|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
वालवालिकाहरुलाई तस्करीमा प्रयोग लहान, 12 Feb, 09- कलम कापी बोकी विद्यालय जाने उमेरका वालवालिकाहरु तस्करीमा प्रयोग भईरहेको सुन्दा अपत्यारिलो लाग्छ । तर सिरहा जिल्लाको दक्षिणी सिमावर्ती वरियारपट्टि नाकामा अहिले यस्तै दृश्य जोकोहीले देख्न सकिन्छ । त्यहांका व्यापारीहरुले सिमापारी भारतको लदनियां बजारबाट विनारोक टोक सामानहरु तस्करी गरी ल्याउंदै गरेकोमा एकाएक प्रहरीले रोक लगाएपछि वालवालिकालाई तस्करी कार्यमा होमिएको हो । वरियारपट्टिमा एकाएक सिमा सुरक्षार्थ सशस्त्र प्रहरी बस्न थालेपछि तस्करीमा नियन्त्रण गरेपछि त्यहांका वालवालिका तस्करीमा प्रयोग गर्न थालिएको हो । त्यहांका व्यापारिहरुले सिमापारी भारतको लदनियां बजारमा दैनिक उपयोग्यका सामानहरु किनेर दिन्छन् र ती वालवालिकाहरुले सजिलैसंग प्रहरीको आंखा छलि ती सामानहरु वरियारपट्टितर्फ ल्याई रहेका छन् । 'शुरुमा यहांका व्यापारीहरुले दैनिक रुपमा दर्जनौ नावालकलाई तस्करीमा संलग्न गराई अवैद्य सामान ओसारपसार गर्न लगाईयो' सशस्त्र प्रहरी वल वरियारपट्टिका सशस्त्र प्रहरी निरिक्षक हेम जिसी भन्छन्- 'पछि हामीले थाहा पाएर नावालकहरुलाई तस्करीमा प्रयोग गरिरहेको देख्दा त्यो पनि रोकेको हो ।' आठदेखि दश वर्षसम्मको करिब आधा दर्जन वालवालिकाहरुलाई साईकल दिएर तस्करी कार्यमा प्रयोग गर्दै आइरहेको देख्दा स्थानीय वुद्धिजीविहरु औला टोक्न बाध्य भएका छन् । वाल अधिकारको उलघंन गर्दै वरियारपट्टिका व्यापारीहरु कलिला वालवालिकाहरुलाई तस्करीमा प्रयोग गरेको देखेर त्यहांका सशस्त्र प्रहरीले कडाई गरेकोले अहिले तस्करी नियन्त्रणमा आएको स्थानीय व्यक्तिहरु बताउंछन् । -Dineshwarprasad Gupta in Lahan |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||