Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

चीनको चासोलाई नेपालले आफ्नो हितमा उपयोग गर्न सक्नु पर्ने



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काठमाण्डौं, December 4, 2008- चिनिया बिदेश मन्त्री याङ्ग जेइचीको नेपाल भ्रमणलाई आधार बनाएर विभिन्न राजनीतिक दल र कुटनीतिज्ञहरुले नेपालमा चीनको चासो बढेको बताएका छन् । यो स्थितिमा चीनलगायत मुलुकले बढाएको चासोलाई नेपालले आफ्नो हितमा उपयोग गर्नसक्नुपर्ने बताए।

नेकपा माओवादीका केन्द्रीय सदस्य अग्निप्रसाद सापकोटाले नेपालमा चीनको चासो बढेको बताए । 'चीनले नेपालको हित होस् भन्ने हेतुले चासो बढाएको हुनसक्छ' माओवादी नेता सापकोटाको कथन छ- 'चीनले नेपालमा दीगो शान्ति कायम भई आर्थिक समृद्धि हासिल होस् भनेर चासो बढाएको हुनुपर्छ ।'

चिनियां विदेशमन्त्रीको नेपाल भ्रमणमा नयां संविधान निर्माण, शान्ति प्रकि्रया र आर्थिक विकासका विषयमा गम्भीर छलफल हुने बताएका माओवादी नेता सापकोटाले चीनसंग आफूहरुको सम्बन्ध सुदृढ हुँदै गएको दावीपनि गरे । चीनले नेपालको जलविद्युत यातायातलगायतका क्षेत्रमा सहयोग विस्तार गर्ने आशा व्यक्त गर्दै उनले। चीनले सेना समायोजन विगतको सहमतिअनुसार होस् भन्ने चाहना व्यक्त गरेको जानकारीपनि दिए ।

बैदेशिक मामिलाका ज्ञातासमेत रहेका नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले चीनले नेपालमा राजनीतिक परिवर्तनका कारण चासो बढाएपनि चीन सँधै नेपालको हितको पक्षमा रहेको बताए । 'माओवादी नेतृत्वको सरकार हुँदैमा चीनले सहयोग बढाउने लागेको होइन' खड्काले भने- 'चीनले नेपाली भूमि आफूविरुद्ध प्रयोग नहोस् भनेर शतर्ककता प्रदर्शन गर्दै आएको हो ।' चीनलगायत अन्तराष्ट्रिय शक्ति राष्ट्रहरुको चासोलाई नेपालले आफ्नो हितमा प्रयोग गर्नुपर्ने बताएका उनले विदेशी चासोलाई विकास र प्रगतिमा बदल्न राष्ट्रिय सहमतिमा जोड दिए ।

परराष्ट्रमन्त्रीका सल्लाहकार श्यामानन्द सुमनले चिनियां विदेशमन्त्रीसँग शान्ति प्रकि्रया, आर्थिक विकासलगायतका विषयमा छलफल हुने एजेण्डा तयार भएको बताए । चीनले सहयोग विस्तारको घोषणा गर्ने उनको भनाई थियो । भ्रमणका क्रममा बाहिरी चक्रपथ रेल्वे विस्तार, माथिल्लो त्रिशुली आयोजना, क्षेत्रीय विमानस्थलको विकासलगायतमा छलफल हुने बताउँदै सुमनले चीनियां विदेशमन्त्रीको भ्रमणमा राजनीतिक विषय प्राथमिकतामा नरहेको दाबी गरे ।

नेकपा एमाले का युवा नेता राजन भट्टराईले नेपालमा चीनले चासो निकै बढाएको बताउँदै चीन र भारतको शक्तिमा निकै बृद्धि भएकालेपनि बीचमा रहेको नेपालमा विदेशी चासो बढ्नुलाई स्वाभाविक मान्नुपर्ने बताए । उनले भने- 'नेपालमा चीन र भारतको मात्र हैन अमेरिका र युरोपेलीको पनि चासो बढेको छ, त्यसलाई सधै खतरा देख्ने पुरानो बानी त्यागेर अवसर सम्झेर विकास र राष्ट्रिय एकता बलियो बनाउने माध्यमका रुपमा प्रयोग गर्नुपर्छ ।' चीनले तिब्बतको मामलामा अन्य राष्ट्रहरुबाट नेपालको भूमि प्रयोग भई आफूविरुद्ध गतिविधि हुनसक्नेमा शतर्कता देखाएर चासो बढाएको हुनसक्ने बताए ।

चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्यले नेपाली भूमि आफूविरुद्ध प्रयोग हुनसक्ने खतराबाट चीन सधै चिन्तित रहेको बताए । सोही चिन्ताका कारण विगतमा भन्दा नेपालप्रति चासो बढेको बताउँदै आचार्यले भने- 'शक्ति राष्ट्रका रुपमा उदाएको चीनको नेपालप्रतिको चासो निकै बढेको छ ।' नेपालप्रति अन्य विदेशीको चासो पनि बढेकाले चीन शतर्क भएको हुनसक्ने उनको कथन थियो ।

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®