
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
नेपाली सेनासँग कुनै बिवाद छैन- प्रधानमन्त्री
२ लाख ५० हजारले हेर्ने चितवन महोत्सव २०६५ सुरु
काठमाण्डौं,
January 9, 2009-
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली सेनासँग कुनै बिवाद
नभएको बताएका छन । चितवन महोत्सबको उद्घाटन गर्न पुस २५ गते नारायणगढ
पुगेका प्रधानमन्त्री प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा
गर्दै सेनासँग रहेको सामान्य असमझदारी टुङ्गिसकेको उल्लेख गरे ।
नेपाली काँग्रेससँग पनि छलफल गरी सहमतिका साथ नै अघि वढ्न आफुहरुले प्रयास
गरीरहेको प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीले सरकारमै वसेर पनि
एमालेले असहयोगी भुमिका खेलीरहेको दाबी गरे । स्थानीय कार्यकर्ताहरुसँग भेट
गर्दै सरकारले अघि सारेका कार्यक्रमलाई तल्लो तहसम्म लागू गर्न निर्देशन
दिनु भयो ।
यसैवीच समग्र चितवनको पहिचान गराउने उद्देश्यकासाथ आजबाट चितवन महोत्सव
२०६५ सुरु भएको छ । नारायणी नारायणी नदी किनारमा सन्चालन भएको महोत्सवको
उद्घाटन प्रधानमन्त्री प्रचण्डले गरेका थिए ।
महोत्सवमा जिल्लाका आदीवासी थारु समुदाय, विपन्न वर्ग चेपाङ समुदाय, थकाली
समुदाय लगायत जात जातीको भेष, भुषा र उनीहरुको दैनिक जीवनको सम्पूर्ण
जानकारी दिइने आयोजकले जनाएको छ ।
महोत्सवको २ लाख ५० हजारले अवलोकन गर्ने र ७ करोड बराबरको कारोबार हुने
आयोजकको अनुमान छ । २०५३ सालदेखी हरेक २/२ वर्षमा सो क्षेत्रमा यस्तो
महोत्सवको आयोजना हुदै आएको छ ।
-Santa Bagam in Kathmandu
|
|