|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
बिशेष फिचर: |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नयाँ नीति तथा कार्यक्रम कसलाई कस्तो लाग्यो? काठमाडौँ, September 10, 2008- गणतन्त्र नेपालको पहिलो निति तथा कार्यक्रम राष्ट्रपति डा. रामवरण यादवले प्रस्तुत गरेपछि राजनैतिक दलका नेताहरुले वर्तमान सरकारले ल्याएको निति तथा कार्यक्रम प्रति मिस्रीत प्रतिकृया व्यक्त गरकेा छन् । निति तथा कार्यक्रम सुनिसकेपछि संविधान सभा प्राङगणमा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले अहिलेको नयाँ नेपलमा विभिन्न तह र तप्काका जनताको अपेक्षा अनुरुप सवैलाई समेट्ने प्रयास गरिएको प्रतिकृया दिए । प्रधानमन्त्री प्रचण्डले यो नयाँ नेपाल निमार्णको प्रकृयाको शुरुवात पनि भएकाले केही अलि लामो भएपनि जनताको आकाक्षालाई सम्वोधन गर्ने प्रयास गरेको बताए । समीक्षा गर्न वाकी रहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो । यसअघि यस्ता धेरैवटा निति तथा कार्यक्रम ल्याईसकेको र राजाको प्रत्यक्ष शासनकालमा समेत प्रधानमन्त्री बनेका काँग्रेसका वरिस्ठ नेता शेरवहादुर देउवाले यो निति तथा कार्यक्रम देशका जल्दा वल्दा समस्या प्रति संवेदनशिल नभएको बताए । प्रतिपक्षमा वस्ने निर्णय गरिसकेको नेपाली काग्रेशका देउवाले अधिकाँश कुराहरु पुरा गर्न नसकिने हावादारी भएको दावी गरे । नेकपा एमालेका पुर्व महासचिव माधवकुमार नेपालले आफ्ने नौ महिने कार्यकालको व्याख्या गर्दे यो कार्यक्रममा सामन्तवाद उन्मुलनको स्पस्ट कार्यक्रम आएको प्रतिकृया दिए । साथै नयाँ सविधान लेख्ने कामलाई प्राथामिकतामा राख्नु अत्यनत राम्रो काम भएको उल्लेख गरे । यसको कार्यन्वयन हुने कुरामा आफु विश्वस्त भएको भन्दै उनले आफुहरुले नौ महिने शासनकालमा पनि यो भन्दा राम्रो कार्यक्रम ल्याएको दाबी गरे । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेस नेता डा. रामशरण महतले नीति तथा कार्यक्रम अस्पष्ट र विवादास्पद भएको भन्दै संशोधन प्रस्ताव दर्ता गर्ने बताए । उनले नीति तथा कार्यक्रमले अन्यौल थपेको भन्दै संशोधन प्रस्ताव दर्ता गर्ने बताए । विवादास्पद बुंदाहरु रहेको भन्दै वैदेशिक लगानी नआउने सम्भावना औल्याए । उनले भने 'ठूलो आयोजनामा आवश्यक परे विदेशी लगानी ल्याउने भनिएको छ यसले विदेशी लगानीकर्तालाई निरुत्साहित पार्नसक्छ ।' पूर्व मन्त्री महतले आर्थिक वृद्धि गर्ने हो भने लगानीलाई नियन्त्रण या सिमिति गर्न नहुने बताए । उनले नीति तथा कार्यक्रममा जनयुद्ध उल्लेख गर्नुलाई आपत्तीजनक भने । साना ऋणीको ऋण मिनाहा गर्ने भन्दै सरकारले सस्तो लोकप्रियता लिन खोजेको महतको भनाई थियो । उनले वास्तविक गरिबहरु बैंकिक क्षेत्रको पहुंचभन्दा बाहिर रहेको भन्दै सस्तो लोकप्रियाता हासिल गरेर अर्को सरकारलाई अप्ठ्यारोमा पार्ने रणनीति बनाइएको दाबी गरे । नेपाली काग्रेशका नेता भएरपनि माक्सवाद देखि माओवादसम्मको अध्यन गरेका नेता प्रदिप गिरीले भने 'माओवादीको नेतृत्वमा आएको यो निति तथा कार्यक्रममा सवैथोक छ तर समाजवाद तिर उन्मुख हुने कार्यक्रम छैन ।' उनले कार्यक्रम संसोधानवादी दृष्टीकोणका आधारमा आएको, माओ विचार धाराका आधारमा नआएको प्रतिकिृया दिनुभयो । |
|
|
एमाले नेता केपी ओलीले यो निति तथा कार्यक्रम नभई यो मनशाय मात्र भएको प्रतिकृया दिए । 'यसमा अमुर्त कुरा छ ठोष कुरा छैन' उनले भने । विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले सरकारले प्रस्तुत गरकेा नीति तथा कार्यक्रम अग्रगामी र यथार्थपरक भएको बताएका छन् । नीति तथा कार्यक्रम सार्वजनिक भएलगत्तै भदौ २५ गते रिपोर्टस्र क्लब नेपालको साक्षात्कारमा बोल्दै मन्त्री शाहले नीति तथा कार्यक्रमले नयां नेपालको खाका कोरेको बताएका हुन् । मन्त्री शाहले भने 'नीति तथा कार्यक्रमले जनताको चाहना सम्बोधन गरेको छ यसलाई कार्यान्वयन गरेरै छाड्छौं ।' उनले मुलुकको सबै क्षेत्रमा समावेशी र सहभागितामूलक अवस्था सृजना गर्न सरकार लाग्ने बताए । जनताका अत्यावश्यक आवश्यकताको आपूर्ति गर्न कुनै कसर बांकी नराखिने उनले दाबी गरे । नेकपा माओवादीका केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले नीति तथा कार्यक्रम क्रान्तिकारी र प्रगतिशिल भएको बताए । विपक्षीहरुले समेत आलोचना गर्ने ठाउं नराखिएको बताउदै रायमाझीले भने 'नीति तथा कार्यक्रमले नयां नेपालको चित्र कोरेको छ ।' जनयुद्ध र जनमुक्ती सेनाको कारण नेपालमा गणतन्त्र स्थापना भएको जिकिर गर्दै भने 'जनयुद्धले मुलुकलाई यो अवस्थामा पुर्याएकाले नीति तथा कार्यक्रममा स्पष्ट सम्बोधन गरिएको हो ।' कांग्रेस सरकारको अग्रगामी नीति तथा कार्यक्रम देखेर आत्तिएको रायमाझीको आरोप थियो । नेकपा एमाले स्थायी कमिटि सदस्य केशवप्रसाद बडालले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकेमात्र सकारात्मक भन्न सकिने बताए । कार्यक्रम बनाउनेभन्दा पनि कार्यान्वयन गर्ने विषय प्रमुख हुने उनको भनाई थियो । उनले भने 'नीति तथा कार्यक्रम ९० प्रतिशत राम्रो छ १० प्रतिशत अपुग छ ।' बडालले कार्यक्रममा केही दक्षिणपन्थी झुकाव भएको भन्दै असन्तुष्टि जनाए । आफ्नो दलले प्रस्तुत गरेको ५० बुंदामध्ये अधिकांश सम्बोधन भएको भन्दै कार्यान्वयनका लागि सबैको सहयोग लिन आग्रह गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर केसीले नीति तथा कार्यक्रमले सीमा, राष्ट्रियताका सवालमा स्पष्ट सम्बोधन गर्न नसकेको बताए । केसीले नीति तथा कार्यक्रम महत्वाकांक्षी भएपनि कार्यान्वयन गर्न सके मुलुकको हित हुने बताए । -Santa Bagam in Kathmandu |
||
|
Read our related news: » Important Document: ९० बुँदै नीति तथा कार्यक्रमको पूर्ण विवरण » बिशेष फिचर: नयाँ नीति तथा कार्यक्रम कसलाई कस्तो लाग्यो? » नयाँ सरकारको ९० बुँदै नीति तथा कार्यक्रम प्रस्तुत (7 photos) गैरआवासीय नेपालीलाई द्वैद नागरिकता (Dual Citizenship) दिइने ब्यबस्था |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||