्ने दावी गर्न थाले । अहिले शान्ति मन्त्रालयमात्र होइन जलश्रोत, भूमिसुधार लगायतका कमाई हुने मन्त्रालयपनि विवादको विषय बन्न थालेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका नेता ह्दयेश त्रिपाठी भन्छन्- 'पहिले विवाद रक्षा मन्त्रालयमा थियो अहिले अच्छा मन्त्रालयहरुमा हुन थालेको छ ।'

विवादको विषय शान्ति तथा पुनर्निमाणमात्र होइन जलश्रोत मन्त्रालयपनि बनेको छ । जलश्रोतपनि कमाई हुनेमध्येकै मन्त्रालय पर्छ । जलबिद्युत आयोजनाको लाइसेन्स िदंदामात्र करोडौं कमिसन प्राप्त हुने भएकाकारण यो मन्त्रालय प्राप्त गर्नकालागि एमाले र मधेशी जनअधिकार फोरमबीच लुछाचुँडी छ । एकपटक जलश्रोत मन्त्रालयको जिम्मेवारी सम्हालेका र त्यसको 'चार्म' थाहा पाएका कारण फोरम संसदीय दलका नेता विजयकुमार गच्छेदारले जलश्रोत मन्त्रालय पार्टीले छाड्न नहुने दबाब दिइरहेका छन् ।

उता एमाले र माओवादीबीच स्थानीय विकास मन्त्रालयमापनि विवाद देखिएको छ । प्रधानमन्त्रीको निर्वाचन हुनुभन्दा अघि माओवादीले स्थानीय विकास मन्त्रालय एमालेलाई दिन सहमति जनाएपनि अहिले सहमति तोडिएको आरोप एमालेको छ । र यही कारण मन्त्रीमण्डलको निर्माण हुन नसकेको दावीपनि एमालेले गरेको छ । स्थानीय विकास मन्त्रालयको संयन्त्र गाविससम्म फैलिएकाले यो मन्त्रालय आफूले लिएर पार्टी संयन्त्रको विस्तार गर्ने दाउमा एमाले र माओवादी छन् ।
 
स्थानीय विकास जस्तै गृह मन्त्रालयको संयन्त्र स्थानीय तहसम्म भएकाले गृह पाएको एमालेले स्थानीय विकास छाड्नुपर्ने माओवादीले बताएको छ । यद्यपी बाहिर हेर्दा मन्त्रालयसम्बन्धी विवादका कारण मन्त्री मण्डलको विस्तार हुन नसकेको देखिएपनि कसको नेतृत्वमा मन्त्री मण्डलमा जाने भन्ने एमालेभित्रको विवादकाकारण मन्त्री परिषद्को विस्तार हुन नसकेको हो । एमालेका निवर्तमान महासचिव माधव नेपालको अनुपस्थितिमा बामदेव गौतमलाई सरकारको नेतृत्व गर्दै पठाउनुपर्छ भन्ने पक्षमा बहुमत देखिएकाले नेपाल नआउन्जेलसम्म मन्त्रीमण्डलको पूर्ण विस्तार हुने स्थिति देखिन्न ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®