Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

लिम्बुवानका लागि १० लाख हस्ताक्षर संकलन



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
फोटो फिचर:
चिया बारीमा...हो...चिया बारीमा... अब लिम्बुवान स्वायतताको भाखा


Photos: DB

काठमाण्डौ, 6 Feb, 09-
"चिया बारीमा...हो...चिया बारीमा, सधैं उडी रहने बादललाई, सधैं फुली रहने फुलहरुलाई...!", "ईलामे शहर चियाबारी राम्रो घर पर्‍यो त्यही हाम्रो, कस्की हौ छोरी चन्चले मोरी लैजाने आँट हाम्रो..." तर यतीखेर पुर्बी नेपालको चियाबारीहरुमा बादल र फुलहरुसँग लुकामारी खेल्दै चन्चले मोरीको होइन लिम्बुवान स्वायत्तताका शुरिलो भाका गाउँ गाउँमा घन्किदै छ।

लिम्बुवानको स्वात्तता पछि चियाबारीहरुको अरु बिकास र महिमा गाइने कुरामा लिम्बुवानको स्वतन्त्रता चाहनेहरु पूर्ण विश्वाशमा छन्। तर सरकारले सङ्घियता दिन आनाकानी गरे पूर्वको सुन्दर चिया बगानहरु युद्धको सङ्खघोश गर्ने थलो बन्ने पक्का छ। त्यतिखेर, चिया बारीमा फुलेका स्वतन्त्रताका सुन्दर सपनाहरु उडी रहने बादल र फुलहरुको गीतमा भुल्ने छैनन् बल्की मुक्तिको जोशिलो आवाजसँगै गर्जिने छन्‌ र माग गर्ने छन्‌- स्वतन्त्र लिम्बुवान राज्यको।

काठमाडौं खाल्डो र बिदेशमा बसेर सङ्घियताको बिरोध गर्नेहरुको लागि पुर्बी नेपालको चियाबारिहरुमा सल्किएको स्वतन्त्रताको राँकोलाई नजर अन्दाज नगर्दा नै देशको भलो हुने कुरा बुझ्ने मति बेलैमा पलाओस्‌।

-Lichchhabi Magar in Kathmandu

 
लिम्बुवानका लागि १० लाख हस्ताक्षर संकलन

फेदेन, पान्थर, लिम्बुवान, 6 Feb, 09 संयुक्त लिम्बुवान मोर्चा नेपालको आयोजनामा ताप्लिजोङपछि पान्थरको फेदेन सदरमुकाममा हजारौंको लिम्बुवानी जनमासले जुलुस र आमसभाका साथ १० लाख हस्ताक्षर संकलन अभियान संचालन गर्दै लिम्बुवान स्वायत्तताको शान्तिपूर्ण आन्दोलनलाई अझ व्यापकता दिएका छन्‌ ।


Photos: DB


लिम्बुवानमा रहेका विभिन्न सात राजनीतिक दल र लिम्बू जातिको सर्वोच्च सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको समन्वयमा गठित एवं संचालित संयुक्त लिम्बुवान मोर्चा नेपाल र संचालित दोस्रो चरणको आन्दोलन ऐतिहासिक रुपमै सफल भएको देखिन्छ ।

संयुक्त लिम्बुवान मोर्चा पान्थर थुमको आयोजनामा सम्पन्न उक्त विशाल जनसभा हुनअघि हजारौंको जनमासले विभिन्न नाराबाजीका र बाजागाजाका तथा सांस्कृतिक झाँकी र पोशाकका साथ फेदेन सदरमुकामको परिक्रमा गरेको थियो । जुलुस प्रदर्शनपछि विशास आमसभामा परिणत भएको थियो ।

मोर्चा पान्थरका संयोजक मलिसा याक्थुङबाको सभाध्यक्षतामा सम्पन्न भएको थियो । आमसभामा स्थानीय बुद्धिजीवी, समाजसेवी र राजनीतिक संगठनका प्रतिनिधिहरुले पनि लिम्बुवान स्वायत्तताको आवश्यकता र औचित्यका बारेमा आ आफनो धारणा राखेका थिए । संविधान सभासद माननीय ध्रुब आङदेम्बे र डम्बरसिङ सम्बाहाम्फेलेसमेत सम्बोधन गर्नुभएको आमसभामा मोर्चाका आवद्ध सबै संगठनका शीर्षस्थ नेताहरुले सम्बोधन गरेका थिए ।

मोर्चामा आवद्ध लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष वीर नेम्बाङ, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा एकीकृत नेकपा माओवादीका अध्यक्ष श्री जबेगू, संघीय लिम्बुवान राज्य परिषद संघीय लोकतान्त्रिक राष्ट्रिय मचका अध्यक्ष कुमार लिङदेन मिराक, नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ नेकपा एमालेका सचिव त्रिवेणी चोङबाङ, नेपाल लिम्बुवान स्वशासित संघ एकीकृत नेकपा एकीकृतका अध्यक्ष के.बी. फुदोङ, लिम्बुवान प्रान्तीय परिषद राजमुपाका धनधोज लिम्बू, नेपाली कांग्रेस सम्वद्ध प्रतिनिधी मंगल मेन्याङबो र किरात याक्थुङ चुम्लुङका महासचिव योजराज वनेमले मोर्चाको आवश्यकता र महत्व तथा लिम्बुवानको अपरिहार्यता बारे आ आफनो धारणा राखेका थिए ।

यसरी नै लिम्बुवानका ९ वटै जिल्लामा कार्यक्रम सचालन गरेपछि यही चैत्र महिनाको पहिलो हप्तामा जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितताका लागि हजारौंको जनमास काठमाडौं गई एकात्मक केन्द्रीकृत राज्य सत्ता र संविधान सभालाई घेर्ने कार्यक्रम रहेको छ ।

-डीबी आङबुङ, फेदेन पान्थर, लिम्बुवानबाट

प्रस्तुत छ, बिशेष फोटो फिचर:

Sewaro!

We are again sharing our information about the movement of United Limbuwan Front, Nepal at different places of Limbuwan. The Front conducted the mass meeting and rallies with signature collection campaingn at Feden of Panther Limnuwan today.

Leaders from diffrerent political and social organizations were gathered here.

The main objectives of the movement is to create peaceful pressure to the government of Nepal for the establishment of Limbuan autonomous state in Federal democratic republic Nepal with the right to self-determination.

Front had completed its program at Fungling of Taplijong on Wednerday. There will be another program at Ilam Bajar of Ilam Limbuwan.

The detail news of the program will be sent to you later.

Now, we are sharing you some photos of the rally at Feden Bajar, Panthar. At the rally people of Limbuwan wore cultural dresses, played musical instruments and sang the songs of liberation.

-DB Angbung Limbu, Information Depart
United Limbuan Front,Nepal,Feden Bazar, Panthar, Limbuwan Nepal



Photos: DB






Photos: DB




Photos: DB
 
Read our more related news:
New Archive
» लिम्बुवानका जनता जागे, लिम्बुवान स्वायतताका लागि जनसभाहरु शुरु
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®