|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
निजामति कर्मचारीहरुको अब दरबारमा काम काठमाडौं, June 1, 2008- नेपालको इतिहासमै पहिलो चोटि निजामति कर्मचारी प्रशासनका अधिकारीहरु औपचारिक रुपमा नारायणहिटी दरवार पसेका छन् । दरवारको सुरक्षाकालागि सरकारले शुक्रबार गठन गरेको सुरक्षा सम्बन्धी कार्यदलका पदाधिकारीहरु दरवार प्रवेश गरेका हुन् । उता सो कार्यदलले हिजो शनिवार भूतपूर्व राजा ज्ञानेन्द्रका एडिसी सहायक रथी बिजयबिक्रम खड्का र राजदरवार रक्षक बाहिनीका बाहिनीपति सहायकरथी श्याम थापामगरसँग बयान लिएको छ । दरवारको सुरक्षा व्यवस्थाबारे उनीहरुसँग कार्यदलले बयान लिएको थियो। आज कार्यालय समय सुरु हुनासाथ कार्यदलका संयोजक एबं गृह सहसचिव मोदराज डोटेलसहितको टोली दरवार प्रवेश गरेको थियो । नेपालको इतिहासमा यसरी निजामति प्रशासनको टोली दरवार प्रवेश गरेको यॊ पहिलो पटक हो । टोलीले दरवारको सुरक्षा व्यवस्थाको अध्ययन गरी राजा रहितको दरवारको सुरक्षा व्यवस्था कसरी मिलाउने, भूतपूर्व राजाका एडिसी र दरवारभित्र रहेका सैनिकहरुको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धी अध्ययन प्रतिवेदन सरकारलाई बुझाउनेछ । टोली नारायणहिटीको पश्चिम ढोकाबाट दरवार प्रवेश गरेको थियो । आजैका दिन ८ वर्षअघि नारायणहिटीमा हत्याकाण्ड भएको थियो जहाँ राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायत राजपरिवारका १० जना मारिएका थिए । दरवार हत्याकाण्डका कारण ८ वर्षअघि ऐतिहासिक बन्न पुगेको आजको दिन नै निजामति प्रशासन पहिलो पटक दरवार प्रवेश गरेपछि यो दिन फेरि अर्को ऐतिहासिक दिन बन्न पुगेको छ । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®