|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
संविधान सभामा मातृभाषामा सपथ लिन पाइने भो काठमाडौं, May 16, 2008-संविधानसभामा निर्वाचित सभासदहरुले आफ्नै मातृभाषामा सपथ ग्रहण गर्न पाउने पाएका छन् । जेठ २ गते सिंहदरबारमा बसेको प्रमुख १३ दलको वैठकबाट यस्तो सहमती बनेको हो । संविधानसभामा प्रत्यक्ष र समानुपातिक दुबै तर्फगरी कम्तिमा पाँच सीट जितेका राजनीतिक पार्टी तथा सातदलीय गठबन्धनको कार्यदल सम्मिलित सो वैठकले संविधानसभा सभासदहरुको सपथ जेठ १४ गते गरिने तय गरेको माओवादी नेता कृष्णबहादुर महराले जानकारी गराएका छन् । आफ्नै मातृभाषामा सपथ लिन चाहनेले मातृभाषामा र नेपालीमा लिन चाहनेले नेपालीमै सपथ लिन सक्नेछन् । तर अभिलेखको लागि भने सबैले नेपालीमै भएको सपथमा हस्ताक्षर गर्नुपर्नेछ । यसपाली देखि विगतमा मन्त्रीहरुले जस्तो सपथ लिँदा ईश्वरको नाममा लिनै पर्ने बाध्यता पनि छैन । ईश्वरको साट्टो देश र जनताको नाममा पनि सपथ लिन सकिनेछ । संविधानसभाको पहिलो वैठकको अध्यक्षता विगतका सहमती अनुसार नै जेष्ठ सभासदले गर्ने भएको छ । समानुपातिक र प्रत्यक्ष तर्फको ५ सय ७५ सभासद मध्ये प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सबैभन्दा जेठा सभासद हुन् । तर कार्यपालिका प्रमुख समेत रहेकाले कोइरालाले बैठकको अध्यक्षता नगरी दोस्रो जेष्ठ सभासदले गर्ने एमाले नेता भीम रावलले बताएका छन् । संविधानसभाको पहिलो वैठकको अध्यक्षता कसले गर्ने भन्ने टुङ्गो भने २६ सभासदको मनोनयनपछि मात्रै लाग्ने छ । वैठकले संविधानसभा पहिलो वैठकको कार्यविधि तय गर्न अन्तरिम नियमावली मस्यौदा बनाउने सहमती गरेको छ । संविधानसभा नियमावली नबन्नुजेल काम चलाउन अन्तरिम नियमावली तयार गर्न लागिएको हो। पहिलो वैठकबाट गणतन्त्रको घोषणा गर्ने अध्यक्ष र उपाध्यक्ष निर्वाचित गर्ने र नियमावली मस्यौदा समिति गठन गर्ने लगायतका सहमती भएको पनि नेता महराले जानकारी दिए । वैठकमा प्रस्तुत १४ मध्ये ६ बुँदामा मात्रै सहमती बनेको र ८ वटा बुँदामा सहमती बन्न नसकेको स्रोतले बताएको छ । स्रोतका अनुसार ८ वटै बुँदामा राजनीतिक सहमती जुटाउनु पर्ने भएकाले सहमती बन्न नसकेको हो । -Santa Bagam Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®