|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यूयोर्कमा पूर्व उपसभामुख चित्रलेखा यादव सम्मानित |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Former Deputy Speaker of Nepal Chitralekha Yadav speaking at the event in New York where she was honored by Nepali Jana Samparka Samiti America. Photos: eEyeCam न्यूयोर्क, December 22, 2008- नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपसभामुख चित्र लेखा यादवलाई एक समारोह बीच अमेरीकाको न्यूयोर्कमा सम्मानित गरिएको छ । यही डिसेम्बर २१ तारीकको साझ नेपाली जनसर्म्पर्क समिती अमेरीकाद्धारा आयोजित कार्यक्रममा उहांलाई सम्मानपत्र एवं दोसल्ला ओर्ढाई सम्मान गरिएको हो । नेपाली कांग्रेसको नेतृत्व वृत्तमा सफल महिला नेतृको रुपमा स्थापित चित्र लेखा यादवलाइ नेपाली जनसर्म्पर्क समिती अमेरीकाका अध्यक्ष आनन्द विष्टले सम्मानपत्र एवं दोसल्ला ओर्ढाई सम्मान गर्नुभएको थियो । सम्मान समारोहलाई संवोधन गर्दै सम्मानित नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपसभामुख चित्र लेखा यादवले जवसम्म म भन्ने भावना हामीमा रहन्छ तवसम्म हामीले समाज र आफू आवद्ध संस्थालाई केही गर्न सक्दैनौ, त्यसै कारणले आज नेपालमा कांग्रेसले संविधान सभामा पराजय भोग्नुपर्यो भन्दै पार्टी संगठनलाई दुःख पर्दा मद्दत गर्ने थोरै हुन्छन् र सत्तामा आउदा वा सुख आउदा लुछा चुडी गर्न आउनेको तंाती लाग्छ भन्दै अमेरीकामा पनि हिजो दुःखको समयमा काम गर्नेहरुको पार्टी उचित सम्मान हुनुपर्ने पार्टी नेत्रित्व तहले विवादलाई यती लामो समय सम्म राख्नु उचित होइन । तपाईहरु मलाई सहमति दिनुस म तपाईहरुलाई एकता दिन्छु आज तपाईहरुको सम्मानले मलाई अझ ठूलो योगदान गर्न अभ्रि्रेरित गरेको छ भन्नुभयो । संवोधनको क्रममा उहांले तपाईहरुको समस्या कालो कोठामा सड्यन्त्रको तानावाना बुन्नेहरुले सिर्जना गरेका हुन भन्दै म यसलाई समाधान गर्न तपाईहरुको तर्फवाट लड्ने छु भन्नुभयो । र म तपाईरुका सारा कुरा यथार्त रुपमा पार्टी समक्ष राख्ने छु भन्नुभयो । |
|
|
Organizers and guests at the event. Photos: eEyeCam आफूलाई सम्मानित गरिएकोमा नेपाली जनसर्म्पर्क समिती अमेरीकालाई धन्यवाद दिदै एकजुट भएर देश र पार्टीको लागी काम गर्न आव्हान गर्दै संगठनले हिजोको समयमा जस्तै आज पनि पार्टीलाई अमेरिकाबाट सहयोग गर्नु आवश्यक छ भन्नुभयो । कार्यक्रममा डा. तारा निरौलाले सबै पक्ष आपसमा मिलेर अगाडी बड्नुपर्ने कुरामा जोड दिदै आपसी विवाद समाधान गर्न जरुरी रहेको बताउनुभयो । उहांले आज फुटेको शक्ति जुट्नु पर्ने अवस्थामा अमेरिकामा काग्रेस फुटाएर नेताहरुले फइदा लिन खोज्नु दुःखद कुरा हो भन्दै अव बन्ने संविधानमा नेपाल भन्दा बाहिर रहेका नेपालीको आवाजको प्रतिनिधीत्व हुनुपर्र्यो भन्नुभयो । Dr. Tara Niraula speaking at the event. Photos: eEyeCam त्यसै गरी कार्यक्रममा नेपाली जनसर्म्पर्क समिती अमेरिकाका संस्थापक सदस्य डा.विनोद शाहले श्रीमती यादव सम्मानित हुनुको औचित्य माथि प्रकाश पार्दै हिजोको दिनमा देशमा सङ्कट पर्दा आनन्द विष्टको नेतृत्वमा जुलुस, आन्दोलन भए र अन्तराष्ट्रिय रुपमा नेपालको ध्याननाकषिर्त गर्ने काम भयो । जब देशमा सहज वातावरण बन्यो प्रजातन्त्र आयो तब केही व्यक्तिहरुले अवसरको फाईदा लिदै अर्को समिती खोलेर विवाद ल्याउने काम गरेको देखियो भन्दै केन्द्रिय नेताहरुको असक्षमताले गर्दा अमेरिकामा यो विवाद भएको हो भन्नु भयो । Dr. Binod Shah speaking at the event. सन्मान कार्यक्रमलाई संवोधन गर्दै अन्तराटि्रय साहित्य समाज न्यूयोर्ककी अध्यक्ष गिता खत्रिले हिजो हान्दोलन गर्दा साथीहरु खोज्नु पर्ने अवस्था थियो घाम जस्तै र्छलङ्ख छ कि अमेरिकामा हिजोका दिन कसले काम गर्यो भनेर भन्दै उहँाले पदका लागि मारामार गर्नेुको औचित्य छैन भन्दै सबै मिलेर देशका लागि केहि गरौं भन्ने भावना को विकास गर्नुपर्छ भन्नुभयो । Gita Khatri speaking at the event. Photos: eEyeCam कार्यक्रमलाई संवोधन गर्दै पत्रकार बद्री सिग्देलले नेपालमा काग्रेस भित्र भएको रोग यहां पनि रहेछ भन्दै प्रवासमा रहने साथीहरुले गरेको कामको मूल्याङकन गर्नुको सटट्ा आफनो स्वार्थको लागी यसरी विवाद सिर्जना गरिदिनु उचित होइन भन्दै नेताहरुले तुरुन्तै यो विवादलाई समाधान गर्नुपर्छ भन्नुभयो । Badri Sigdel speaking at the event. कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनसर्म्पर्क समिती अमेरिकाका अध्यक्ष आनन्द बिष्टले यहँा कुनै दुई संगठन छैनन् केहि झुञ्ड, समूहले आफ्नो स्वार्थका लागि एउटै प्रकृतिको नाम राखेर झमेला श्रृजना गरेका छन् । पार्टीले हमेसा हामीलाई मान्यता दिएको छ । कोही कराउदैमा वा रोदन गर्दैमा हामी विचलित र उद्वेलित हुनु पर्ने छैन भन्दै नोभेम्बर २८ र २९ मा न्यू योर्कमा पाच सय भन्दा बढि प्रतिनिधि सहभागी भएर सम्पन्न भएको महाधिवेशनले नै प्रमाणित गरेको छ कि को आधिकारिक हो कसको हैसियत के छ भन्दै सबैलाई एक जुट भएर लाग्न आवहान् गर्नुभयो । चित्रलेखा दिदिलाई सम्मान गर्न पाउँदा आज हामी गौरवान्वीत भएका छौ भन्दै उहाँले अबलम्बन गरेको मार्गमा हिड्ने प्रतिबद्घता समेत व्यक्त गर्नुभयो। Anand Bist speaking at the event. Photos: eEyeCam नेपाली जनसर्म्पर्क समिती न्यू योर्क च्यापटरका उपाध्यक्ष लाक्पा शेर्पाको अध्यक्षता सम्पन्न सम्मान कार्यक्रमको संचानल नेपाली जनसर्म्पर्क समितीका महासचिव वेदप्रसाद खरेलले गर्नु भएको थियो । कार्यक्रममा नेपाली जनसर्म्पर्क समितीका उपाध्यक्ष काजी शेर्पाले स्वागत भाषण गर्नु भएको थियो भने नेपाली जनसर्म्पर्क समिती अमेरिकाका अर्का उपाध्यक्ष रवि किरण कोइरालाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यसै गरि नेपाली जनसर्म्पर्क समिती न्यूयोर्क च्याप्टरका महासचिव गजेन्द्र बुढाथोकिले सम्मानपत्र पढेर सुनाउनु भएको थियो। Lahakpa Sherpa speaking at the event. कार्यक्रममा विगत केही वर्ष देखी मृगौला रोगले पिडीत पासाङ लामा हयोल्मोको उपचारका लागी नेपाली जनसर्म्पर्क समिती अमेरिकाले संकलन गरेको ३०९ डलर प्रमुख अतिथी श्रीमति यादवले संस्थाका उपाध्यक्ष काजी शेर्पालाई हस्तान्तरण गर्नुभयो । उक्त रकम छिट्टै नै पिडित परिवारलाई बुझाइने छ । -Bedprasad Kharel in New York Mr. Kharel is the General Secretary of Nepali Jana Sanpark Samiti America (Anad Bist Group) Former Deputy Speaker of Nepal Chitralekha Yadav speaking at the event. Photos: eEyeCam Photos: eEyeCam |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||