Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

कान्तिपुर दैनिकलाई अब बल्ल हुने भो च्यालेन्ज



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

काठमाण्डौ, 7 Mar, 09- नेपालको सबैभन्दा बढी पढिने र सबैभन्दा बढी बिज्ञापन उठाउन सफल दैनिक पत्रिका कान्तिपुर'बाट अलग भएर छुट्टाछुट्टै पत्रिका प्रकासनको तैयारी गरिरहेका दुई समूह अन्तत: एक भएका छन् ।

कान्तिपुरबाट अलग भएको हेमराज -विनोद ज्ञवाली समूह अलग भएको थियो ।

नयाँ पत्रिका प्रकासनको तैयारीसँगै हेमराज-विनोद समूहबाटपनि हरि श्रेष्ठको अर्को समूह अलग भएको थियो । तर अब ज्ञवाली र श्रेष्ठ समूहबीच पुन: सहमति भएको छ । सहमतिसँगै आगामी बैशाखमा नेपाली पत्रकारिताको बजारमा अर्को नयाँ दैनिक देखापर्ने भएको छ । नयाँ नेपाली दैनिकको नाम 'दैनिकी' अंग्रेजी दैनिकको नाम 'रिपब्लिका' रहने भएको छ ।

कान्तिपुरबाट अलग हुनासाथ ज्ञवाली समूहले न्यू रिपब्लिक मिडिया प्रकासन प्रालिको स्थापना गरेको थियो । तर आन्तरिक खटपट सुरु भएपछि त्यही समूहमा रहेका हरि श्रेष्ठले धुम्बाराही मिडिया प्रालिको गठन गरेका थिए । यसमध्ये ज्ञवाली समूहले नेपाली भाषामा 'नागरिक' दैनिक र अंग्रेजीमा 'न्यूज प्रुन' प्रकासन गर्ने तैयार गरेको थियो । श्रेष्ठ समूहले भने नेपालीमा 'दैनिकी' र अंग्रेजीमा 'रिपब्लिका' प्रकासन गर्ने भएको थियो । विभाजन लगत्तै दुबै समूहले नयाँ प्रेस खरिद, कार्यालय स्थापनामा करोडौं लगानी गरिसकेका थिए ।

प्रेस किन्ने विषयमा ज्ञवाली र श्रेष्ठबीच विवाद सिर्जना भएपछि कान्तिपुरबाट अलग भएको यो समूहमा विभाजन आएको थियो । विवाद सिर्जना भएपछि सो समूहमा रहेको सम्पादकीय समूह पुरै श्रेष्ठ समूहतिर लागेको थियो । नारायण वाग्ले, गुणराज लुँइटेल, प्रतिक प्रधान, अमित ढकालजस्ता हस्तिहरु श्रेष्ठ समूहमा लागेका थिए । यसले गर्दा ज्ञवाली समूह अप्ठेरोमा परेको थियो । यही अप्ठेरोका कारण ज्ञवाली समूहले समय साप्ताहिक चलाइरहेका कान्तिपुरका पूर्व सम्पादक युवराज घिमिरेलाई सम्पादक बनाएर आफ्नो तैयारी सुरु गरेको थियो ।

आर्थिक व्यवस्थापनमा श्रेष्ठ समूह कमजोर भएपनि यसले सम्पादकीय समूह भने निकै राम्रो बनाएको थियो । यो समूहले दैनिकी र रिपब्लिकाको अनलाइन संस्करण www.myrepublica.com सुरु गरिसकेको छ । उता आर्थिक रुपले सम्पन्न भएपनि ज्ञवाली समूहले भने पत्रिका प्रकासनकालागि आवस्यक तैयारी गर्न सकेको थिएन । सम्पादकीय समूह योग्य हुन नसकेका कारण ज्ञवाली समूहको राम्रो तैयारी हुन सकेको थिएन । ज्ञवाली समूहमा पूर्व समय साप्ताहिकका पत्रकारहरुको बाहुल्यता थियो । उता श्रेष्ठ समूहमा भने कान्तिपुरबाट फुटेका पत्रकारहरुको बाहुल्यता थियो ।

दुबै समूहबीच मर्ज गर्ने सहमति भएपछि नेपाली, अंग्रेजी दुबै दैनिकको समूह सम्पादक युवराज घिमिरे हुने भएका छन् भने दैनिकीको सम्पादक नारायण वाग्ले हुने भएका छन् । रिपब्लिकाको सम्पादक अमित ढकाललाई बनाइने भएको छ । मर्ज अघि चािहं रिपब्लिकाको सम्पादक प्रतीक प्रधानलाई बनाउने सहमति थियो । उनैको अगुवाईमा ज्ञवाली समूहबाट हरि श्रेष्ठ अलग हुन सहमत भएका थिए । तर अब उनी पाखा लाग्ने भएका छन् । मालिकहरुबीचको यो सहमतिप्रति समूह सम्पादक घिमिरेपनि सन्तुष्ट नरहेको बुझिएको छ ।

-Sitaram Baral in Kathmandu
   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®