Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

नीति तथा कार्यक्रम माथिको छलफल जारी



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काँग्रेसलाई सामन्ती वर्गले घेरे जस्तै अहिले माओवादीलाई घेरेको दाबी

काठमाडौँ, September 13, 2008- सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफलमा भदौ २८ गते विभिन्न पार्टीका सभासदहरुले भाग लिए ।

नीति तथा कार्यक्रममा टिप्पणी गर्दै एमाले संविधान सभा दलका नेता झलनाथ खनालले असंलग्नता, पन्‍चशिल र शरणार्थी समस्याहरु समाधान गर्ने विदेश नीति लागु गर्नुपर्ने र वनको संरक्षण गर्नुपर्ने धारणा राखे ।

पार्टी महासचिव समेत रहेका खनालले जनतालाई उचित शान्ति सुरक्षा प्रदान गर्न सुरक्षा निकायलाई नयाँ ढङ्गबाट परिचालन गर्नुपर्ने, नेपालको भूमि कुनै राष्ट्रका विरोधमा प्रयोग गर्न दिन नहुने, सही तरिकाबाट भू-उपयोग गर्ने र खाद्यान्न सङ्कटप्रति सचेत भई उचित उपाय अपनाउने कार्यक्रम पनि सो नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने सुझाव दिनुभयो ।

नेकपा माओवादीका सभासद बर्षमान पुन 'अनन्त' ले सरकारका कार्यक्रमले विपन्न बर्गका जनतालाइ समेटेको दावीगर्दै अग्रगामी कार्यक्रमप्रति पूर्वाग्रह राखेर कार्यक्रमको विरोध गर्नु विपक्षीदलहरुको दृष्टिदोष भएको धारणा राखे ।

नेता अनन्तले राजनीतिक, सुरक्षा, कुटनीतिक, सुचना, धार्मीक र सामाजीक पक्षलाई समेटेर मूलुकको नयाँ सुरक्षा ल्याउन जरुरी रहेकोमा सरकारले ती कार्यक्रम समेट्नु सकारात्मक रहेको बताए । उनले अन्तरीम संविधान र शान्ति सम्झौतामा उल्लेख भए झैं सेना समायोजन गरी एकीकृत सुरक्षा सेना बनाउनु तर्फ लाग्नु पर्ने विचार राखे ।

काँग्रेस सभासद प्रदीप गिरीले धेरै आयोग बनाउनुको सट्टा अहिले भएका आयोगलाई सही ढंगले काम गराउनु पर्ने बताए । धेरै आयोग बनाउन नहुने बताए पनि नेता गिरीले वाइसिएल व्यवस्थापनको लागि प्रधानमन्त्रीको अध्यक्षतामा आयोग बनाउन सुझाव दिए । २०४६ सालमा काँग्रेस सत्तामा आउँदा सामन्ती वर्गले घेरे जस्तै अहिले उनीहरुले माओवादीलाई पनि घेरेको र माओवादी त्यसबाट बच्न सक्नु पर्ने नेता गिरीको धारणा थियो ।

मधेसी जनधिकार फोरमका रामानन्द मण्डलले कृषि प्रधान देशको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता नदिएको उल्लेख गर्दै नयाँ नेपाल निर्माणका लागि शिक्षा, स्वास्थ्य र रोजगारमा पर्याप्त बजेट लगानी गर्नु पर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका जग्गेबहादुर शाहीले देशमा रहेको दुई खाले शिक्षा नीतिको अन्त्य र क्रान्तिकारी भूमि सुधारका लागि ठोस कार्यक्रम ल्याउन सुझाव दिए ।

राष्ट्रिय जनमुक्ति पार्टीका सभासद एमएस थापाले मुलुकमा संघीय राज्य स्थापना भई सकेपछि राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक हुनै पर्ने विचार व्यक्त गरे ।
 
राष्ट्रिय जनशक्ति पार्टीका सभासद अर्जुन राईले सरकारको नीति तथा कार्यक्रममा नयाँपन नभएको टिप्पणी गरेका थिए ।

विहान ८ बजेबाट शुरु भएको छलफलमा यो समाचार तयार पार्दासम्म (साँझ ६ बजे सम्म) ७१ सभासदले भाग लिएका छन् । नीति तथा कार्यक्रम माथि उठेको प्रश्नको जवाफ भोलि प्रधानमन्त्रीले दिने कार्यक्रम रहेको छ ।

-Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®