|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माओवादीलाई फेरी जंगल फर्काउने षडयन्त्र थालिएको आरोप काठमाण्डौं, December 14, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार छोडी विद्रोह गर्ने भनी दिएको अभिव्यक्ति प्रति सभासदहरुले आलोचना गरेका छन् । संविधान सभा व्यवस्थापिकाको विशेष समयमा वोल्दै सभासदहरुले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तले शान्ति प्रकृया नै विथोलीन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले उठिसकेको हतियारको समाधान नभएको र तराईमा अझै हतियार उठिरहेकेा अवस्थामा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिले जनतालाई निराशा वनाउने काम गरेको वताएका छन् । नेकपा एमालेका सभासद भीम रावलले राष्ट्र संवेदनशील अवस्थामा रहेको वेला आएको प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक असफल राष्ट्र वन्ने खतरा भएको वताए । असहयोग गर्ने प्रशासनिक सहयत्रयी दल र विदेशीहरु को हो स्पष्ट पार्नुपर्ने र असहयोग गर्ने विरुद्ध किन कदम चालेर अगाडी वढ्रन आग्रह गरे । रावलले अन्तराष्ट्रिय स्तरमा कस्तो सन्देश जान्छ ख्याल गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेका थिए । उहाँले शान्ति प्रकृयालाई निर्णायक विन्दुमा पुराउने विषयलाई आझेलमा पार्ने गरि आएको प्रधानमन्त्रीको अभिव्यक्तिले शान्ति प्रकृया विथोलिन सक्ने वताए । तराई मधेश लोकतान्त्रि पार्टीका सभासद जितेन्द्र सोनालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै सरकारले कसलाई धम्काएको हो र सरकारले अव कसको विरुद्ध हतियार उठाउने हो प्रश्न गरे । सद्भावना पार्टीका सभासद अनिलकुमार झाले एक मधेश एक स्वायत्त प्रदेश मधेशवादी दलहरुले छोडिसकेको भनि भौतिक योजना मन्त्री विजयकुमार गच्छादारले दिनुभएको अभिव्यक्तिको प्रतिवाद गरे । सभासद झाले पार्टीको धारण हो वा सरकारको धारणा हो स्पष्ट पार्नु आग्रह गरे । उनले मन्त्रीको यो अभिव्यक्तिे तराईमा शसस्त्र आन्दोलनसँग भईरहेको वार्तामा अवरोध आउन सक्ने चेतावनी दिए । माओवादी सभासदहरुले सेना समायोजन विषेस समितिलाई कामगर्न नदिएर काग्रेसले सरकार असफल बनाउने खेल खेलेको आरोप लगाएका छन् । सभासद इन्द्रजीत राइले शान्ति प्रकृयाको अभिन्न अंग सेना समायोजनलाई सरकार गिराउने र वनाउने साधनको रुपमा शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुराउने साधनको रुपमा लिनुपर्ने बताए । सभासद ईश्वरीप्रसाद दाहालले गिरीजा प्रसाद कोइरालाले सहयोग नगरेर माओवादीलाई फेरी जंगल फर्काउने षडयन्त्र थालिएको धारणा राखे । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||