धमलाविरुद्ध हातहतियार तथा खरखजाना ऐन अर्न्तर्गत
मुद्दा दायर
काठमाण्डौ, 24 Feb, 09-
आपराधिक भूमिगत गिरोह रणवीर सेनासँग संलग्न रहेको आरोपमा पक्राउ
परेका रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला बिरुद्ध जिल्ला प्रशासन कार्यालय
काठमाडौंमा मुद्दा दायर गरेको छ । फागुन १३ गते धमलाविरुद्ध हातहतियार तथा
खरखजाना ऐन अर्न्तर्गत मुद्दा दायर गरिएको हो ।
प्रहरीले धमलालाई जिल्ला प्रशासन कार्यालयबाट पटकपटक म्याद थपेर अनुसन्धान
गरेको थियो । पछिल्लो पटक जिल्ला प्रशासन कार्यालयले धमलालाई थुनामा राख्न
लिएको म्याद आज थियो ।
धमलाको अपराधबारे प्रहरीको तर्फाट गरिने अनुसन्धानको काम सकिएको महानगरिय
प्रहरी परिसर हनुमानढोकाका प्रहरी उपरीक्षक नवराज सिलवालले जानकारी दिए ।
अभियुक्त धमलाले भने एउटा मुद्दाको लागि आफूलाई २३ दिन थुनामा राखेर यातना
दिएको बताए । उनले आफू निर्दोष रहेको दाबी गरेका छन् । प्रहरीले आफूलाई
शारीरिक यातना नदिएको भएपनि मानसीक रुपमा प्रताडित बनाएको धमलाको भनाई थियो
।