गिरिजा बाबुलाई सरकारी घर र उपचार खर्च Indian movie Chandni Chowk To China. Photos
courtesy:cc2c-thefilm.com
काठमाण्डौ, January 22, 2009- सरकारले हिन्दी चलचित्र 'चाँदनी चोक टु
चाइना' नेपालमा प्रर्दशन गर्न प्रतिबन्ध लगाएको छ । माघ ९ गते बसेको
मन्त्री परिषदको वैठकले चलचित्र प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाएको सरकारका
प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
नेपालको लुम्बिनीमा जन्मेका गौतम बुद्धको जन्म भारतमा भएको भन्ने गलत दुष्य
चलचित्रमा भएकाले प्रतिबन्ध लगाउने निर्णय गरेको महराले बताए । महराले भारत
लगायतका देशहरुमा समेत चलचित्र प्रदर्शनीमा रोक लगाउन परराष्ट्र मन्त्रालय
मार्फत पहल गरिने निर्णय भएको उल्लेख गरे ।
िसंहदरबारस्थित मन्त्री परिषदको कार्यालयमा बसेको आजको वैठकले नेपाली
काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सरकारले
बस्ने घर तथा औषधी उपचार खर्च व्यवस्था गरिदिने निर्णय गरेको छ ।
यसैवीच स्थानीय विकासमन्त्री रामचन्द्र झाले काठमाडौंको फोहोर आजैदेखि
उठाउन शुरु गरिने बताएका छन् । आन्दोलनकारीहरुसँग १० बुँदै सहमती भईसकेकाले
अब फोहोर फाल्न वा उठाउन बाधा हाल्ने विरुद्ध बल प्रयोग गरेर भएपनि
काठमाडौंको फोहोर उठाइने बताए । विगत १८ दिनदेखि फोहोर उठ्न सकेको छैन ।
-Santa Bagm in Kathmandu
Indian movie Chandni Chowk To
China. Photos courtesy: cc2c-thefilm.com