Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
गाउँका कर्मचारी शहर, शहरका अब गाउँ पठाइने

काठमाण्डौ, January 20, 2009- सरकारले लामो समय उपत्यका बाहिर बसी काम गरेका कर्मचारीहरुलाई राजधानी लगायतका शहरी क्षेत्रमा ल्याउने भएको छ । लामो समय शहरी क्षेत्रमा काम गरेका कर्मचारीहरुलाई भनॆ दुर्गम क्षेत्रमा पठाइनेछ ।

सरकारको सोच यत्तिमात्र छैन बरु आर्थिक कारोबार बढि हुने कार्यालयमा जिम्मेवारी तोकिएका कर्मचारीहरुमाथि कडा निगरानी बढाउने योजनामा सरकार छ । आर्थिक कारोबार बढि हुने सरकारी कार्यालयका कर्मचारीहरुले नाजायज आर्थिक लाभ लिने गरेको देखिएकाले सरकार यो निर्णयमा पुगेको हो।

भन्सार, कर, यातायात, मालपोत कार्यालयहरु बढि आर्थिक कारोबार हुने कार्यालयमा चिनिने गर्छन् । यी कार्यालयमा जान कर्मचारीहरुबीच तँछाड-मछाड हुने गर्छ । यी कार्यालयमा काम गरेका कर्मचारीहरुमध्ये शहरी इलाकामा घर-घडेरी नजोड्ने कमैमात्र भेटिन्छन् ।

एकातिर शहरी कार्यालयमा र यस्ता आर्थिक कारोबार बढि हुने कार्यालयमा काम गर्ने कर्मचारीहरुको आर्थिक स्थिति यसरी व्हात्तै बढ्ने गरेको छ भने अर्कातिर दुर्गम क्षेत्रमा काम गर्ने कतिपय कर्मचारीले राजधानीमा काम गर्ने अवसर नपाउने र उनीहरुको आर्थिक अवस्थासमेत गएगुज्रेको हुने गर्छ ।

यसै अनुसार सरकारले बढि आर्थिक कारोबार हुने कार्यालयका कर्मचारीमाथि निगरानी बढाउने, दुई बर्ष शहरी क्षेत्रमा काम गरिसकेका कर्मचारीहरुलाई दुर्गम क्षेत्रमा पठाउने र राजधानीलगायत शहरी क्षेत्रमा कहिल्यै काम गर्ने अवसर नपाएकालाई शहरी क्षेत्रमा काम गर्ने अवसर दिन लागेको हो । यसले दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीहरुको हौसला बृद्धि गर्नेछ ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेकी माओवादी नेतृ पम्फा भूषालले यस सम्बन्धी जानकारी दिएकी छन् । आइतबार प्रशासन सुधार आयोगले दिएको सुझाव अनुसार सरकारले यो नीति अपनाउन लागेको हो ।

-Sitaram Baral in Kathmandu















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®