Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सीमा मिचेको हेर्न सभासदहरु आँफै जाने

काठमाण्डौ, 24 Jan, 09- भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी र सुस्तामा भएको भारतीय अतिक्रमणको अनुसन्धानकालागि संविधान सभाको एउटा टोली स्थलगत अध्ययनमा जाने भएको छ ।

अन्तर्राष्ट्रि सम्बन्ध तथा मानवअधिकार समितिको बैठकले शुक्रबार यो निर्णय गरेको हो ।

जानकारी अनुसार कालापानीमा भएको सीमा अतिक्रमणको अनुसन्धान गर्न समिति सदस्य तथा संविधान सभा सदस्य राधा ज्ञवाली संयोजकत्वको टोली जाने भएको छ भने सुस्तामा भएको अतिक्रमणको अनुसन्धानकालागि नबीन्द्रराज जोशी संयोजकत्वको टोलीलाई पठाउने निधो भएको छ ।

यसैगरी पूर्वमा इलामको सन्दकपुर मानेभाज्याङ्ग र श्रीअन्तुमा भएको सीमा अतिक्रमणको अध्ययन गर्न समितिका सभापति पद्मलाल विश्वकर्मा संयोजकत्वको टोली जाने भएको छ । सीमा अतिक्रमणका बिषयमा र विवादित सीमाबारे जानकारी लिन बोलाइएका सरकारी अधिकारीहरुबाट चित्तबुझ्दो जवाफ नआएपछि समितिले यो निर्णय गरेको हो ।

सीमा अतिक्रमणबारे समितिले जानकारी लिन परराष्ट्र मन्त्री उपेन्द्र यादव, सचिव ज्ञानचन्द्र आचार्य, नापी विभागका महानिर्देशक राजाराम छतकुलीलगायतलाई बोलाएको थियो । मन्त्री यादवले सीमा समस्या समाधानकालागि नेपाल- भारत कुटनीतिक र राजनीतिक तहमा छलफल भैरहेको जवाफ दिएका थिए ।

जवाफबाटमात्र समितिका सदस्यहरु सन्तुष्ट बन्न नसकेपछि समितिले विवादस्पद र सीमा मिचिएका भनिएका स्थानहरुमा संविधान सभाका सदस्यहरुसहितको टोली पठाउने निर्णय गरेको हो । सुरुमा समिति सभापति विश्वकर्माको टोली इलामको विवादास्पद क्षेत्र पुगेर फर्केपछि जोशी र ज्ञवालीको नेतृत्वमा सुस्ता र कालापानी जाने बताइएको छ ।

-Sitaram Baral in Kathmandu















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®