Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

प्रधानमन्त्री प्रचण्डको परिवारमा क्यान्सर रोगको श्रृङ्खला



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

ज्ञानु आफ्ना दुई छोरी सृष्टि र दृष्टिका
साथ Photo courtesy: PM Prachanda family.

काठमाण्डौं, November 19, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को परिवारमापनि एउटा भयानक रोगको श्रृङ्खला देखिन थालेको छ ।

नेपालको राजपरिवारका सदस्यहरुलाई ह्दयाघात, कोइराला परिवारका सदस्यहरुलाई क्यान्सरजस्ता रोग लागेजस्तै प्रचण्ड परिवारका एकपछि अर्का सदस्यहरुलाईपनि क्यान्सर लाग्न थालेको देखिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डकी जेठी छोरी ज्ञानु केसीलाई क्यान्सरले छोएको छ । पारिवारिक श्रोतकाअनुसार उनलाई स्तन क्यान्सर भएको छ । यद्यपी रोग गम्भीर स्थितिमा पुगिनसकेका कारण केही बर्षको औषधि सेवनपछि निको हुने डाक्टरहरुले बताएका छन् । ०५२ मा जनयुद्ध सुरु हुनुअघि माओवादी अध्यक्ष प्रचण्डकी आमा भवानी दाहालको क्यान्सर रोगका कारण निधन भएको थियो ।

आमाको निधन भएको १४ वर्षपछि प्रचण्ड प्रधानमन्त्री हुनासाथ जेठी छोरी ज्ञानुलाईपनि क्यान्सर भएको पत्ता लागेको हो । बिमस्टेकको दोस्रो शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा भएका बेला मुम्बईस्थित टाटा मेमोरियल क्यान्सर अस्पतालमा भर्ना गरिएकी गंगालाई क्यान्सर भएको पत्ता लागेको थियो । जनयुद्ध सुरु हुनु तीन वर्षअघि १५ वर्षकी ज्ञानुको अर्जुन केसी नामका माओवादी कार्यकर्तासँग पन्‍जावको जालान्धरमा विवाह बन्धनमा बाँधिएकी थिइन् । प्रचण्डको भूमिगत जीवनका कारण केटाकेटी सँगै राख्न अप्ठेरो पर्न थालेपछि प्रचण्ड परिवारले एक पछि अर्को गर्दै आफ्ना तीन छोरीहरुको विवाह गरिदिएका थिए ।

प्रचण्डका छोरीज्वाइँ अर्जुन र ज्ञानु दुवै माओवादी राजनीतिमा संलग्न छन् । अजुर्न र ज्ञानुबाट प्रचण्डको नातिनीका रुपमा दुई वटा छोरी जन्मेका छन् । ज्ञानुको कोखबाट जन्मेका मध्ये जेठी छोरीको नाम सृष्टि हो भने कान्छी छोरीको नाम सृष्टि हो ।
 
पिता प्रचण्ड प्रधानमन्त्री भएपछि ज्ञानु दसैंमा आमा-बुबालगायत परिवारका सदस्यलाई भेट्न काठमाडौं आएकी थिइन् । त्यसपछि उनलाई उपचारका लागि भारत फर्काइएको बताइएको छ । उपचारका क्रममा पत्ता लाग्यो उनलाई क्यान्सर भएको रहेछ । प्रचण्डकी आमा भवानी दाहालकोपनि क्यान्सरले निधन भएको र अहिले जेठी छोरी ज्ञानुमापनि क्यान्सर भएपछि कतै परिवारका अन्य सदस्यहरुपनि यही रोगबाट सताइने त होइनन् भन्ने चिन्ता प्रचण्ड परिवारमा देखिन थालेको छ ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®