Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

अमेरिकाबाट स्वदेश फर्कदैछन्‌ हाँस्‍य कलाकार राजाराम, किन?



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Famous Nepalese comedian Rajaram Paudel in New York event on April 27, 2008. Photos: eEyeCam

काठमाडौँ, September 15, 2008- कस्तो दुर्भाग्य ! सात बर्ष अघी ११ सेप्टेम्बर २००१ मा अल-काइदाले अमेरिकि भूमिमा धावा बोल्दा हाँस्‍य कलाकार राजाराम पौड्याल यसै दिन अमेरिका आउँदै थिए। उनको प्लेनलाई आकाशबाटै फर्काइयो। आठ दिन लण्‍डनमा बिताए पछि बल्ल उनी अमेरिका ओर्लेका थिए।

राजाराम पौड्याल हाँस्‍य कलाकारका रुपमा एक अग्रणी ब्यक्तित्व हुन्‌ जसको परिचयका लागि धेरै लेखिरहनु पर्दैन।

 
रङ्गमञ्च, सानो पर्दा, ठुलो पर्दा सबैमा जमेका राजारामको अभिनयले मह जोडीद्बारा निर्मित टेलिफिल्म "१५ गते" मा श्रेष्ठता पायो र सम्भवत: यही टेलिफिल्मबाट नै उनको परिचय आम रुपमा फराकिलो बन्यो । मह जोडीसँग देखिइरहने अर्का हाँस्‍य कलाकार किरण केसी र राजाराम पौड्याललाई नेपाली मिडियाले महका "किरा" भनेर परिचय स्थापित गराएको थियो कुनै समय ।

'१५ गते'मा तीनै सहकर्मी किरण केसीद्बारा जिउँदै खाल्डोमा पुरिनबाट बाल बाल बचेँका राजाराम आज भन्दा ठीक ७ बर्ष अघी सात समुद्र पारी 'पाताल' भास्सिएका थिए । त्यसो त त्यस अघी नै कार्यक्रम प्रस्तुतिको शिलशिलामा दुई पटक अमेरिकाको भ्रमण गरिसकेका उनको यो तेश्रो पटकको आगमन जीवन र भविश्यका लागि बिशेष महत्त्वको थियो ।


Photos: eEyeCam

एउटा सपना बोकेर आएका थिए- राजाराम यसपटक । अमेरिकामा बसेकाहरुले दिने रेडिमेड उत्तर जस्तै "छोराछोरीको भविश्यका लागि" भनेर जिन्दगीलाइ यतै "सेट्टल" गर्ने योजनामा आएका थिए । लोक गायक प्रेमराजा महत र जीवन्त अभिनयका धनी सरोज खनालको पाईला पछ्याउदै असधारण प्रतिभा भएकाहरुलाई अमेरिकि सरकारले "ग्रीन कार्ड" उपलब्ध गराउने सुविधाको उपयोग गर्न आफ्नो तर्फबाट सम्पूर्ण आवश्यक कागज पत्र सम्बन्धित ठाउँमा पेश पनि गरे । तर अत्यन्तै दुखको कुरा भन्नु पर्ला कि उनको कारणले होइन उनकै शब्दमा उनले "हायर" गरेको वकिलको कमजोरिका कारणले साकार हुन सकेन उनको सपना ।

उनले "ग्रीन कार्ड" पाउनै पर्थ्यो भन्ने होइन तर तुलनात्मक रुपमा उनि भन्दा धेरै नै जुनियर कलाकारहरुले त्यही सुविधा मार्फत "ग्रीन कार्ड" पाइरहेको अवस्थामा भन्नै पर्ने हुन्छ कि उनलाई भाग्यले साथ दिएन । त्यसो त अति अशुभ साइतमा परेको थियो भन्दा हुन्छ उनको अमेरिका प्रवेशको घडि । अर्थात उनको आगमनको दिन थियो ११ सेप्टेम्बर २००१ । जतिबेला उनि चेढेको हवाइजहाज अमेरिकाको आकाशमा प्रबेश गरिरहेको थियो ठीक त्यती नै बेला अल-काइदाका जिहादी सेनाहरुले न्यु योर्कको जुम्ल्याहा टावर ध्वस्त पारीरहेका थिए र पेन्टागनमा आत्मघाति "प्लेन" खसालिरहेका थिए ।

अमेरिकि सुरक्षा निकायको आदेशमा अवतरणको अनुमती नपाए पछि राजारामले चढेको "प्लेन" पनि आकाशबाटै फर्कियो लन्डनतर्फ । अन्तत: आठ दिनको लन्डन बसाइँ पछि मात्रै अमेरिका प्रबेश गर्न सफल भएका थिए त्यतिबेला । आज स्वदेश फर्कने बेला "अमेरिका आएर के पाउनु भयो ?" भनी सोधियो भने उनको जवाफ हुन्छ "अमेरिका आएर दु:ख सिवाय अरु केहि पनि पाइन ।"

असिमित मान्छेका आकाँक्षहरुमा कुन हदसम्मको आर्थिक र भौतिक सिमिततालाई सुख मान्ने? यो एउटा वहसको बिषय हुन सक्छ तर गत सेप्‍टेम्‍बर ७ तारिख बल्टिमोरमा "टिम ८८४८" ले उनको सम्मानमा आयोजना गरेको बिदाइ कार्यक्रममा उर्लेको भिड्लाई देख्दा लाग्यो राजारामले दर्शकहरुको अपार माया र सम्मान चाँही मजैले कमाएका रहेछन्‌ । ग्रेटर वासिङ्टन डिसी क्षेत्रमा सकृय सबै जसो संघ सँस्थाका प्रतिनिधिहरुले हार्दिक सम्मान जाहेर गर्दै प्रदान गरेको सम्मान पत्रहरुले उनको एउटा "ह्यन्ड ब्याग" पुरा भरिन सक्छ ।


Photos & illustration: eEyeCam
न्यूयोर्कमा सोधियो-नेपालमा शान्ती कहिले आउला?
New York April 27, 2008-"When will peace prevail in Nepal?" Ravi Lamichhane put this question to Rajaram Paudel, a well known comedian, in a skit during a Nepalese cultural event in New York City on April 27 organized by Nepali Jana Samparka Samiti. Ravi gave him four options for his answer: 1. Right away, 2. In 10 years, 3. In 100 years, and 4. God knows! In contrast to his usual funny bone character, Rajaram changed the mood of the audience with a mock-serious call to his wife in Nepal when he asked her the same question, "Darling wife, when will "Shanti" (Peace) come to Nepal?" Misunderstanding him, she cried, thinking he was sending a girl named Shanti in his place.-Pratha Magar


Photos: eEyeCam

यस क्षेत्रमा बसोबास गर्ने कलाकारहरुको पनि राम्रो एक्यबद्दता रह्यो । सरोज खनाल, प्रेमराजा महत, करीश्मा मानन्धर, रवि लामिछाने, सिर्जन ताम्राकार "ओकेलि", हाँस्‍य कलाकार नारायण त्रिपाठी "प्रेम चरो" र हाल सालै मात्रै "ग्रीन कार्ड" हात पारेका अर्का हाँस्‍य कलकार रतन सुबेदिले आ-आफ्नो प्रस्तुती मार्फत मञ्चबाटै साथ दिए भने अरु कलाकारहरुले दर्शक बनेर । अझ कलाकार रचना सिंह त झन यही कार्यक्रमका लागि क्यालिफोर्नियाबाट आएकी थिईन्‌ जस्ले राजारामसँग मिलेर राष्ट्रियताको पक्षमा अत्यन्तै गहन सन्देशमुलक प्रहसन "ह्सपिटल" मा जबर्जस्त अभिनय गरेर सारा दर्शकहरुको मन जितिन्‌ ।

गहिरो भावुकताबस झन्डै झन्डै भक्कानिएको आवाजमा जानकारी गराए राजारामले कि उनी यही सेप्टेम्बर २५ मा मातृभूमी पुग्नेछन्‌ र मृत्‍यु पर्यन्त कलाकारिताको क्षेत्रमा निरन्तर लागिरहनेछन्‌ ।

शुभकामना मन्तव्यमा अमेरिका नेपाल समाजका अध्यक्ष्य प्रेम संग्रौलाले भन्नु भए झैं आमाको काखमा जाँदैहुनुहुन्छ, भाग्यमानी सम्झनुस् आफुलाई... हो, आमाको काख जति न्यानो र सुरक्षित अरु के हुन सक्छ यो दुनियाँमा? मनभरिको शुभकामना छ- सफल यात्राका लागि अनि शुभकामना छ- नेपाली अभिनय दुनियाँमा अधुरो छोडिएको यात्राको पुन: आरम्भका लागि जुन यात्राले सगरमाथाको शिखर चुम्न सकोस्‌ ।

-टिकाकुमार पुन मगर
-Tika Pun Magar in Virginia
चिमखोला, म्याग्दी,
हाल: भर्जिनिया
 



Rajaram and Ravi Lamichhane in April 27th program in new York. Photos: eEyeCam
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®