|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
'नेपालमा सार्वभौमसत्ता र अखण्डता खतरामा परे चीन चुप लागेर बस्दैन' |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपाल-चीनको ४०० मिलियन डलर व्यापार
बृद्धि गरी ४ हजार मिलियन डलर पुर्याउने लक्ष्य इन्टरप्रेटरका साथमा पत्रकारहरुसँग कुराकानी गर्दै चिनिया राजदूत गोहोङ Photo: Sitaram काठमाण्डौं, December 13, 2008- नेपालका लागि चिनिया राजदूत झु गोहोङले नेपालको सार्वभौमसत्ता र अखण्डताका लागि चीनले जस्तोसुकै सहयोग गर्ने बताएका छन् । चीनले नेपालको सार्वभौमसत्तालाई सधै सम्मान गर्दै आएको बताउँदै चिनिया राजदूतले कतैबाट त्यसमाथि प्रहार हुने खतरा भए चीन चुप लागेर नबस्ने संकेत समेत गरेका छन् । 'नेपालमा सार्वभौमसत्ता र अखण्डता खतरामा परे चीन चुप लागेर बस्दैन' नवनियुक्त राजदूत गोहोङले शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा भने- 'नेपाल चीनको सार्वभौमसत्ताको सधै सम्मान गर्छ ।' नेपालमा पछिल्लो समयमा समस्याहरु देखिएबाट चीन गम्भीर भएको बताउँदै उनले नेपालको समस्यालाई चीनले असलमित्रको समस्याको रुपमा हेरेको बताउदै अप्ठ्यारा समयमा सहयोगी भूमिका निभाउने स्पष्ट पारे । हाल चर्चामा रहेको कालापानी समस्या समाधानमा चीनको भूमिका के हुनेछ भन्ने प्रश्नमा उनले भने- 'नेपालको सार्वभौमसत्ता र अखण्डताका लागि चीन आवश्यक सहयोग गर्न तयार छ तर कुनै निश्चित मुद्दामा भने वैदेशिक नीतिलाई आधार मानेर सहयोग गर्छ ।' कालापानी समस्या सहमतिबाटै समाधान होस् भन्ने चीनको चाहना रहेको बताए । उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले कालापानी समस्या समाधानका लािग चीनको भूमिकाबारे दिएको अभिव्यक्तिको मनशायबाट आफूहरु जानकार भएको बताएका उनले गौतमको अभिव्यक्तिको सम्बन्धमा भने- 'उपप्रधानमन्त्रीले राजनीतिक सहयोगको आशा गर्नुभएको होला हामी निश्चित स्थानमा भन्दा समग्रमा सहयोग गर्न तयार छौं ।' |
|
|
राजदूत गोहोङले नेपालको शान्ति स्थायित्व र विकासका लागि चीन सहयोगी बन्दै आएको भन्दै आगामी दिनमा पनि त्यसप्रति गम्भीर हुने स्पष्ट पारेका छन् । नेपालको शान्ति प्रकि्रयामा सहयोग गर्ने बताउँदै उनले चीनले नेपालले मागेको सहयोग दिदैआएको बताए । नेपालको स्थायित्व, विकास र सम्बृद्धि चीनको चाहना हो भन्दै त्यसका लागि आफूले योगदान दिन चाहेको बताउँदै उनले नेपाल र चीनबीच आर्थिक एवं सामाजिक सम्बन्ध विस्तारका लागि आफूले बनाएको योजनामा नेपाल सरकार सहयोगी बन्ने आशा व्यक्त गरे । उनले सेना समायोजनमा चीनले सहयोग गर्छ भन्ने प्रश्नमा उनले त्यस्तो सहयोगको कुनै प्रस्ताव नआएको जानकारीपनि दिएका छन् । चीनले नेपाललाई हतियार सहयोग दिने कुनै योजना पनि नरहेको बताउँदै उनले कारण खुलाए- 'चीनले आक्रमणकालागि प्रयोग हुने कुनैपनि हतियार अर्को देशलाई दिने नीति लिएको छैन ।' चीनको नेपालजत्तिकै भारतसँग पनि समानान्तर सम्बन्ध स्थापित गरेको उनले बताए । भारतसँग आफूहरुको कुनै द्वन्द्व नभएको बताउदै राजदूत गोहोङ्गले भने- 'नेपाल र चीन असल मित्र हुन् र भारत पनि त्यत्तिकै असल मित्र हो ।' नेपालमा दीगो शान्ति स्थापना भए समग्र दक्षिण एशियामा शान्ति स्थापनामा सहयोग मिल्ने भएकाले आफूहरुको सहयोग शान्ति प्रकि्रयामा रहिरहने उनले स्पष्ट पारेका थिए । आफ्नो कार्यकालमा नेपालमा सहयोग वृद्धिका अलावा चिनियां लगानी बढीभन्दा बढी वृद्धि गर्न पहल गर्ने बताउँदै चिनिया राजदूतले नेपाल र चीनबीचको ४०० मिलियन डलर बराबरको व्यापार बृद्धि गरी चार हजार मिलियन डलर पुर्याउने लक्ष्य राखिएको बताएका छन् । चिनिया लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह समेत गरेको खुलाशापनि उनले गरे । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||