Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

जलवायु परिवर्तनको कारण आदिवासीहरु यसरी प्रभावित हुँदै छन्‌



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

सेमिनारमा जलवायु परिवर्तनको कारण नेपालका आदिवासि जनजातिमा परेको असर प्रस्तुत् गर्दै जैविक विविधता विषेशज्ञ कमल साम्पाड राई Photos: Jayanti

काठमाण्डौं, December 12, 2008- विश्वमा बढ्दो उद्योगिकरण, ग्रिन हाउसहरुको प्रयोग, वन विनासको कारण कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड जस्ता ग्यासहरुको वृदि हुनाले जलवायु परिवर्तन (Climate Change) देखापरेको र पृथ्वीनै खतरामा रहेको र आदिवासी-जनजाति सवै भन्दा बढि मारमा परेको विज्ञहरुको भनाई छ।

जलवायु परिवर्तनको कारण पृथ्वीको तापक्रममा वृदि भई नेपालका हिम तालहरु खतरामा छन् भने हिम नदिहरु द्रृत गतिमा पग्लने गरेको पाइएको छ। दक्षिण एशियाकै जल भण्डार मानिएको नेपालको हिमाली क्षेत्रको हिउ घट्दा नेपालका नदिहरुका साथै त्यही पानीमा आश्रित दक्षिण एशियाका अरबौ जनतालाई यसको असर पर्ने छ। त्यसैले समयमानै जलवायु परिवर्तनलाई रोकथाम गर्न अवाश्यक छ।

जलवायु परिवर्तन र आदिवासी-जनजाति (Climate Change and Indigenous People) मा यसको असरको वारेमा गत नोबम्बर २०-३० मा थाईल्याण्डको बैंककमा सम्पन्न एक क्षेत्रिय तालिममा बिशेषज्ञहरुले उक्त तथ्यको खुलासा गरेका हुन्‌।

सो तालिममा नेपाल, भारत, बगलादेश, थाईल्याण्ड, म्यानमार, फिलिपिन्स्, भियतनाम, लाओस, कम्बोडिया, मलेशिया र इण्डोनेशियाका आदिवासी जनजातिहरु र वन, जंगल संरक्षण सम्वन्धि काम गर्नेहरुको सहभागिता थियो।

इन्टरनेशनल एलायन्स अफ इन्डिजिनियस एण्ड ट्राइबल पिपल्स अफ द ट्रपिकल फरेष्टद्वारा आयोजित सो तालिममा सहभागीहरुले जलवायु परिवर्तनको कारण समयमा पानी नपर्ने, प्राकृतिक प्रकोप उच्च रुपमा हुने, समयमा वाली नाली नपाक्ने, हिमनदीहरु पग्लने, समुद्री सतह बढ्ने, उच्च भागहरुमा पनि लामखट्टे लाग्ने र यसबाट औलो, जापानी इन्सेफलाइटिस रोगहरु लाग्ने जस्ता समस्याहरु बढीरहेको वताएका थिए।

तालिममा जलवायु परिवर्तन सम्बन्धित बनेका अन्तर्राष्टिय नितिहरु सङ्युक्त राष्ट्र संघको जलवायु परिवर्तन महासन्धि (United Nations Framework Convention on Climate Change -UNFCCC), वन विनासवाट हरितगृहमा पर्ने असरको रोकथाम, अन्तर सरकारी परामर्श समूह (Intergovernmental Panel on Climate Change-IPCC), क्योटो प्रोटोकल, विश्व बैकको कार्वन ब्यापारको बारेमा छलफल गरिएको थियो।
 
छलफलमा सबै सहभगीहरुले अन्तर्राष्टिय नितिहरुले आदिवासि जनजातिका जिवन यापनमा असर पार्ने धारणा राखेका थिए । जलवायु परिवर्तनको कारण पृथ्वीनै खतरामा रहेको र आदिवासी जनजाति सवै भन्दा बढि मारमा परेकोले यसप्रति बेलैमा सजग हुन तालिमकी संयोजक मिनी देगवनले ध्यानआकर्षण गराउनु भयो।


जलवायु परिवर्तनको वारेमा सजक गराउदै तालिमकी सयोजक मिनी देगवन

जलवायु परिवर्तनको कारण आदिवासी जनजातिमा परेको असरको वारेमा पाँच देशका प्रतिनिधिहरुले अनुसन्धानमुलक पेपर प्रस्तुत गरेका थिए। नेपालका कमल साम्पाड, फिलिपिन्स्की मिनी देगवन, बंगलादेशका सन्जिव डोड, मलेशियाकी फोल्रा तेविड र ईन्डोनेशियाकी जेनिफर रविसले पेपर प्रस्तुत गरेका थिए।

वन विनासवाट हरितगृहमा पर्ने असरको रोकथाम परियोजना अन्तर्गत कम प्रदुषण गर्ने र धेरै वन जगल वचाउने देशहरुलॆ पैशा पाउने छन् भने धेरै उद्योग भएका र प्रदुषण गर्ने देशहरुले पैशा तिर्ने छन् जसलाइ कार्बन ब्यापार भनिन्छ र यो कार्बन ब्यापार विश्व बैकको मातहतमा हुने छ। एशियाका तिन देशहरु नेपाल, लाओस र भियतनामलाई विश्व बैकले कार्बन ब्यापारको लागि छनोट गरिसकेको छ।

यो परियोजना अन्तर्गत विश्व बैकले नेपाल लाई करिब दश मिलियन डलर उपलब्द गराउने छ भने दुई मिलियन स्वीकृति भइसकेको छ।

तर यो परियोजनाले आदिवासि जनजातिहरुलाई पुर्व सहमती र न्यायिक सहभागिता नगराएको कारण उनिहरुको जिवन यापनलाई असर पार्नसक्ने जैविक विविधता विषेशज्ञ कमल साम्पाड राईले बताउनु भयो। उहाले भन्नु भयो 'प्रायजसो आदिवासि जनजातिहरुको वसोवास वन जगल छेउछाउ भएको र उनिहरुको जिवन यापनको लागि घास दाउरा लगायत विभिन्न आयश्रोत जंगल भएको कारणले ती जंगल वेचेमा आदिवासि जनजातिहरुको भुमिको अधिकार हनन् भई विस्थापित हने र उनिहरुको कला संस्कृति परम्परा लोप हनसक्ने खतरा छ।' परियोजनाबाट आदिवासि जनजातिहरुलाई हुने असरलाई रोक्न सरकारले छुट्टै निति बनाउनु पर्ने राईको भनाई थियो।

तालिममा पेट्रोलियम पदार्थबाट हुने प्रदुषण कम गर्न एग्रोफीउल अर्थात कृषि उत्पादनबाट तयार गरिने तेल उत्पादन गर्न ईण्डोनेशियामा पाल्म नामक विरुवा लगाएको कारण त्यहाका आदिवासि जनजातिहरुको जमिनको अधिकार हनन हुनुको साथै खाद्यन्न अभावको कारण विस्थापित हने खतरामा रहेको डकुमेन्‍ट्री फिल्म पनि देखाइको थियो।

-Jayanti Chamling Rai in Kathmandu

This news report prepared based on the workshop on 'Climate Change and Indigenous Peoples' which was held in Bangkok, Thailand between November 20-30, 2008. MS Rai participated the workshop.
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®