|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
जलवायु परिवर्तनका विषयमा नेपाली संचार माध्यम अलमल्ल |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कार्यक्रममा बोल्दै राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहाल -उभिएको Photo: Jayanti काठमाण्डौ, December 26, 2008- जलवायु परिवर्तनका चुनौती र प्रेसको भुमिका सम्बन्धित काठमाण्डौंको वल्र्डटे्ड सेन्टरमा बुधवार एक अन्तरकि्रया कार्यक्रम सम्पन्न भयो । एसिया जर्नालिष्ट एसोशिएशन नेपालद्वारा आयोजित सो कार्यक्रममा वातावरण विज्ञान तथा प्राविधिक मन्त्री गणेश शाहले जलवायु परिवर्तनको बारेमा आमरुपमा जनचेतना फैलाउन मिडियाले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकोले पत्रकारहरुले यस विषयमा कलम चलाए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नीति निर्माण गर्न सहयोग पुग्ने वताउँदै जलवायु परिवर्तनका विषयवस्तुहरुलाई मिडियामा महत्वका साथ स्थान दिन आग्रह गर्नुभयो । उहाँले जलवायु परिवर्तनका सवालहरुमा मिडियालाई सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । राष्ट्रपतिका पे्रस सल्लाहकार राजेन्द्र दाहालले नेपाली मिडियामा बीस वर्ष देखिनै वातावरणका सवालहरुले प्रवेस गरे पनि खासै स्थान नपाएको वताउँदै यस विषयलाई प्रभावकारी ढङगबाट उठाउन पत्रकारहरुलाई ध्यानाकर्षण गराउनुभयो । अन्तरकि्रयाको क्रममा जलवायु परिवर्तनको सवालहरु नेपालको लागि नयाँ भएको साथै राष्ट्रिय तहमा यस सम्बन्धित निित निर्माण तथा कार्यक्रमहरु स्पष्ट नभएको कारण मिडियामा प्रभावकारी रुपमा कसरी उठाउने भन्ने विषयमा अन्योल भएको सहभागी पत्रकारहरुको धारणा थियो । जलवायु परिवर्तनका सवालहरुलाई मिडियामा महत्वपूर्ण स्थान दिई सशक्त रुपमा अगाडि ल्याउनको लागि स्थानिय रिपोर्टर देखि सम्पादक तहसम्म तालिम र छलफलको आवश्यक रहेको पत्रकारहरुले बताएका थिए । |
|
|
वातावरण विज्ञान तथा प्राविधिक मन्त्रालयका सचिव उमेश मैनालीले नेपालमा जलवायु परिवर्तन सम्वन्धित विज्ञहरुको अभावको कारण राष्ट्रिय स्तरमा स्पष्ट र प्रभावकारी नीति निर्माण गरी अन्तराष्ट्रिय स्तरमा नेपालका सवालहरु उठाउन कठिन भईरहेको वताउनु भयो । अरु देशको तुलनामा नेपालले कम प्रदुषण गर्ने र बढि वन जगल बचाए पनि जलवायु परिवर्तनको असर बढि खेप्नु परेको सहभागीहरुको राह थियो । कार्यक्रममा बोल्दै संचारिका समूहकी अध्यक्ष बविता बस्नेत -दाया पहिलो जलवायु परिवर्तनको कारण नेपालमा समयमा पानी नपर्ने प्रकृतिक प्रकोप उच्च रुपमा हुने समयमा वाली नाली नपाक्ने उच्च भागहरुमा पनि लामखुट्टे लाग्ने र यसबाट औलो जापानी इन्सेफलाइटिस रोगहरु लाग्ने जस्ता समस्याहरु ब्ढिरहेको छ विज्ञहरुले बताएका छन् । पृथ्वीको तापक्रममा वृद्धि भई नेपालका हिमतालहरु खतरामा छन् भने हिमनदिहरु द्रुत गतिमा पग्लने गरेको पाइएको छ । जलवाय परिवर्तनको असर लाई रोकथाम गर्न नेपाल सरकारले तत्काल आवश्यक कदम चाल्नु पर्ने प्रेस युनियनका अध्यक्ष समिरजंग शाहको भनाइ थियो । वातावरण विज्ञान तथा प्राविधिक मन्त्रालयका उप-सचिव बट्टुकृष्ण उप्रेतीले जलवायु परिवर्तनका लागी उठिरहेका अन्तर्राष्ट्रिय सवाल तथा नीति निर्माणहरुमा नेपालका सवालहरुलाई समावेस गराउने प्रयास भईरहेको वताउदै विभिन्न अन्तर्राष्ट्रिय दाता तथा सहयोगी सस्थाहरुसग मिलेर मन्त्रालयले गरिरहेको कामको बारेमा जानकारी दिनु भयो । उहाँका अनुसार मन्त्रालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम युएनईपी डिएफआईडी डानिडा र एसियाली विकास बैंक एडिवीसँग केहि काम गरिरहेको छ । उप-सचिव उप्रेतील हालै सम्पन्न पोज्नान सम्मेलनमा पनि नेपालको जलवायु परिवर्तनको सवालहरु लाई उठाईएको बताउनु भयो । गत नोभेम्बर २९ देखि यही डिसेम्बर १२ सम्म पोल्याण्डको पोज्नानमा सम्पन्न सो सम्मेलनमा नेपालका सरकारी तथा गैरसरकारी सध संस्थाका ३१ जनाको सहभागिता थियो । सोहि कार्यक्रममा सहभागी विज्ञान तथा वातावरणका विद्यार्थी तथा शिक्षकहरुले नेपालको शैक्षिक पाठ्यक्रम परिवर्तन गरि वर्तमान अवस्थामा उठेको जलवायु परिवर्तनका सवालहरु लाई समावेश गर्नुपर्ने धारणा राखेका थिए भने साचारिका समूहकी अध्यक्ष बविता बस्नेतले एक गृहेणी देखि पजेरो चढेर हिड्नेसँग पनि जलवायु परिवर्तनको सम्बन्ध रहेको कारण जनचेतना फैलाउन सन्चारिका समूह अग्रसर हुने बताउनु भयो। कार्यक्रममा वातावरण विज्ञान तथा प्राविधिक मन्त्रालयका सह-सचिव पुरुषोत्तम धिमिरेले जलवायु परिवर्तनका सवालहरु लाई मिडियावाट सरल र सहज रुपमा स्थानियदेखि राष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यले यस सम्बन्धि तालिमको आयोजना गरिने जानकारी दिनुभयो । वर्तमान समयमा पृथ्वीवासीहरुको चिन्ताको विषय जनवायु परिवर्तन भएको कारण यी सवालहरु लाई आम जनमानससम्म पुर्याउने शसक्त माध्यम मिडिया भएकोले यसप्रति ध्यानआकर्षण गराउन अन्तरकि्रया कार्यक्रमको आयोजना गरिएको एसिया जर्नालिष्ट एशोशिएसन नेपालका अध्यक्ष विष्णु निष्ठुरीले जानकारी दिनुभयो । -Jayanti Chamling Rai in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||