Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

संबिधान सभामा आ-आफ्ना दलबाट को नेता चुनिए, को को चुनिदै छन्‌?
सभासदहरु टुलुटुलु, वैठक अगावै एमाले सभासदलाई अघोषित ह्विप जारी

काठमाडौं,  May  25, 2008-नेकपा एमालेका सभासदहरुलाई पार्टी नेतृत्वले अघोषित रुपमा ह्विप लगाउन शुरु गरेको छ । जेठ १५ गते हुने संविधानसभाको पहिलो वैठकको बारेमा निर्देशन दिँदै नवनियुक्त महासचिव झलनाथ खनालले एमालेका सबै सभासदलाई हो हो मिलाउन निर्देशन दिए ।

जेठ ११ गते सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यलयमा महासचिव खनालले भने 'तपाईहरु सभासद कोही थारु, कोही शेर्पा, कोही मगर, कोही राई, लिम्बु समुदायको तर्फबाट प्रतिनिधित्व गर्दै आउनु भएको होला । तर यहाँ आईसके पछि सबैले पार्टीले अर्हाएको बमोजिम मात्रै चल्नु पर्छ ।'

महासचिव खनालले जनजाति, दलित वा महिला कोटाबाट निर्वाचित सभासदहरु पनि आ-आफ्नो समुदायगत भन्दा पार्टीको हितमा काम गर्नुपर्ने मौखिक निर्देशन जारी गरे । महासचिवको निर्देशन प्रति महिला, आदिवासी जनजाति, मधेशी, दलितको कोटाबाट निर्वाचित सबै सभासदले मौन स्विकृति जनाए ।

स्मरणीय के छ भने नेकपा एमाले केन्द्रीय समितिको वैठकले पार्टी हारको चार कारण मध्ये एउटा प्रमुख कारण आदिवासी जनजाति, दलित, महिला, मधेशी लगायतका पिछड्याइएका समुदायको मुद्दालाई सम्वोधन गर्न नसक्नु भनिएको छ ।

उनले सबै सभासदहरुलाई अनिवार्य संविधानको किताब किन्न पठाएका छन् । 'सकिन्छ भने संसारका सबै संविधान अध्ययन गर्नुहोस नभए संघीय संरचना भएका देशका संविधान पढ्न नछुटाउनुहोस' खनालले विद्यार्थीलाई शिक्षकले जस्तै गरी भने ।

यसै बिच, नेकपा एमाले महासचिव झलनाथ खनाल पार्टीको संविधान सभासद्हरुको दलको नेता चुनिएका छन् । एमालेबाट निर्वाचित संविधान सभाका सदस्यहरुको शनिवारको बैठकले खनाललाई दलको नेतामा निर्बिरोध निर्वाचित गरेको हो । यसैगरी बिष्णु पौडेल उपनेता चुनिएका छन् । संविधान सभामा स्थायी समितिका खनाल र पौडेलमात्र पुगेका थिए ।

खनाललाई नेतामा चयन गरियोस् भन्ने प्रस्ताव उपनेता पौडेलले राखेका थिए भने पौडेललाई उपनेतामा छनौटको प्रस्ताव सुरेन्द्र पाण्डेले राखेका थिए । पाण्डे महासचिव खनालका सबैभन्दा निकटका केन्द्रीय सदस्य हुन् । सभासद्का नेताहरुको बैठकले नेतामा चयन गरेलगत्तै खनालले दलको सचेतकमा रामचन्द्र झालाई चयन गरेका छन् ।

दलको नेता चुनेको एमालेमा संसदको धङधङ्गी अझै देखिएको छ । एमालेले खनाललाई 'संसदीय दलको नेता' को रुपमा व्याख्या गरेको छ । तर संविधान सभा संसद होइन । जे होस् संविधान सभा सदस्यहरुको टोलीको नेता चुन्ने एमाले पहिलो पार्टी बन्न पुगेको छ । माओवादी, कांग्रेस, फोरम, तमलोपालगायतका कुनै पार्टीलेपनि अहिलेसम्म आफ्‍नो नेता चयन गरेका छैनन् ।

ठूला पार्टीमध्ये माओवादीबाट अध्यक्ष प्रचण्ड नै संविधान सभामा दलको नेता बन्ने पक्कापक्की छ । नेपाली कांग्रेसको संविधान सभा दलको नेता हुन गिरिजाप्रसाद कोइराला राजी नभए शेरबहादुर देउवा र रामचन्द्र पौडेलमध्ये एक हुने चर्चा कांग्रेसमा छ । फोरमबाट अध्यक्ष उपेन्द्र यादब, तमलोपाबाट बरिष्ठ नेता ह्दयेश त्रिपाठी दलको नेता बन्ने लगभग निश्चित छ ।

यसैगरी नेकपा माले बाट महासचिव सीपी मैनाली, जनमोर्चाबाट अध्यक्ष अमिक शेरचन, नेकपा संयुक्त बाट अध्यक्ष चन्द्रदेब जोशी, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाबाटपनि अध्यक्ष नारायणमान बिजुक्छे नै दलको नेता बन्नेछन् । जनशक्ति पार्टीबाट डा. प्रकाशचन्द्र लोहनी दलको नेता बन्ने पक्कापक्की जस्तै छ ।

-Santa Bagam Magar and Vivek Baral in Kathmandu

























तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®