Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
आगामी हप्ता मन्त्रीमण्डलको पुनर्गठन तथा विस्तार गरिने

काठमाण्डौं,  22 Mar, 09- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी हप्ता मन्त्रीमण्डलको पुनर्गठन तथा विस्तार गर्ने भएका छन् ।

सरकारमा जान नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले देखाएको तत्परतापछि प्रधानमन्त्रीले मन्त्री मण्डलको विस्तार गर्न लागेका हुन् ।

मन्त्री मण्डलमा दलितहरुको प्रतिनिधित्वकालागिपनि मन्त्री मण्डलको विस्तार गर्न लागिएको हो ।

मन्त्रीमण्डलमा माओवादीको तर्फबाट मधेशी मन्त्री छैनन् भने कुनैपनि पार्टीले दलितलाई मन्त्रीको जिम्मेवारीपनि दिएका छैनन् । माओवादीको तर्फबाट मन्त्री बनाइएका मातृका यादवले पार्टीबाटै राजिनामा दिइसकेका छन् । सबैभन्दा धेरै मत दलितहरुको पाएर कुनैपनि दलितलाई मन्त्री मण्डलमा स्थान नदिइएकोमा दलित समुदायले माओवादीको आलोचना गर्न थालेको छ ।

'नेपाली कांग्रेसलाईपनि सरकारमा सहभागी गराउन प्रयत्न गरिरहेको छु' राष्ट्रिय दलित आयोगको सातौं बार्षिकोत्सब तथा ४४ औं जातीय भेदभाव उन्मुलन दिवसमा प्रमुख अतिथि रहेका प्रधानमन्त्रीले कार्यक्रमपछि साच्चारकर्मीहरुसँग भने- 'आगामी हप्ता हुने मन्त्रीमण्डल पुनर्गठन गरिदा दलित समुदायललाईपनि सरकारमा सहभागी गराइनेछ कांग्रेसपनि सरकारमा सहभागी हुन्छ भन्ने आशा छ ।'

प्रधानमन्त्रीले एक हप्ता भित्रमा दलित समुदायबाट मन्त्री र सहायक मन्त्री थप गरिने आश्वासन दिएका छन् । उत्पिडित समुदायलाई अधिकार सम्पन्न बनाउन नसकेसम्म नयाँ नेपाल नबन्ने भन्दै प्रधानमन्त्रीले दलित सम्बन्धि कानुन बनेपनि कार्यान्वयन हुन नसकेको स्वीकार गरॆ ।

प्रधानमन्त्रीले दलित आयोगलाई संवैधानिक आयोग बनाउन आफू तयार रहेको बताए । कार्यक्रममा आयोगका अध्यक्ष रामलाल बिश्वकर्माले आयोगकॊ वार्षिक प्रतिबेदन प्रधानमन्त्री प्रचण्डलाई प्रदान गरे । प्रतिबेदनमा आयोगकामा परेका उजुरी र कारवाहीको बिबरण आयोगलाई कसरी समय सापेक्ष बनाउने लगायतका बिषय समेटिएका छन् । प्रतिबेदनमा अहिलेसम्म ५८ वटा उजुरी परेको उल्लेख छ ।

गत हप्ता भारत भ्रमणबाट फर्केलगत्तै कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सरकारमा सहभागिताकालागि पार्टीभित्र छलफल थालेका थिए । भारतीय नेताहरुसँगको छलफलमा कांग्रेसपनि सरकारमा जानुपर्ने सुझाव प्राप्त भएपछि कोइरालाले यस्तो छलफल प्रारम्भ गरेको बताइएको छ । तर कांग्रेसका अधिकांस नेताहरु भने माओवादी नेतृत्वको सरकारमा जाने कुराको विपक्षमा छन् ।

कांग्रेस श्रोतका अनुसार सभापति कोइराला आफ्नी छोरी सुजाता कोइरालालाई सरकारमा पठाउने योजनामा छन् । 'आफ्नो जीवनको अन्तिम अवस्थामा छोरीलाई उपप्रधानमन्त्री बनाएर सरकारमा पठाउने र नेपाली कांग्रेसको राजनीतिमा छोरीको पकड बलियो बनाउने कोइरालाको योजना छ' कांग्रेस श्रोतले भन्यो- 'कांग्रेस सरकारमा जाने कुरा त्यही भएर आएको हो ।'
  माओवादीको विश्लेषण भने फरक छ । नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराइएमा संविधान निर्माणकार्य सहज हुनुको साथै सरकारका भविष्यपनि अरु सुरक्षित हुने उसको विश्लेषण छ । सरकारमा रहेको एमालेको भूमिकाबाट दिक्क भएको सरकारको नेतृत्वकर्ता माओवादी नेपाली कांग्रेसलाई सरकारमा ल्याएमा एमालेको बार्गेनिङ्ग पावर घट्ने विश्वासमा छ ।

-Sitaram Baral in Kathmandu
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®